Daily Archives 22nd July 2017

तिवारी प्रकरणमा मेरो कुनै संलग्नता छैन ’फसाउन खोजियो – पत्रकार मल्ल

टोकियो – जापान बस्दै आएका पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप खेप्दै आएका पत्रकार तिलक मल्लले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई जबरजस्ती फसाउन खोजिएको स्पष्ट पारेका छन् । फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक बिषय एवं प्रसंग भएकोले एउटै घटनाकारुपमा नलिन उनले आग्रह गरे । आफुले मिलाउनुपर्ने हिसाब तिवारीले पीडितहरुलाई बुझाउन लगाएर आफुलाई झुक्याएको मल्लले बताए । त्यसैको भरमा आफुलाई ’इमोशनल ब्ल्याकमेलिङ’ गरी जबरजस्ती फसाउन खोजिएको उनले आरोप लगाए । यसै बिषयलाई लिएर आफुलाई सोध्दै नसोधी वास्तविक कुरा बुझ्दै नबुझी केही अनलाईनले मिडिया आतंक मच्चाएको र सामाजिक सञ्जालमा आफ्नो चरित्र
More

एनआरएन यूरोप बैठकमा २७ देशका ४ सय प्रतिनिधी सहभागी हुने

लण्डन । गैरआवासीय नेपाली संघको अगामी शनिवार देखी जर्मनीको फ्रयाङकफर्डमा हुने क्षेत्रिय बैठकको तयारी पुरा भएको छ । एनआरएनए १० औ यूरोपेली बैठकको तयारीको लागि शनिवार सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै सो बैठकलाई भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको यूरोप संयोजक कुल आर्चायले जनाए । “युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ हुने बैठक पछि युरोपस्थित गैरआवासीय नेपाली महिला सम्मेलनहरुको समेत सम्मेलनको तयारी भैरहेको छ । यूरोप सम्मेलनमा नेपालमा बन्दै गरेको एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बताएको छ । बैठकले कम्तिमा २ करोड रुपैयाँ सहयोग जुटाउँने लक्ष्य राखेको छ । बैठकले कुल आचार्यको संयोजकत्वमा एक आर्थिक
More

बेलायतमा यसरी नाचे विदेशी तीजको गीतमा (भिडियो)

नेपाली गाउँमा मात्र होइन प्रवासमा पनि तीजको रौनक सुरु भएको छ । तीजलाई लक्षित गरी नेपालमा दर्जनौं म्यूजिक भिडियोहरु तयार भइरहेका छन् । यसै शिलशिलामा बेलायतमा रहेका केही नेपाली कलाकारहरुले पनि तीज गीत भिडियो तयार पारेर ख्याती कमाइरहेका छन् । सामाजिक संजालहरुमा भिडियो चर्चित भएको छ भने यूट्युबमा भ्यूअर्स बढ्ने क्रममा छन् । विश्वका जुनसुकै कुनामा रहेपनि आफ्नो संस्कृति र परम्परालाई जोगाराख्ने उद्देश्यले भिडियो तयार गरिएको कलाकारहरुले बताएका छन् । पवित्र चाड हरितालिका तीज नजिकिदै गर्दा बेलायतमा बस्ने चेलीहरुले छमछमी नाच्दै ‘तीजको रंग..’ बोलको गीतलाई भिडियोमा उतारेका हुन् । यसपालिको तीजमा संसारभर छरिएर रहेका नेपाली दिदि बहिनीहरुलाई छम छ्मी नचाउन
More

ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा जीव बेलबासे निर्विरोध

लण्डन । नेपाली समूदायको बाक्लो उपस्थित रहेको अल्डरशट क्षेत्रमा सकृय ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा जीव बेलवासे र्निविरोध भएका छन् । कम्युनिटीको शनिवार सम्पन्न ७ औं अधिवेसनले बेलबासेलाई सर्वसम्मतले नेतृत्व सुम्पिएको हो । यसअघि बेलबासे कम्युनिटीको बरिष्ठ उपाध्यक्ष थिए । अधिवेसनले बरिष्ठउपाध्यक्ष, रामधन राई, उपाध्यक्षहरु, नेम थापा, रन्जिता मल्ल, महासचिव, मान गुरुङ, सचिव युवन गुरुङ, कोषाध्यक्ष टोप पल्ली, सहकोषाध्यक्ष दीपक घले, महिला संयोजक, लिला सेलिङ माबो, सदस्यहरु, भक्त क्षेत्री, नगेन्द्र नेंवाङ, जगना गुरुङ, दिल नेपाली, वेवमास्टर, प्रेम गुरुङ, सहसांस्कृति संयोजक, सुरक्षा राना चयन गरेको छ ।
More

विराटनगर स्थित गार्मेन्ट उद्योगमा भीषण आगलागी

मोरङ । विराटनगर वडा-१३ स्थित गार्मेण्ट उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।शनिवार अपरान्ह ३ बजे देखि विराटनगरको गार्मेन्ट उद्योगमा लागेको आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी छ । आगो नियन्त्रण गर्न विराटनगरका २ वटा दमकलहरु सहित नेपाल प्रहरी र स्थानीयहरु प्रयासरत छन् । विराटनगरमा रहेको ३ वटा दमकल मध्ये एउटा बाटैमा बिग्रिएको छ । आगलागी नियन्त्रणका लागि धरान, इटहरी र इनरुवाको दमकलहरु समेत मगाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । विद्युत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ, आगलागीको कारण थाहा हुन सकेको छैन ।
More

नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा आज अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताउनुभयो । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उहाँले बताउनुभयो । सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अबरुद्ध भएको थियो । सोही सडकको जलविरेमा आज बिहान पहिरो खस्दा तीनघण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ । सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका
More

नेतृत्वको आलोचनामा बित्यो आजको कांग्रेस बैठक

काठमाडौं । शनिबारदेखि सुरु भएको सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा आज बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरे । पार्टी दोस्रो बन्नुमा उम्मेदवारी चयनमा भएको गल्ती र अन्तर्घातलाई नै कारण मान्दै नेतृत्वको आलोचना भएको हो । नेकपा एमालेले अघि सारेको राष्ट्रिय मुद्दाको भ्रमका कारण पनि आफूहरु खुम्चिनुपरेको समीक्षा कांग्रेसका नेताहरुले गरिरहेका छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसभन्दा एमाले लगभग ९८ हजार मतका साथ अघि छ । संसदमा पहिलो दल रहेको कांग्रेस निर्वाचनमा थुप्रै स्थानमा झिनो मतअन्तरका साथ पराजित भएको छ । त्यसको दोष कांग्रेस नेताहरुले अन्य पार्टीलाई लगाउनुभन्दा आफैंभित्र थोपर्न थालेका छन् । निर्वाचनमा जनताले पत्याएनन्
More

सरसफाइमा जुटे डाक्टर

सधैँभरि बिरामीको उपचारमा जुट्ने शिक्षण अस्पताल भैरहवाका डाक्टरहरु शनिबार बिहान अस्पताल परिसरमा कुचो समाएर सरसफाइमा जुट्दै । तस्बिर : दीपक घिमिरे
More

उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै

काठमाडौं । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनेमा नौवटा विकास बैंक रहेका छन् । यस्तै प्रभु बैंकले १० बराबर चारका दरले रु दुई अर्ब ३५ करोड २५ लाख ६० हजार ८०० बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । यस्तै अपि
More

विदेशमा प्राविधिक विषय पढ्ने विद्यार्थीको रोजाइ

काठमाडौं । नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले सञ्चालन गरेको मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा आज उत्साहजनक सहभागिता भने देखिएन । मेलामा कक्षा १२ को परीक्षा सिध्याएर परीक्षाफल कुरिरहेका कलिला किशोर किशोरीदेखि स्नातकोत्तर तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरु पनि विदेशको शिक्षाबारे जानकारी लिन आएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको रोजाइमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानाडा, न्यूजिल्याण्डदेखि चीन, भारत, श्रीलंका र बंगलादेश आदि मुलुक छन् ।
More