Daily Archives 2nd August 2017

एनआरएनको सचिवमा महेन्द्र लम्सालले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने अधिवेशन नजिकिएसँगै उम्मेदवारी आउने क्रम जारी छ । यसै बीच संघको सचिव पदका लागि गैरआवासीय नेपाली संघको ओशियाना क्षेत्रका संयोजक महेन्द्र कुमार लम्सालले सचिव पदमा आफ्नो उम्मेदवारी अघि सारेका छन् । लम्सालले बुधवार नेपालब्रिटेन डट कमसँग कुराकानी गर्दै संघमा लामो समय देखी काम गर्दै आएको अनुभव र क्षमताको आधारमा आफुले सचिवको जिम्मेवारी लिने मनस्थितीमा पुगेको वताए । लम्सालले भने ‘साथीहरुकै आग्रहमा मैले ओशिआना क्षेत्रको संयोजकको रुपमा जिम्मेवारी समाले, अहिले धेरै साथीहरुले केन्द्रिय पदाधिकारी मध्य एक पदको जिम्मेवारी समाल्न आग्रह गर्नु भएको छ त्यसैले सबैको भावनाको कदर गर्दै गैरआवासीय संघको सचिवको जिम्मेवारी
More

एनआरएन बृक्षारोपण तिर

गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्ष देखि काठमाण्डौं स्थित चोभार डाँडामा वृक्षा रोपण कार्य गर्दै आएको छ । यसै कार्यक्रमलाई निरन्तरता दिदै १४ श्रावण २०७४ शनिवारका दिन गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्र र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा आयोजना गरेको बृक्षा रोपण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चोभार स्थित आदिनाथ सामूहिक वनको क्षेत्रमा प्रमुख अतिथि विशेष अतिथि, अतिथिहरु र सहभागीहरुले रुद्राक्ष, बौद्धचित्त लगायत विभिन्न प्रकारका विरुवाहरु रोपेका थिए । बृक्षारोपण कार्यक्रम पछि ओपचारिक कार्यकम राखिएको थियो । उक्त कार्यक्रम माननीय युवा तथा खेलकुद मन्त्री राजेन्द्र
More

‘यूके डान्स अफ २०१७’ को उपाधि जसिताले जितिन्

श्रावण १७, २०७४- बेलायतका नेपाली तन्नेरीबीच गरिएको एउटा नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को उपाधि जसिता गुरुङले जितेकी छन् । आइतबार प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिष्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उनले १२ सय पाउण्ड नगद पाइन् । प्रतियोगितामा फस्ट रनर अपको उपाधि युवतीहरुको समूह एआइएम ग्रुपले जित्यो भने सेकेन्ड रनर भइन् सरिना गर्बुजा । दोश्रो हुने समूहले ८ सय पाउण्ड र तेश्रो विजेताले ५०० पाउण्ड नगद जिते । बिजेतालाई प्रमुख अतिथी राजदूत दुर्गाबहादुर सुवेदी, आयोजक सपनकुमार राई लगायत प्रायोजकहरुले पुरस्कार प्रदान गरेका थिए । सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ मा
More

गायक प्रमोद राजको ‘रहे सम्म’ सार्वजनिक (भिडियो)

फडिन्द्र भट्टराई । गायक प्रमोद राज न्यौपानेको स्वरमा ‘रहे सम्म तिमी सँग..’ बोलको म्युजिक भिडियो लन्डनमा यसै साता सार्वजनिक गरिएको छ। लन्डन नजिकैको समुद्री तट आसपासका दृश्यलाई कैद गर्दै छायांकन गरिएको यो गीतमा शब्द रचना युरान र संगीत सागर किनारको रहेको छ। म्युजिक भिडियोमा रोशना कार्की र टंक धमलाले मोडेलिङ गरेका छन्। म्युजिक भिडियोको छायांकन, निर्देशन र सम्पादन लन्डनबाट आफ्नो क्षेत्रमा कुशल चिनारी बनाएका कुशल श्रेष्ठले गरेका हुन्। रोमान्टिक पप शैलीको यो गीतका गायक प्रमोद राज न्यौपाने नेपाल देखिनै रेडियो प्रस्तोताको रुपमा कार्यरत थिए। सेतोपाटीसँगको कुराकानीमा गायक न्यौपानेले म्युजिक भिडियो सार्वजनिक भएपछि पाएको दर्शक प्रतिक्रियाबाट आफ्नो टीममा थप उत्साह पलाएको
More

