Daily Archives 26th July 2017

एनआरएन यूकेको उपाध्यक्षमा पहिलो पटक मिडल्याण्डको दावी

केशब भण्डारी । पिटरवरो । गैरआवासीय नेपाली संघ यूकेको आगामी अधिवेशनमा मिडल्याण्डबासी नेपाली समूदायले उपाध्यक्ष पदको दावी गरेका छन् । यहाँस्थित ७ वटा सामाजिक संघसँस्थाको पहलमा श्रीजनशील लेस्टर समाजका पूर्व अध्यक्ष दयानिधि सापकोटाले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । विहीवार लेस्टरमा आयोजित एक पत्रकार सम्मेलन मार्फत उनले उम्मेदवारी घोषणा गरे । मिडल्याण्ड,क्यम्ब्रिजशेयर एंव लिंकनशेयर बस्ने नेपालीहरूका समाजिक संस्थाहरूको पहल र साझा नेपाली समाज यूकेको संयोजनमा गरिएको उक्त पत्रकार सम्मेलनमा सबैको सहमतिमा नटिंघम नेपाली समाजका पूर्व अध्यक्ष एवं गुल्मी जिल्ला समाजका कोषाध्यक्ष तारा भण्डारीलाई सचिव र पिटरबोरो नेपाली समाजका पवन शर्मा एंव शान्ती नेपाली समाज बर्घिंमका अध्यक्ष कृष्ण ढकाललाई कार्यसमिति
More

‘मुल बाटो बिराएर दोबाटोमा अलमलिएको एनआरएन’ (टिप्पणी)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन जति नजिकिदै छ उति नै नयाँ विवादले स्थान बनाउँदैछ । सुरुका दिनमा यसलाई स्वभाविक रुपमा हेरिन्थ्यो, किनभने एनआरएनको विधि र विधानले परिपक्वा रुप धारण गरिसकेको थिएन । एक दशकको अनुभवमा एनआरएनले विविध अनुभव हासिल गरिसकेको छ । यो अवधि परिपक्व बन्न पर्याप्त समय होइन, यद्यपि विधि विधानको अनुभव भने पक्कै हासिल गरिसकेका छ, तर नयाँ विवाद सिर्जना हुने क्रम पनि रोकिएको छैन । पछिल्लो समय नेतृत्व समाल्न आइपुगेका अध्यक्ष डा. शेष घले पटक–पटक विवादमा तानिए । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनका सन्दर्भमा संघका महासचिव डा. बद्री केसी र अध्यक्ष घलेको टकरावले
More

शपथ ग्रहण गर्नु हुँदै

राष्ट्रपति कार्यालयमा बुधबार नवनियुक्त मन्त्रीहरु शपथ ग्रहण गर्नु हुँदै । । तस्बिर : रोशन सापकोटा
More

घुस लिँदै गरेका सहायक सहकारी निरीक्षक पक्राउ

लहान । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको लहानस्थित सहकारी डिभिजन कार्यालयका सहायक सहकारी निरीक्षक सुवास गड्तौलालाई पक्राउ गरेको छ । आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको टोलीले सहकारी दर्ताका नाममा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेका गड्तौलालाई पक्राउ गरेको हो । राजविराजस्थित योग्य महिला कृषि सहकारी संस्था राजविराज नपा ११ निवासी प्रतिभा यादवसँग कार्यालयका कर्मचारीले विगत दुई महिनादेखि रकम माग्दै आएको र उहाँकै उजुरीका आधारमा गड्तौलालाई पक्राउ गरिएको हो ।
More

मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल

काठमाडौं । सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उहाँको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भन्नुभयो । आफूले चिनेका नेता वीरबहादुर बलायर मन्त्री बन्ने चर्चा केहीदिन अघिदेखि सुनेको तर मन्त्रालय भने आज शपथग्रहणपछि मात्र थाहा पाएपछि उहाँ अपराह्न ४ बजे सिंहदरबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको परिसरमा फूल लिएर पुग्नुभयो । कर्मचारी र शुभेच्छुकको लाममा बसेर रायले मन्त्री बलायरलाई बधाई दिएपछि उहाँ हँसिलो चेहरा लिएर नजिकै रहेको अन्य मन्त्रालयका मन्त्रीको बहाली हेर्न लाग्नुभयो । अन्य मन्त्रालयको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयमा स्वागत गर्नेहरुको भीड बाक्लो थियो
More

प्रम देउवासँग राप्रपा विच्कियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता समिति भंग गरेको जनाएको छ । आज विस्तारित मन्त्रिमण्डलमा राप्रपालाई समाहित नगरिएपछि वार्ता समिति भंग गरिएको बुझिएको छ ।
More

मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहनुभएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र
More

बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

लण्डन – बेलायतले सन् २०४० सम्ममा शत प्रतिशत रूपमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीमा बन्देज लगाइने नीति ल्याउने भएको छ । जनस्वास्थ्यलाई मध्येनजर गर्दै अदालतले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका ग्याँसहरूको उत्पादनमा रोक लगाउन लागि सरकारलाई आदेश दिएको थियो। वायु प्रदुषणका कारण मात्रै ब्रिटेनमा चालिस हजार मानिसहरूको मृत्यु भइसकेको एक तथ्यांकले बताएको छ । यसअघि सन् २०३० सम्ममा भारतले विघुतीय सवारीको प्रयोग गर्ने नीति ल्याइसकेको छ भने फ्रान्सले सन् २०४० सम्ममा विघुतीय सवारीको प्रयोग गर्ने नीति ल्याएको छ । पेट्रोल डिजेल लगायतका इन्धनको प्रयोगले वातावरण प्रदुषणको दर दिन प्रतिदिन बढ्दै गएकोले गत महिना मात्रै फ्रेन्च सरकारले यस्तो महत्वाकांक्षी
More

भगवान इन्द्रसँग पानी माग

लामो समयदेखि पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्ने वाध्य किसान थारु परम्पराअनुसार बाँकेको कोहलपुर बजारमा पुरुषले लगाउने पोषाकसहित भगवान इन्द्रसँग पानी माग गर्दैै । तस्बिर : अमृता केसी
More

विवेकशील र साझा पार्टी कसरी भए एक ?

काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीको समझदारीमा पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहनेगरी बुधबार दिउँसो पार्टी एकताको घोषणा हुँदैछ । भने चुनाव चिन्ह तराजु राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुबैलाई सहसंयोजक पद दिइएको छ । बैठकको अध्यक्षता मिश्रले गर्ने सहमति भएको स्रोतले बताएको छ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । अहिले दुवै पार्टीबाट १७र१७ जना छन् भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।
More