Daily Archives 30th July 2017

गैर आबासीय नेपालीको द्शौ युरोपेली बैठक जर्मनीमा सम्पन्न (बैठकका निर्णय बारे पूर्ण पाठ)

गैर आबासीय नेपालीको द्शौ युरोपेली बैठक जर्मनीमा सम्पन्न भएको छ । बैठकका निर्णय बारे पूर्ण पाठ: १० औं गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ८ औं यूरोपियन क्षेत्रीय महिला सम्मेलन २०१७ को प्रेस विज्ञप्ति जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनाल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपालबाट आउनु भएका परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्नुहुने उपसचिव डा. डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुंग लगायतका संघका पदाधिकारी एवं २७ देशबाट प्रतितिधित्व गर्नु हुने
More

डा. केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न वार्ता टोलीलाई निर्देशन दिएका छन् । डा. केसीका मागसँग सरोकार राख्ने शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ता टोलीमा रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यलयका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन र चासोपछि शिक्षामन्त्रीले प्रधानमन्त्री चिकित्सा शिक्षासम्बन्धी विधेयक रहेको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति समेतलाई विशेष आग्रह गरेरै भए पनि फाष्ट ट्रयाकबाट विधेयक ल्याउन पहल गर्न निर्देशन दिएका छन् । यता अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको
More

जंगलमा फेला परेको शवको पहिचान खुल्यो, हत्याको आरोपमा दुईजना पक्राउ

महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ । गत साउन ७ गते मृतक सन्तोलियालाई उनकै बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोले मुख थुनेर घाँटीमा सलको पासो लगाई हत्या गरी सोही जंगलको एक खोल्सीमा फालेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ । सर्लाही हरिवन नगरपालिका–५ माइती रहेको मृतककी श्रीमान् विगत केही दिन वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका छन्
More

सर्वोच्च अदालतको आदेश दुर्भाग्यपूर्ण : एमाले

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । पेशी चढेको दुई महिनापछि भरतपुर नगपालिका वडा नं १९ मा सर्बोच्च अदालतले पुन मतदान गराउने निर्णय सुनाएको हो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले आज साँझ यस्तो फैसला सुनाएको हो । मतगणना अन्तिम अवस्थामा पुगेपछि माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका मतगणनाको विवाद सर्वाेच्च अदालतसम्म पुगेको थियो । यसैबीच एमाले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले सर्वोच्चको आदेशलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । एमाले मतगणनाको पक्षमा थियो ।
More

चिकित्सकमाथि हातपात गर्ने दुई युवक पक्राउ

पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई पक्राउ गरेको हो । नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै पटेल र हवारीले अस्पतालको प्रसुती वार्डमा प्रवेश गरी स्त्री रोग विशेषज्ञ डा चन्दनी पाण्डे र स्टार्फ नर्स ज्योति चौधरीलाई हातपात गरेको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले जानकारी दिनुभयो । अस्पतालको प्रसुती वार्डमा रहेको ढोका तोडी पटेल र हवारी प्रवेश गरी चिकित्सक तथा
More

भरतपुरमा पुनः मतदान गर्न सर्वोच्चको आदेश

भरतपुर महानगरपालिका वडा १९ मा पुनःमतदान गर्न सर्वोच्च अदालतले दिएको आदेशका बारेमा जानकारी दिँदै प्रवक्ता महेन्द्रनाथ उपाध्याय । तस्बिर : कालिका खड्का
More

सरकारको नियतमै खोट : अध्यक्ष थापा

बर्दिवास । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेश समस्या समाधानमा सरकारको नियतमै खोट भएको आरोप लगाउनुभएको छ । आज महोत्तरीको बर्दिवासमा पार्टीको दुई नं प्रदेश समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने कुरा बाहिरी हल्ला मात्र भएको बताउनुभयो । “सरकार संशोधन प्रस्ताव पास गर्ने गराउने कुरामा इमान्दार छैन,” उहाँले भन्नुभयो । केही दिनयता सत्ता साझेदार दलले संंशोधन प्रस्तावलाई राजपालाई गिज्याउने र एमालेलाई तर्साउने अस्त्र बनाएको उहाँको आरोप थियो । संशोधन प्रस्तावप्रति आफ्नो पार्टी सधैँ सकारात्मक रहेको थापाले बताउनुभयो ।
More

