Daily Archives 31st July 2017

अदालतको फैसला दुर्भाग्यपूर्ण

भक्तपुर । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विवादमा सर्वोच्च अदालतले गरेको पुनःमतदान गर्ने भनी दिएको फैसला दुर्भाग्यपूर्ण भएको बताएको छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त फैसलाले प्रचलित कानुन, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको ठहर गरेको छ । पार्टी सचिव योगेश भट्टराईले ‘गत जेठ ४ गते राति सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणनास्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा सर्वोच्च अदालतले आइतबार पुनः मतदान हुने गरी गरेको फैसला’ दुःखद् र दुर्भाग्यपूर्ण भएको बताउनुभयो । यस्तो फैसलाले जनताको अभिमतको अपमान गर्ने र आगामी दिनमा गलत
More

प्रम देउवा–पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्था बुझ्दै

प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार अस्वस्थ भई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्नुहुँदै । तस्बिरः रोशन सापकोटा
More

वैदेशिक रोजगार बोर्डले दिने राहत रकम रु सात लाख पुग्यो

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा वा अंगभंग भएमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने राहत रकम रु तीन लाखबाट वृद्धि गरेर रु सात लाख पु-याएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ को तेस्रो संशोधन आज राजपत्रमा प्रकाशित भएपछि कामदारले सो रकम पाउने भएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् बैठकबाट बोर्डले दिने सहायता रकम रु तीन लाखबाट रु पाँच लाख पु-याउने तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रु सात लाख पु-याउने निर्णय गरे पनि नियमावली संशोधन नभएका कारण कामदारले हिजोसम्म पुरानै रु तीन लाख मात्रै रकम पाउँदै आएका थिए । कामदारको मृत्यु भएमा वा अंगभंग भएमा
More

प्रधान सम्पादकलाई तीन दिनभित्र उपस्थित गराउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित गराउन प्र्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ । आयोगको आइतबारको बैठकले “निर्वाचन आयोगमा मामाको धनमा फूपूको श्राद्ध” र “निर्वाचन आयोगलाई रु १८ अर्ब सक्नुपर्ने ?” शीर्षकमा उक्त पत्रिकामा दुराशययुक्त एवं मिथ्या समाचार प्रकाशिन भएको जनाउँदै सोबारे आवश्यक कारबाही हुन काउन्सिललाई लेखी पठाउने निर्णय भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा “आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवं मिथ्या समाचारका विषयमा प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारबाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना
More

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको विशेष टोलीले उहाँलाई आज पक्राउ गरेको हो । आयोग प्रवक्ता जीवराज कोइरालाले घुससहित पक्राउ परेका फोरमेन न्यौपानेमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
More

भारतको उडिशामा चट्याङ लागेर ११ को मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन । उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो । चट्याङ परेर मरेका यी व्यक्तिहरू प्रायः धान खेतमा काम गरिरहेका थिए । वर्षात् जारी रहेपनि उनीहरू काममा थिए । सोही क्रममा चट्याङ परेको थियो । भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिब दुई हजार व्यक्तिको मृत्यु चट्याङकै कारणले हुने गरेको देखाएको छ ।
More

बेलायती राजकूमार फिलीपले यसै हप्ता अवकाश लिने

लण्डन । बेलायतका राजकूमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिनुहुने भएको बेलायतको राजदरबारबाट सोमबार जानकारी गराइएको छ । महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–बर्षीय फिलीपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लाग्नुभएको हो । द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले बकिङ्घम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुनुहुनेछ । उहाँ बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ हुनुहुन्छ । दरबारका एक प्रवक्ताले भने, “यो नै सम्भवत राजकूमार फिलीपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ । तर उहाँले महारानीको उपस्थितिमा समय समयमा हुने कार्यक्रममा सहभागी
More

टेलिकमको सेवामा विशेष छुट

काठमाडौं । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम-सिडिएमए तथा एडिएसएल-एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यो अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत उपलब्ध हुनेछ । अब एक एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक रु एक हजारमा उपलब्ध हुनेछ । पहिला मासिक एक हजार १७ मा २५६ केबिपिएस गतिको एडिएसएल उपलब्ध थियो । त्यसैगरी भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । पहिला २१
More

आविष्कार केन्द्रलाई सहयोग जुट्दै

बागलुङ । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म रु ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिनुभयो । “चारजनाले रु पाँच हजारभन्दा बढी सहयोग दिनुभएको छ”, अध्यक्ष शर्माले भन्नुभयो, “तीन महिनासम्म चल्ने अभियानमा रु दुई लाख बढी उठाउने लक्ष्य छ ।” समूहले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनकै उपस्थितिमा डेढ महिनाअघि अभियान शुरु गरेको थियो । देशविदेशमा रहेका नेपालीले स्वःस्फूर्तरुपमा अभियानमा सघाएको अध्यक्ष शर्माले बताउनुभयो ।
More

जिसस निर्वाचनमा सत्तारुढ दलबीच तालमेल

काठमाडौं । प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ । काँग्रेसले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ ।
More

उत्तरी नाका जोड्ने सबै सडक बनाउन चीन तयार

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् । ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ‘चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन् । यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ ।’ चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको
More

अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

फलेवास । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङले पुलबाट एकैपटक हाम फालेर सामूहिक रुपमा आत्महत्या गरेका थिए । शनिबार राति १० बजेको समयमा मोदीखोलामा हाम फालेर उनीहरुले आत्महत्या
More

राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला

जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीले जानकारी दिनुभयो । गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या भएको थियो । लामो समयसम्मको प्रहरी अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत प्रहरी हबल्दार कमल सुनारविरुद्ध गोविन्द महरको जाहेरीले जबर्जस्ती
More

पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मुटुमा समस्या आएपछि एन्जिओप्लास्टिक सर्जरी गरिएको छ । शनिबार बिहान छातीमा केही असजिलो महसुस भएपछि महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा एन्जिओप्लास्टिक सर्जरी सफलतासहित सम्पन्न भई उहाँको स्वास्थ्य अवस्था सुघारोम्मुख रहेको उपचारमा संलग्न चिकित्सक रत्नमणि गजुरेलले जानकारी दिनुभएको छ । जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिनुभएको उहाँको परिवारले जनाएको छ ।
More

प्रहरीको हत्याका आरोपी महिला पक्राउ

मलेखु । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत गुरुङले श्रीमती थापामगरको सहयोगमा घरमा बोलाएर प्रहरीको हत्या गरेको प्रहरीले आरोप लगाएको छ । बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको लास शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो । व्यक्तिगत मोबाइलको
More