Daily Archives 27th July 2017

राष्ट्रपति भण्डारी कदरपत्र वितरण

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, श्रीमहल पुल्चोक ललितपुरले आयोजना गरेको कदरपत्र वितरण समारोहको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

शर्मा र मतगणना विवादको सुनुवाइ आइतबार

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैका लागि आइतबारका लागि राखेको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि आइतबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । शर्माका तर्फबाट आज अधिवक्ता डा भीमार्जुन आचार्य, सतीशकृष्ण खरेल, ललित बस्नेतलगायतले बन्दीमा रहेका शर्मालाई तारिखमा छाड्नुपर्ने तर्क राख्नुभएको थियो । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । सोही इजलासले यही साउन ८ गते शर्माको
More

दुई तिहाई पु-याउने कसरतमा सरकार : प्रवक्ता भुसाल

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले संविधान संशोधनका लागि सरकार दुई तिहाई बहुमत पु-याउने कसरतमा लागेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा उहाँले दुई तिहाई मत नपुगेसम्म संशोधन प्रस्ताव संसद्मा लैजानुको अर्थ नहुने बताउनुभयो । प्रवक्ता भुसालले राप्रपा सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत हाल्नेमा सरकार विश्वस्त रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिवेदन बुझाउने बताउनुभयो । निर्वाचनसम्बन्धी विधेयक संसद्बाट छिट्टै पारित हुने बताउँदै उहाँले त्यसपछि बाँकी रहेको तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन र प्रदेश तथा केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुनेमा जोड दिनुभयो ।
More

थ्रीस्टारको विवादसँगै एन्फाको बैठक स्थगित

काठमाडौं । थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाको बैठक पुन स्थगित भएको छ । एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु छ करोड माग गर्दै आएको छ । सोही विषयमा कुरा नमिलेपछि हिजो बुधबार बसेको बैठक आज १ बजे पुन बस्ने गरी स्थगित गरिएको थियो । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले अर्को बैठक कहिले बस्ने भन्ने विषयमा केही टुंगो नभएको
More

घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई आज पक्राउ गरेको छ । योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तिनलाई पक्राउ गरेको हो । कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।
More

पार्टीभित्र भागवण्डा होइन, सबैलाई मिलाउने प्रयास: महामन्त्री डा कोइराला

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा कुरा गर्दै उहाँले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गर्नुभयो । महामन्त्री डा कोइरालाले भन्नुभयो, “पार्टी केन्द्रीय समितिका अधिकांश सदस्यको धारणा पनि प्रक्रिया अघि बढाउनुपर्छ भन्ने हो, संशोधन प्रस्ताव पारित गर्न अघि बढाउन हरसम्भव प्रयत्न गछौं ।”उहाँले बताउनुभयो, “मधेस केन्द्रित दलले संशोधन प्रस्ताव पारित गर्नैपर्ने माग गरेकामा त्यसमा हाम्रो पूर्ण प्रयत्न रहन्छ तर सबै हाम्रो हातमा छैन ।” पार्टीभित्र भागबण्डाको प्रवृत्ति बढ्दै गएको
More

साथीको भर पर्दा…

सुरुङ्गा । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै चिनजान गराएको र उप्रेतीको कोठा पु-याएपछि आफूमाथि अनैतिक कार्य गरेको पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत साउन ३ गते पीडित किशोरी परीक्षा दिन बिर्तामोड आएको समयमा उनकै साथी अञ्जनाले फुपूको छोरा भन्दै उप्रेतीसँग चिनजान गराएको र बिरामी काकीको मनमोहन अस्पतालमा उपचार भइरहेकाले सबैजना अस्पताल जाने भन्दै आफूलाई
More

‘कुटुमा कुटु गायिका’ मेलिनाको ‘सुन्न सकिनँ…’ (भिडियोसहित)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा हिजोआज ‘कुटुमा कुटु…’ चर्चामा छ । यिनै चर्चित गीतको लोकप्रिय गायिका मेलिना राईद्वारा स्वरबद्ध नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । चलचित्रका मात्र नभएर ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता लोकप्रिय आधुनिक गीतकी गायिका मेलिनाको ‘सुन्न सकिनँ…’ बोल गीत तथा भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । सार्वजनिक गीत ‘सुन्न सकिनँ…’ दर्शक श्रोताका लागि सुनौ–सुनौ र हेरुँ–हेरुँ’ लाग्न सक्छ । ‘सुन्न सकिनँ’ सार्वजनिकसँगै मेलिनाले हरेक प्रकारका गीत गाउन सक्छिन् भन्ने उदाहरण पेश गरेकी छन् । यो प्रेम वियोगात्मक गीत हो, जसलाई मेलिनाले गायन प्रस्तुतीतमा पनि त्यो भाव पस्केकी छन् । राजेश अर्यालको शब्द र टंक बुढाथोकीको
More

वीर अस्पतालको वार्षिकोत्सव

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार वीर अस्पतालको १२८ औँ वार्षिकोत्सव समारोहमा अस्पतालमा कार्यरत कर्मचारीलाई सम्मान गर्दै । तस्बिर : रोशन सापकोटा
More

खुर्पा प्रहारबाट श्रीमान ठहरै

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो । “हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प-यो,” प्रहरी निरीक्षक घिमिरेले भन्नुभयो । विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।
More