Daily Archives 24th July 2017

लिभरपूल नेपाली समाजको अध्यक्षमा डा. शम्भु आचार्य

शिवराज पन्त । लिभरपूल । वेलायतस्थित लिभरपुल नेपाली समाजको अध्यक्षमा डा. शम्भु आचार्य चयन भएका छन् । आइतवार सम्पन्न समाजको दोस्रो अधिवेसनले डा. आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा गरेको हो । अधिवेशनले उपाध्यक्षमा नवराज अधिकारी, सचिवमा इन्दुका घिमिरे, सहसचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा धन गुरुङ निर्बिरोध चुनेको छ । यस्तै समाजको कार्यसमिति सदस्यहरुमा देउमान ईजम, देवी गुरुङ, मंजु गुरुङ, परशुराम शर्मा, सपना बस्नेत र शिवराज पन्त निर्विरोध भए । अधिवेशनले सल्लाहाकारमा डा. हेम राज शर्मा, डा. जमुना आचार्य, प्रो. पदम सिखडा, ई प्रविण घिमिरे र डा.योग उपाध्याय रहेको सल्लाहाकार मण्डल गठन गरेको छ। वेलायतको रमणीय स्थल वेल्समा सामाजिक भ्रमणसंगै भएको सभामा
More

खाल्डाखुल्डी पुर्दैै

काठमाडौँको व्यस्त सडक जमलमा सोमबार दिउँसो खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार । कालोपत्र गरिएको कारण त्यस क्षेत्रमा चल्ने सवारी साधन अस्तव्यस्त भएको देखिन्छ । तस्बिर : रत्न श्रेष्ठ
More

प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन शुरु

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गर्नुभएको छ । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गर्नुभएको हो । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गर्नुभएका प्रा डा केसीले सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्न असार ३१ गतेसम्मको समयावधि दिनुभएको थियो । अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “पटक पटक आश्वासन दिए पनि माग पूरा भएनन्, सत्याग्रह सुरु गर्नु बाध्य भएँ ।” उहाँ संसद्मा रहेको चिकित्सा शिक्षा ऐन चाँडो पारित गर्नुपर्ने र
More

भाडा नदिइएपछि राप्रपा कार्यालयमा ताला

लमजुङ । घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ । तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाउनुभएको हो । बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताउनुभयो । वाग्लेले बेसीशहरमा आज पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको रु एक लाख ५९ हजार लिन बाँकी रहेको बताउनुभयो । वाग्लेका अनुसार राप्रपासँग २०७१ सालको रु ३० हजार, २०७२ सालको रु ५४ हजार, २०७३ सालको रु ६० हजार र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको रु १५ हजार भाडा लिन बाँकी छ ।
More

उपमहानिर्देशक घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । ‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । “आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ”, कोइरालाले भन्नुभयो ।
More

भरतपुर मतगणना विवाद हेर्दाहर्दैमा, अर्को सुनुवाई साउन १२ गते

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आज पनि नसकिएपछि साउन १२ गते बिहिबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । निर्वाचन आयोगकोतर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम ओझा, सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीलगायतले मुद्दाको विपक्षबाट बहस गर्दै पुनःनिर्वाचन गराउनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो । निवेदकका पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र हरि उप्रेती, अधिवक्ता हरि फुयाँल, बाबुराम दाहाल, डा चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, गोविन्द बन्दी, ईश्वरीप्रसाद भट्टराई र खिमलाल देवकोटाले निर्वाचन
More

काँग्रेसद्वारा दुई दर्जन सदस्यमाथि कारबाही

दाङ । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने दुई दर्जन पार्टी सदस्यलाई कारबाही गरेको छ । कारवाहीमा पर्नेमा विद्रोह गरी चुनावमा उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी, सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी र भीमबहादुर डाँगी छन् । वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी र वडा नं ४ का धनेश्वर भण्डारीमाथि
More

जेष्ठ नागरिकलाई सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–२ का देवेन्द्रबहादुर मल्लले आफ्नो स्वर्गीय बुबा आमाको सम्झनामा गलेश्वरका जेष्ठ नागरिकलाई एक दिन निःशुल्क भोजन, फलफूलसहित दक्षिणा दिँदै । तस्बिरः कमल खत्री
More

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बसेको छ । स्थानीय तह निर्वाचनको तयारी, सरकारको कामको समिक्षा लगायतका विषयमा छलफल गर्न तीन दिनदेखि कांग्रेस केन्द्रिय समितिको बैठक जारी छ । शनिवारदेखि शुरु भएको बैठकमा केही केन्द्रिय सदस्य, पदाधिकारीले बोलेपछि सभापतिले बोलेर बैठक सक्ने तयारी छ । शनिबार र आइतबार गरी ४१ सदस्यले बैठकमा धारणा राखिसकेका छन् । जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रिय सदस्यले सरकारमा पार्टीको भूमिका राम्रो हुन नसकेको, सरकार विस्तारमा ढिलाई भएको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उम्मेदबारी चयन र पार्टीका गलत निर्णयका कारण पार्टी पहिलो स्थानवाट दोस्रोमा झरेको भन्दै नेतृत्वको आलोचना समेत कांग्रेस केन्द्रिय
More

