Daily Archives 1st August 2017

मुछेत्र गुरुङ एनआरएन आइसीसीमा कोषाध्यक्षको उम्मेदवार बन्ने

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को अक्टोबरमा हुने महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । संघको आइवार जर्मनीमा सम्पन्न क्षेत्रिय बैठक सकेर फर्केका गुरुङले सोमवार साँझ नेपालब्रिटेन डट कमसंग साथीहरुको आग्रहमा आफु उम्मेदवार बन्ने निचोडमा पुगेको वताए । यसअघि उनलाई गैरआवासीय नेपाली संघको यूरोप संयोजकको उम्मेदवारको रुपमा हेरिएको थियो । गुरुङले भने ‘अहिलेलाई कोषाध्यक्षको उम्मेदवारी दिने मात्र मनस्थितीमा पुगेको छु, यो अप्रत्यासीक जस्तो देखिए पनि सबै पक्षसंग मिलेर जाने छु’। ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेका गुरुङको तमुधिं यूकेको अध्यक्ष कोषाध्यक्ष, उपाध्यक्ष भएर काम गरेको अनुभव छ
More

भरतपुर–१९ मा साउन २० गते पुनः निर्वाचन

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर–१९ मा यही साउन २० गते पुनः निर्वाचन हुने भएको छ । चितवन निर्वाचन कार्यालयले मंगलबार आगामी २० गते पुनः मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । साथै, निर्वाचनका लागि मंगलबारैदेखि मौनअवधि घोषणा गर्दै चुनाव प्रचार–प्रसारमा रोक लगाइएको छ । यसअघि, मंगलबारै बसेको सर्वदलीय बैठकमा साउन २० गते निर्वाचन गर्ने सहमति भएको थियो । दलहरुबीचको सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
More

आयल निगमबाट अख्तियार कागजपत्र लिएर फर्कियो

काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पक्राउ गर्न गएको अख्तियारको टोली आयल निगमबाट जग्गा खरिद सम्बन्धी फाइल लिएर फर्केको छ । करिव दुई घण्टा आफ्नै कार्यालय बबरमहलमा अख्तियारको नियन्त्रणमा रहेका खड्का हस्ताक्षर गरि फाईल वुझाएपछि छुटेका हुन् । अख्तियारले जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक खड्कालाई पछि हाजिर हुने शर्तमा छोडेको श्रोतले बताएको छ । नेपाल आयल निगम्ले देशका सातवटा प्रदेशमा तेल भण्डारण गर्नका लागि खरिद गर्न लागेको जग्गामा माफियासँंग मिलेर २० करोड भन्दा बढि भ्रष्टाचार गरेको आरोप खड्कामाथि लागेको छ । सो भ्रष्टाचारबारे समाचार बाहिर आउदा पनि अख्तियारले चासो दिएको थिएन। खड्का पक्राउसगै उनिसंग यस काण्डमा
More

शर्माको सुनुवाइ हेर्दाहेर्दैमा बुधबार

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि बुधबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । आज नायब न्यायाधिवक्ता किरण पौडेल, सहन्यायाधिवक्ता हरिप्रसाद जोशी र पद्मप्रसाद पाण्डेले बहस गर्नुभएको थियो । आइतबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गर्नुभएको थियो । त्यसअघि गत आइतबार अधिवक्ता डा भीमार्जुन आचार्य, सतीशकृष्ण खरेललगायतले बन्दीमा रहेका शर्मालाई तारिखमा छाड्नुपर्ने तर्क राख्नुभएको
More

मतपत्र नष्ट गर्दै

चितवनको भरतपुर महानगरपालिका विवादित वडा-१९ का मतपत्र मङ्गलबार जलाएर नष्ट गर्दै । तस्बिर : नारायण ढुंगाना
More