नैतिकताको संकटबाट पार्टीलाई बचाउनु् आवश्यक : वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नैतिकताको संकटबाट पार्टीलाई बचाउनु आवश्यक भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस इकाईद्वारा आज आयोजित बिपी स्मृति पार्क उद्घाटन एवम् चौथो वर्षका विद्यार्थीको बिदाई समारोहमा उहाँले प्रजातान्त्रिक विचार र मूल्य मान्यतालाई आत्मसात् गर्दै राम्रो आचारण तथा व्यवहारलाई प्रत्येक काँग्रेसका कार्यकर्ताले अङ्गिकार गर्नुपर्ने बताउनुभयो । “राजनीति सम्मानित बन्नु आवश्यक छ, सम्मानित हुने किसिमको आचरण र व्यवहार नेता तथा कार्यकर्तामा हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रत्येक सर्वसाधारणको दिलमा सकारात्मक प्रभाव पार्ने किसिमले राजनीतिकर्मीले आफूलाई उभ्याउन सक्नुपर्छ ।” लोकतन्त्रमा शक्ति भनेको जनताको अन्तरमनदेखिको समर्थन भएको बताउँदै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि काँग्रेसको नेतृत्व
More

भरतपुर–१९ वडामा पुनः मतदान गर : सर्वोच्च अदालत

काठमाडौं । बहुचर्चित भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा आज निर्णय सुनाएको छ । झन्डै २ महिनापछि सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने आदेश दिएको छ । पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले आइतबार जवाफी बहस गरेका थिए । जवाफी बहस सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ गरेको हो । गत बिहीबार सरकारी वकिलको बहस सकिएकाले आज रिट निवेदक पक्षका वकिलको जवाफी बहसबहस सकिएपछि निर्णय आएको हो । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो ।
More

अध्यक्षको प्रस्तावविरुद्ध पूर्वअध्यक्षहरु एकजुट

काठमाडौं । हिजो शनिवारदेखि जर्मनीको फ्यांडफोर्डमा सुरु भएको एनआरएन यूरोपियन क्षेत्रीय बैठकमा अध्यक्ष शेष घलेले संघको अध्यक्ष कार्यकारी प्रमुख हुने गरी प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव विवादित बनेको छ । बैठकमा उपस्थित संघका पूर्व अध्यक्षहरुसहित आधाभन्दा बढी सहभागीले उक्त प्रस्तावको विरोध गरे । अध्यक्ष घलेले प्रस्तुत गरेको उक्त प्रस्तावविरुद्ध संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले खुलेरै आलोचना गरे । आगामी अक्टोवर महिनाको दोस्रो साताबाट संघको नेतृत्वबाट विदा लिने घोषणा गरेका अध्यक्ष घलेले संघको सांगठनिक संरचनालाई परिर्वतन गर्ने योजनासहितको उक्त प्रस्ताव लिएर बैठकमा उपस्थित भएका थिए । प्रस्तावलाई लिएर घलेले भने, ‘आगामी एक दशकसम्म सबै मुलुकमा
More

कांग्रेसभित्रैबाट नयाँ पार्टी गठनको कसरत !

