Daily Archives 21st July 2017

युवतीलाई कुटपिट गर्नेविरद्ध मुद्दा दायर

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी प्रमुख प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही थालिएको छ । तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै रु एक लाख जरिवाना लिएको खबर बाहिरिएपछि रुपन्देही प्रहरीले घटनाको छानविन गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो । युवतीका बाबु इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको
More

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक मनोनय

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार २०७३ का लागि पाँचवटा पुस्तक मनोनय भएका छन् । खेमलाल हरिकला लमिछाने समाज कल्याण प्रतिष्ठानको संरक्षकका तर्फबाट जीवा लामिछानेले जारी गरेको विज्ञप्तिअनुसार मनोनयमा परेका पुस्तकहरुमा जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुइना र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेको छ । प्रतिष्ठानले यस पटक छनोट गरेका सबै लेखक युवा पुस्ताका हुन् । कहरका लेखक सापकोटा र विभास सञ्चारकर्मी हुन् भने आख्यानमा नयाँ आयम ल्याएका नगरकोटी अहिलेका चर्चित लेखक हुन् । उनको पछिल्लो पुस्तक मिस्टिका पनि चर्चित कृति हो ।
More

जननायक बिपी कोइरालाको स्मृति

बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना हुनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मान बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलालाई प्रदान गर्दै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर: रोशन सापकोटा
More

राप्रपाले संविधान संशोधनको पक्षमा समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिले संविधान संशोधनको पक्षमा समर्थन गर्ने निर्णय गरेको छ । सो पार्टीको तीन दिनसम्म बसेको बैठकले मुलुकको ७४४ स्थानीय तहका वडा तहसम्म सङ्गठन समायोजन गर्ने निर्णय गर्नुको साथै सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ । पार्टीले लिएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थाको वैचारिक सन्देशलाई हरेक वडा, क्षेत्रमा पु-याउन नसक्दा पार्टीले अहिलेको चुनावमा पराजय भोग्नपरेकाले विभिन्न राजनीतिक गतिविधि अभियानका रुपमा सञ्चालन गर्ने जनाएको छ । बैठकले मुलुकमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको चित्र अङ्कित गर्न माग गरेको छ । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत
More

आइकाओले नेपाललाई क्लिन चिट दिए पनि इयुको कालो सूचि कायमै

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट हटेको छ । आइकाओले सन् २०१३ देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको मूल्यांकनका आधारमा उक्त सूचीबाट हटाएको हो । आइकाओको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिको बिहीबार बसेको बैठकले नेपाललाई सुरक्षा सूचीबाट हटाइएको औपचारिक रुपमा जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । नेपालको सुरक्षा चासोपछि सोको निरुपणका लागि नेपालबाट हालसम्म भएको मूल्यांकन गर्न आइकाओको दुई सदस्यीय सम्परीक्षण टोलीले नेपाल आएर गत असार २० देखि २७ गतेसम्म हवाई कानून, नागरिक उड्डयनको संगठन, वायुयान सञ्चालन र उडान योग्यताको सम्परीक्षण गरेको थियो । सम्परीक्षणकै
More

नेपालसँग सिंगापुर २२ रनले पराजित

काठमाडौं । आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोटमा नेपालले तेस्रो जित हासिल गरेको छ । शुक्रबार नेपालले आयोजक सिंगापुरसँगको दोस्रो खेलमा २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दीप सुनारले २६ र प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका विक्रमवीर विश्वरायले ३, सुनिल आर्यमन र आहन गोपिनाथले २-२ विकेट लिए । १६९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६.५ ओभरमा अलआउट भयो । सिंगापुरका लागि रोहन
More

एनआरएनए अमेरिका निलम्बन गर्ने तयारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन सम्बन्धी विवादले उग्र रुप लिए पछि गैरआवासीय नेपाली संघले त्यहाँस्थित राष्ट्रिय समितिलाई खारेज गर्ने तयारी गरेको छ । अगामी ११ अगष्टमा हुने निर्वाचनका लागि गठित निर्वाचन समिति र अध्यक्ष केशव पौडेलको नेतृत्वमा रहेको कार्यसमितिको लार्पवाहीका कारणले निर्वाचन प्रकृया अतिवादी सोचका साथ अगाडी बढे पछि आइसीसीले दुवै समितिलाई असक्षम ठहर गर्दै राष्ट्रिय समितिको सम्वन्धन खारेज गर्ने तयारी गरेको हो । निर्वाचन समितिले विहीवार साँझ अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको नाम उम्मेदवारी लिस्ट हटाइएपछि विवादले चर्को रुप लिएको हो । निर्वाचन समितिले जोशीको नाम प्रराम्भिक लिस्टबाटै हाटएको हो । उनको नाम उम्मेदवारी लिस्ट किन
More

यूके डान्स अफ अडिसनबाट १३ जना छानिए

लन्डन । बेलायतस्थित नेपाली तन्नेरीबीच गर्न लागिएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को अडिसन बिहीबार सांझ अल्डरसटस्थित प्यालेस हलमा सम्पन्न भएको छ । अडिसनबाट २५ जना निवेदकमध्येबाट १३ जना छानिएको प्रतियोगिता आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेडले जनाएको छ । छानिएका प्रतियोगीले ३० जुलाइका दिन प्रिन्सेस हल, अल्डरसटमा हुने अन्तिम प्रतिष्पर्धामा दुई वटा ‘परफर्मेन्स’ देखाउनुपर्नेछ । प्रतिष्पर्धीले ५० प्रतिशत मत पब्लिकबाट र ५० प्रतिशत निर्णायकबाट पाउनेछन् । पब्लिक भोटिङ फाइनलकै दिन दर्शकहरु र युट्यूब भ्यूजबाट बिजेता मुल्यांकन गरिने कार्यक्रम संयोजक निशा गुरुङले जनाइन् । उनले छनोटमा परेका डान्सरहरुमा एउटा ग्रुपबाहेक सबै एकल छन् । यसपटक तीनजना पुरुष प्रतिष्पर्धी समेत छन् ।
More

नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य

काठमाडौं । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ८३ बलमा दुई छक्का र दुई चौकाको मद्यतमा ५४ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए । बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई-दुई विकेट लिए । विश्वासरेले
More

अनेरास्ववियुको विस्तारित बैठक चितवनमा

काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठक यही साउन २२ देखि २६ गतेसम्म चितवनमा बस्ने भएको छ । करिब छ महिनाअगाडि बस्नुपर्ने सो बैठक लामो समयसम्म प्राविधिक कारणले बस्न नसकेकाले अहिले बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा मुलुकको सङ्घीय राज्य प्रणालीअनुसार संगठनलाई समायोजन गरी नयाँ संरचनाअनुरुप कसरी शैक्षिक क्षेत्रको विकास गर्न सकिन्छ भनेर छलफल गरिने बताइएको छ । संगठनको भावी कार्ययोजनाका लागि आवश्यक रणनीति तयार पारिने उक्त बैठकमा अबको विद्यार्थी आन्दोलनको मार्गचित्र प्रस्ट पारिने युनियनका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो
More