देउवा भारत नजाँदै चिनियाँ सशक्त टोली नेपाल भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति नतोकिदै चीनले सिनियर उपप्रधानमन्त्री झाङ काओ लीको नेतृत्वमा चिनियाँ उच्चस्तरीय टिम नेपाल पठाउने निश्चित भएको छ । यद्यपि चिनियाँ टोलीको नेपाल भ्रमणबारे पनि मिति तय भइसकेको छैन । नेशनल पिपुल्स कांग्रेसका सातौं बरियता प्राप्त झाङ २०१३ देखि चीनका उपप्रधानमन्त्री छन् । उनले दक्षिण एसियाको विशेष निगरानी गर्दै आएका छन् । दक्षिण एसियाको विशेषज्ञसमेत मानिने झाङ चिनियाँ कम्युनिष्ट पार्टीमा शक्तिशाली नेता हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ सैनिक सीमा सुरक्षा गर्न सक्षम छन् भनेको केही घन्टामै झाङको नेपाल भ्रमण तय भएको हो । उपप्रधानमन्त्री कृष्णबहादुर महराको निम्तोमा भनिए पनि झाङ काओ ली
More

‘एनआरएन अमेरिकी विवाद अन्त्य गर्न कार्यदल सक्रिय’

फ्रयाङ्फर्ड । गैरआवासीय नेपाली संघ अमेरिकामाको पछिल्लो विवाद अन्त्य हुने सम्भवना बढेर गएको छ । गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न बैठकले अमेरिकास्थित एनआरएन निर्वाचन प्रकृया विवादको अन्त्य गर्न तीन सदस्य एक समिति गठन भएपछि विवाद अन्त्य हुने सम्भावना बढेको हो । अगष्ट ११ तारिख हुने एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेदवार बनेका गौरी जोशीको उम्मेदवारी रद्द गरेपछि विवाद केन्द्रसम्म तानिएको थियो । बैठकले पूर्वप्रवक्ता डा. हेमराज शर्मा, सल्लाहाकार विश्वआर्दश पण्डित, संरक्षक दिल गुरुङ रहेको कार्यदल गठन गरेको छ । सदस्य विश्वआर्दश पण्डितका अनुसार कार्य दलले हिजो सोमवारदेखि नै काम थालिसकेको छ । तोकिएको समयसीमामा समितिले प्रतिवेदन बुझाउने छ पण्डितले नेपाल ब्रिटेन डट
More

विदेश जाने महिला अझै शोषित छन्ः बिजया राई श्रेष्ठ

सन् २००३ मा बैदेशिक रोजगारमा गएर फर्किएका केही दिदी बहिनीसंग मिलेर यो क्षेत्रमा काम गर्नु पर्छ भन्ने सोच आएपछि संस्थापकको रुपमा पौरखी नेपाल भन्ने संस्था स्थापना गरि काम गदैं आएकी विजया श्रेष्ठसंग नेपालब्रिटेन डट कमका लागि रन्जु क्षेत्रीले गरेको कुराकानी । १) तपाईं लामो समय देखि बैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरुको हितमा कार्यरत हुनुहुन्छ । आफनो परिचय र आवद्ध संघसंस्थाबारे बताइदिनुहोस् न ? मेरो नाम बिजया राई श्रेष्ठ हो । म आफैं दुई वर्ष जापानमा काम गरेर फर्किएको हुं । सन् २००३ मा बैदेशिक रोजगारमा गएर फर्किएका केही दिदी बहिनीसंग मिलेर यो क्षेत्रमा काम गर्नु पर्छ भन्ने सोच आएपछि संस्थापकको
More

सञ्चारमन्त्री बस्नेतलाई बधाई

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सहभागी हुँदै । तस्बिर: रत्न श्रेष्ठ
More

जनकपुर उपमनपामा मन्त्रीका अगाडि कार्यकारी अधिकृत कुटिए

धनुषा । शहरी विकास तथा भवन निर्माणमन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि आज बिहानै सम्बन्धित कार्यालयका प्रमुखसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेको बेला कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरिएको हो । आयोजनाको काममा ढिलासुस्ती र लापर्वाही भएको गुनासो नगरवासीले मन्त्री साहसामु गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो । सोही क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई बोलाएर निर्देशन दिइरहनुभएका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहनुभएको
More