Monthly Archives August 2017

४१ केसद्वारा नेविसंघ बैठक बहिष्कार

काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना माग पूरा नभएको भन्दै ४१ केन्द्रीय सदस्यले आज बैठक बहिष्कार गरेका छन् । अपराह्न ४ बजे वाल्मिीकि क्याम्पसको सभाकक्षमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नियमविपरीत अन्य क्याम्पसलाई सम्बन्ध दिएको’ भनी विरोध गरेका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई गरिएको निलम्बन फिर्ता गराउन नेविसंघको नेतृत्वले पहल नगरेको आरोप लगाएका छन् । बैठक बहिष्कार गरेका केन्द्रीय सदस्यमध्ये तेजबहादुर बानियाँले नेविसंघका ११ विवादित जिल्लामा कार्यसमितिको विनाबैठक विधान र नियमावली अन्तिम रुप नदिई प्रतिनिधि चयन गरेको र केन्द्रीय पदाधिकारीको दुई बैठकको निर्णय कार्यान्वयन नगरिएको जनाउँदै बैठक बहिष्कार गरिएको जानकारी दिनुभयो । उहाँले क्याम्पसले निलम्बन गरेका
More

प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी मुद्दामा भदौ १९ गते निर्णय

काठमाडौं । प्रदेश र केन्द्रको निर्वाचन आगामी माघ ७ भित्र आवश्यक कानून बनाई तोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ सकिएपछि यही भदौ १९ गते निर्णय सुनाउने तय भएको छ । न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज पक्ष र विपक्षबाट बहस सकिएपछि सो मितिमा निर्णय सुुनाउने आदेश दिएको हो । संविधानमा व्यवस्था गरिएअनुसार प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी कानून बनाई मिति तोक्न काम गर्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीले गत असोजमा निवेदन दायर गर्नुभएको थियो । निवेदनमा निर्वाचन गर्नुभन्दा १२० दिन पहिला निर्वाचनसम्बन्धी कानून बनाउन समेत माग
More

यस्तो देखियो तक्मे बुढा र रेखाको जोडी (फोटो फिचरसहित)

काठमाडौं । मध्यान्हतिर बुधबार सिखाली चौरमा चर्चित हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ र अभिनेत्री रेखा फागो सँगै भेटिए । जहाँ तक्मे बुढा लजाइरहेका थिए । सोल्टिनीसँग भेटिँदा उनी लजाएका हुन् । ‘भेटै भयो सोल्टीज्यू माइबेनी मेलैमा, भीर फूल टिपी सोल्टी ज्यू लाइदिनु शिरैमा’ भन्दै रेखाले आग्रह गर्दा यी चर्चित हास्य अभिनेता सर्माउँदै मुस्कुराए । तक्मेको लजाजु स्वभाव र मुस्कानमा लठ्ठ भएकी सोल्टिनीले छाड्नै कुरै भएन । अन्ततः विल्सन अर्थात तक्मे बुढा सोल्टिनीको जालमा परेरै छाडे । प्रशंग म्युजिक भिडियो छायांकन हो । पछिल्लो समयका चर्चित र व्यस्त गीतकार राम रेप्चुङ राईको शब्दरचना तथा नेपाली तारा सिजन–३ का फस्ट रनरअप
More

सिलवाल मुद्दामा भदौ २७ गते निर्णय

काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ । प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले वादी र प्रतिवादी दुवै पक्षको बहस सुनेको थियो । आज सुनुवाइ सकिएको छ । सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । गत साउन १९ गते बहस नसिकएपछि आजका लागि पेशी तोकिएको थियो
More

पहिलो चरणमा ३२ र दोस्रामा ४५ जिल्लामा निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने घोषणा भइसकेको छ ।
More

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । जसमा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । त्यसै गरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् । परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले गत साउन २० गते कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको थियो ।
More

प्रम महाकाली नदीमा पुलको शिलान्यास

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यास गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा
More

पन्ध्र किलो अवैध सुनसहित सातजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेको अवस्थामा १४ किलो र धनुषाबाट भारत निकासीका लागि लैजाने क्रममा एक किलो सुन बरामद गरेको हो । सुन ओसारपसार गर्ने कार्यमा संलग्न भक्तपुर सूर्यविनायक नगरपालिकाका दिपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौँ महानगरपालिकाका सरोज थापा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका विष्णु गौतम र धनुषा जनकपुर उपमहानगरपालिकाका दिपककुमार शाहलाई ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो । ब्यूरोले आज गरेको पत्रकार सम्मेलनमा
More

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो, भोलिमात्रै नाम सार्वजनिक

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर हुनुभएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ । निर्वाचनको तयारीका लागि पार्टीले आठ जिल्लाका सबै तहमा प्रचारसमिति गठन गर्र्नुका साथै सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरी प्रचार प्रचारलाई तीव्रता दिएइको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पार्टी
More

न्युयोर्कका मनकारी नेपाली

वासिङ्टन डिसी । चितवन घर भएका रवि कोइराला अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिब १३ वर्ष भयो । यो समयमा उहाँले कति रकम आम्दानी गर्नुभयो कुनै लेखाजोखा छैन । तर मनकारी स्वभावका कोइराला साथीभाइसँग ठट्यौली पाराले भन्ने गर्नुहुन्छ, “जीवनमा आम्दानी गर्नु कुनै ठूलो कुरो होइन, जीवनको के छ र भर ? त्यसैले समाजलाई केही न केही दिनु हामीहरुको धर्म हो, भन्ने मेरो मान्यता रहेको छ ।” त्यसैले उहाँ कहिले न्युयोर्क त कहिले वाल्टिमोर, अनि कहिले भर्जिनिया त कहिले न्यूजर्सीको सयौँ माइल यात्रामा दौडिरहनुभएको हुन्छ । अमेरिकामा सामाजिक कामका लागि भनेर अहोरात्र खट्ने आनन्द विष्ट अहिले जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष हुनुहुन्छ ।
More