अड्चन नआए भोलि मन्त्रिपरिषद विस्तार

काठमाडौं । कुनै अर्को प्रकरण आएन भने आगामी मंगलबार या बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । गत जेठ १९ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनासाथ मन्त्रिपरिषद्लाई एकै चरणमा पूर्णता दिने अभियानमा कांग्रेस सभापति शेरबहादुर देउवा थिए । तर कहिले माओवादी केन्द्रले नाम नपठाउने, कहिले राप्रपासँगको वार्तामा अल्झनुपर्ने, कहिले आफ्नै पार्टीका विभिन्न समूहबाट सर्त अघि सारिने, कहिले माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा जाने, कहिले आफ्नै पार्टीका महामन्त्री डा.शशांक कोइराला विदेश भ्रमणमा जाने त कहिले संविधान संशोधनलगायतका प्रकरणका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ हुँदै गएको हो । अघिल्लो मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिइने कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सार्वजनिक रूपमा बताएका
More

एभरेष्ट आईडलको पहिलो अडिसन राउण्ड आशफोर्डमा सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट । गत २३ जुलाई २०१७ को दिन बेलायतको केन्ट आशफोर्डमा “एभरेष्ट ईन्टरटैनमेन्ट एण्ड मेडिया हब लिमिटेड यूके” (ई–मेडिया हब) द्धारा आयोजित पहिलो “एभरेष्ट आईडल यू के” को पहिलो अडिसन राउण्ड सम्पन्न भएको छ । गएको केहि महिना अगाडी मात्रै ई–मेडिया हबले आयोजना गरेको भब्य सफल साङ्गेतिक कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लाष्ट” पछिको यस एभरेष्ट आईडल २०१७ लाई बेलायतको आशफोर्ड केन्टबाट अडिसन राउण्ड सुरु गरिएको हो । यस कार्यक्रमका लागी हेड अफ प्रोजेक्ट किसन राई रहेका छन, वहा यस कम्पनीको चिफ ईन्टरट्रेटमेन्ट डाईरेक्टर पनि हुन । अत्याधिक सहभागीहरुको सहभागिता रहेको यस पहिलो अडिसन राउण्डमा उत्साहित सहभागिहरुले उत्कृस्ट प्रस्तुति
More

एनआरएन चेक रिपव्लिकको अध्यक्षमा खड्का

लण्डन । गैरआवासीय नेपाली संघ चेक रिपव्लिकको अध्यक्ष चिरन्जीबी खड्का चयन भएका छन् । संघको आइतवार समपन्न भेलाले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षहरु रिजन गुरुङ्ग, सुस्मा थापा र चित्र रायमाझी, महासचिव किशोर रायमाझी, सचिब राजु बोहोरा, सहसचिब अर्जुन खत्री, कोषाध्यक्ष पान्डव अधिकारी छन् । यस्तै अन्य सदस्यहरुमा ( बिष्णु रायमाझी, दुर्गा बस्याल, शिव खरेल, लोक बहादुर अधिकारी, र दिलिप पन्थ रचयन भए ।
More

जीप दुर्घटनामा ४ को मृत्यु, ६ गम्भीर घाइते

बाग्लुङ । बाग्लुङ्गको ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । ध १ ज १८४ नम्बरको जीप बडिगाड गाँउपालीका वडा नम्बर ५ ग्वालीचौर वादिपमा दुर्घटना भएको हो । जलजलाबाट यात्रुहरु बोकेर आएको जीप बादिपमा करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएका छन् । जीपमा जीप मालिक सहित ११ जना सवार रहेका थिए । चालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाइ घट्नास्थलमै प्राथमिक उपचार भइरहको र अन्य ठाँउमा लैजाने तैयारी भइरहेको खार प्रहरी चौकीले जनाएको छ । जीप ओरालोमा अड्याउनको लागि ओट लगाउने क्रममा दुर्घटना भएको बताइएको छ
More

मलेसियाविरुद्ध नेपालको दोस्रो जीत

काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । ११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालको पारी
More