काठमाडौं । कांग्रेसका करिब डेढ दर्जन पुराना नेताहरू छुट्ट्रै पार्टी गठनको अभियानमा जुटेका छन् । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने गरी उनीहरू छुट्टै पार्टी गठनको तयारीमा रहेको स्रोतले जनाएको छ । पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमहामन्त्री केबी गुरुङ र बिपीपुत्र प्रकाश कोइरालामध्ये १ जनालाई अध्यक्ष बनाउने तयारी छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई स्वीकार गरेर कांग्रेसले बिपीले देखाएको बाटो बिरायो भन्दै अलग पार्टी गठनको तयारीमा जुटेका नेताहरूमा पूर्वसभामुख एवं महामन्त्री रानाभाट, पूर्वमहामन्त्री गुरुङ, पूर्वउपसभापति चिरन्जीवी वाग्ले, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वकेन्द्रीय सदस्यहरू ओमकार श्रेष्ठ, ढुण्डीराज शास्त्री, विनयध्वज चन्द, प्रकाश कोइराला, लक्ष्मणप्रसाद घिमिरेलगायत छन् । यसैगरी मणि लामा, बद्रीनारायण
More

भरतपुर मतगणना र चुडामणि शर्माको मुद्दामा आज सुनुवाई

काठमाडौं । सर्वोच्च अदालतले मुलुककै दुई चर्चित काण्ड भरतपुर मतगणना र चुडामणि शर्माको मुद्दामा आज सुनुवाई गर्दै छ । दुबै मुद्दामा शुक्रबारदेखि बहज जारी । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो विषयमा आज बहस हुने सर्वोच्च अदालतले जनाएको छ । रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी बहस गर्ने समय दिनुपर्ने भएकाले आज नै फैसला आउने सम्भावना भने कम छ । रिट दायर भएको दुई महिना पुग्न लाग्दा समेत फैसला नहुँदा
More

माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु

नुवाकोट । भूकम्पले क्षति पु-याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ । आयोजनाको बाध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाच र अध्ययनको काम शुरु गरेको छ । कम्पनीले क्षतिको जाच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम शुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । ठेकेदार कम्पनी सिजिजिसीले डि–सेन्डरको पानी हटाएर त्यसको परीक्षण गरी पुनःनिर्माण शुरु गरेको हो । आयोजनाको निर्माण क्षेत्रमा अहिले ८० नेपाली र २० जना चिनिया मजदुर कार्यरत छन् । सन् २०११ को जुनबाट काम
More

एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन

जिल्लाको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३-०७४ मा रु दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो । यहाँ उत्पादित गोलभेँडाको प्रतिकिलो सरदर मूल्य रु १३ कामय गर्दा झण्डै रु तीन करोड बराबरको गोलभेँडा अमरपुरमा मात्रै उत्पादन भएको हो । अमरपुरमा ५८० किसानले व्यावसायिकरुपमा गोलभेँडा खेती गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयो । त्यहाँका ५८० किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेँडा
More

जनजाति महासङ्घमा शेर्पा

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शेर्पाको संयोजकत्वमा गठन गरिएको छ । नब्बे सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिनुभयो । सो अवसरमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जनजातिका विषय एमाले नै बढी उठाएकाले पार्टीमा जनजातिको बढी सहभागिता भएको बताउनुभयो । अब आउने प्रदेश र संघीय निर्वाचनमा पनि जनजातिका विषयलाई विशेष रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य शेरबहादुर तामाङलगायतले प्रदेश र संघीय निर्वाचनमा जनजातिको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो ।
More

लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

मनिला । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन । प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ । प्रहरीको सो कारबाहीमा परी आइतबार विहान ती मेयर सहित ११ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन । यहाँको प्रहरीद्वारा निकै सशक्त रुपमा सञ्चालित यस अभियानको फिलिपिन्सका जनतामा सकारात्मक प्रभाव परेको छ भने राष्ट्रपति दुतेर्ते पनि निकै लोकप्रिय हुनुभएको छ । यद्यपि यस कनुनले प्रहरीलाई बढी अधिकार दिएको र न्यायिक प्रक्रियामा नल्याइकनै नागरिकलाई गोली हानेर मार्ने अधिकार दिएको भन्दै मानवअधिकारकर्मीहरुले भने
More