अमेरिकाबाट नेपालमा लगानी बढाउन गाह्रो

एनआरएनए आमेरिकाका स्टेप कमिटीका संयोजक एवं महासचिवका उम्मेदवार सुर्य लम्सालले दोहोरो कर प्रणाली खारेज भइ व्यापार सम्झौता नभएसम्म अमेरिकाबाट नेपालमा लगानी बढाउन गाह्रो हुने बताएका छन् । एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिका सदस्य तथा विज्ञान प्रविधि र अर्थनीति सम्बन्धी समिति (स्टेप)का संयोजक समेत रहेका लम्सालले आफ्रनो समितिले दोहोरो कर प्रणाली हटाउनको लागी नेपाल सरकार अर्थ मन्त्रालय, नेपालस्थित अमेरिकी दुतावास र अमेरिकास्थित नेपाली दुतावास मार्फत पहल गरेको भएता पनि अवश्यक नतीजा निस्कन नसकेको जानकारि दिए । “मुनाफाको कर दुबैदेशमा तिर्नुपर्न प्रवधान खारेज नहुन्जेल लगानी बढ्ने अवस्था छैन ।” नेपालमा अमेरिकी एनआरएनको लगानी र विकास सम्बन्धमा द हफपोष्टका लागी पत्रकार किरण मरहठ्ठासंग कुरा
More

एनआरएनए स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी

बार्सिलोना। गैरआबासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी भएका छन्। आइतवार सम्पन्न निर्वाचनमा सापकोटाले ५ सय १८ मत प्राप्त गरे भने अर्का प्रत्यासी गौतम गुरुङले ४ सय ७१ मत ल्याए । नेतृत्व चयनका लागि शनिबार पाईसभास्को बिल्बाउ र म्याड्रिडमा तथा आईतबार बार्सिलोना क्षेत्रमामा निर्बाचन सम्पन्न भएको थियो। नव निर्बाचित अध्यक्ष सापकोटा संघका संस्थापक सदस्य तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। करिव दुई दशक लामो स्पेन बसाईको क्रममा उनि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। यस्तै उपाध्यक्षमा सुनिल रानाभाटले सर्बाधिक ५ सय ४३ मत तथा पेशल कुमार कोईरालाले ४ सय ५५ मत ल्याई बिजयी भएका छन्।
More

मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै : डा.महत

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ ।” प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सक्नुभएको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहनुभएको जानकारी डा.महतले राससलाई दिनुभयो । नेता डा.महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य
More

गोरखाका दश वटा बर्थिङ सेन्टरलाई सहयोग

गोरखा । ‘गोरखा भूकम्प’ले क्षति पु-याएका गोरखाका विभिन्न स्वास्थ्य संस्था पुनः निर्माण र ती स्वास्थ्य संस्थामा रहेका प्रसूति गृह (बर्थिङ सेन्टर) पुनः सञ्चालनमा ल्याउन केयर नेपालले सहयोग गरेको छ । भूकम्प गएको २७ महिना भइसक्दा पनि भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नसक्दा अधिकांश स्वास्थ्य संस्था टेन्टमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेकामा केयर नेपालले खोप्लाङ, च्याङ्ली, ताङ्लीचोक, थालाजुङ, ठाँटीपोखरी, गाँखु, हर्मी, उहिया, सिंजुङ र बोर्लाङ गाउँका प्रसूति गृह सञ्चालनमा सहयोग गरेको हो । यी स्वास्थ्य केन्द्रमा प्रसूति गृह सञ्चालनका लागि करिब रु तीन लाखदेखि सात लाखसम्म सहयोग गरिएको केयर नेपालका प्रजनन स्वास्थ्य अधिकृत दीपेन्द्र पन्तले बताउनुभयो । प्रसूति गृह सञ्चालन समिति र
More

किन फेरि डा. केसीको अनशन ?

काठमाडौं । सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले फेरि अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि बस्ने भनिएको उनको यसपटकको अनशन ११ औं पटकको हुनेछ । आफूसँग विगतमा भएका सम्झौता सरकार र राजनीतिक दलले बारम्बार उल्लंघन गरेर गैरजिम्मेवारीपन प्रस्तुत गरेको र चिकित्सा शिक्षा ऐनको विधेयक संसद्बाट एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै उनले फेरि अनशनको घोषणा गरेका हुन् । ‘मसँग भएका सम्झौता कार्यान्वयन भएनन् । त्यसैले सोमबार साँझ चार बजेदेखि सत्याग्रह सुरु गर्दै छु’, डा.केसीले आइतबार अन्नपूर्णसँग भने । उनले विधेयक पारित नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न
More

अपाङ्गलाई प्रवासीको रु तीन लाख सहयोग

बाबियाचौर । बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई आइतबार रु तीन लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । विसं २०६१ फागुनमा बाँसको रूखबाट लडेर घाइते भएपछि दाढदेखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जीवन बिताइरहेका घिमिरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिको पहलमा संकलित रु तीन लाख आठ हजार ९२५ हस्तान्तरण गरिएको हो । घिमिरेको निवासमा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुँवरले राजनीतिक दलका प्रतिनिधि र आफन्तको रोहवरमा विदेशबाट प्राप्त रु दुई लाख ९० हजार ७२४ को भौचर र स्थानीय स्तरमा संकलित रु १८ हजार २०१ नगद हस्तान्तरण गर्नुभयो । देवेन्द्र घिमिरेको अगुवाइमा सञ्चालित कृष्ण
More