एनआरएनए जाम्बियामा नयाँ नेतृत्व

लुसाका , जाम्बिया । अफ्रिकी मुलुक जाम्बियाको गैर आबासिय नेपाली संघको तेस्रो साधारण सभा गत आइतबार लुसाकामा सम्पन्न भएको छ । सभाले डा. बिशालनाथ उप्रेतीको अध्यक्षतामा सन २०१७- २०१९ का लागि नयाँ कार्यसमिती चयन गरेको छ । जसमा शंकर सुनुवार उपाध्यक्ष ,प्रमोद शर्मा महासचिव ,मोतीलाल श्रेष्ठ सचिब ,भिमबहादुर बम कोषाध्यक्ष र सदस्यहरुमा डा. किशोर अधिकारी ,पोषणराज बस्नेत ,सन्ध्या खनाल ,खेम नारायण पौडेल , शोभा सुनुवार र इन्दिरा उप्रेती रहेका छन । त्यसैगरी सभाले बिदुर खनाल ,अङ्गिरा आचार्य ,सबिता आचार्य ,नर्मदा आचार्य ढकाल , डा. रामजी ढकाल ,डा. प्रकाशचन्द्र घिमिरे , रजनी श्रेष्ठ र केशब श्रेष्ठलाई सल्लाहकारमा चुनेको छ । सभामा
More

प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीमा छलफल

फ्र्यांकफर्ट (जर्मनी)—प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको फ्र्यांकफर्टमा छलफल भएको छ। युरोपबाट सञ्चालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर सो विषयमा प्यानल छलफल भएको हो। प्रवासमा रहेर अप्ठ्यारा परिस्थिति झेल्दै नेपाली पत्रकारितालाई निरन्तरता दिइरहेको सहभागीले बताएका थिए। बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रवास पत्रकारिताका सम्भावना र चुनौतीमाथि प्रस्तुति दिएका थिए। सूचना प्रविधिसँगै पत्रकारितामा आएको परिवर्तन र त्यसका सकारात्मक र नकारात्मक पक्षबारे बहस भएको कार्यक्रमका सहभागीले अनलाइनहरुको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका थिए। छलफलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछाने, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीबीसी नेपाली सेवाका भगिरथ योगी, अनलाइनखबर डटकमा सम्पादक अरुण बराल र
More

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ । विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्ने क्रममा नुवाकोट जिल्ला पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आइपुग्नुभएको छ । एक वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उहाँ कुवेत पुग्नुभएको थियो । आफूलाई नेपाल फर्काउन गरिएको पहलप्रति खुशी व्यक्त गर्दै तामाङले आज परराष्ट्र मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा भन्नुभयो – “मलाई नेपाल झिकाउन पहल गर्नुभएकामा धन्यवाद ।” उहाँले कुवेतमा आफूले भोगेका कष्टका कथा सुनाउनुभयो । विसं २०७३ असार २५ गते आफू त्यहाँ पुगेदेखि निरन्तर मालिकको कुटाइमा परेको र कुटाई सहन नसकेर
More

तेइसौँ ‘विश्व आदिवासी दिवस’ मनाइँदै

काठमाडौं । अगष्ट महिनाको ९ तारिख अर्थात् साउन २५ गते मनाइने २३औँ ‘विश्व आदिवासी दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको १०औँ वर्षगाँठ’ भन्ने नारासहित यो दिवस विश्वभर मनाइरहँदा नेपालका आदिवासी जनजातिले पनि सशक्त आन्दोलनको आधार निर्माणका रुपमा मनाउने जानकारी गराइएको छ । नेपाल आदिवासी जनजाति महासंघद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ‘अधिकार, प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित साउन १८ देखि ३० गतेसम्म मुलुकभर विभिन्न कार्यक्रम गरिने जानकारी गराइयो । संयुक्त राष्ट्रसंघद्वारा ठीक २३ वर्षअघि घोषणा गरिएको ‘विश्व आदिवासी
More

देवी ज्ञवालीका छोरालाई किन पक्राउ गरियो, एमालेको विरोध

भक्तपुर । नेकपा (एमाले)ले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकाका नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले तत्काल उहाँलाई रिहाइ गर्न माग गरेको एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताउनुभयो । माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रहेकी रेणु दाहाललाई दुई महिनाअघि सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेको विषयलाई लिएर चुनावको मुखमा निरवलाई पक्राउ गर्नु निर्वाचन नै प्रभावित पार्ने षड्यन्त्र भएको एमालेले ठहर गरेको छ । गत जेठ १४ गते राति (माओवादी केन्द्र)का प्रतिनिधिले
More

भरतपुर निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को पर्सी हुने मतदानका लागि तयारी सुरु भएको छ । उम्मेदवारहरुले आजदेखि नै प्रचारप्रसार गर्न नपाउने भएका छन् । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा हिजो अपराह्न भएको सर्वदलीय बैठकपछि मतदानको मिति तय गरिएको हो । मुख्य निर्वाचन अधिकृत न्यौपानेसहितको टोलीले निर्वाचन हुने वडा नम्बर १९ को वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गरेको थियो । मतदानको मिति तय हुँदै गर्दा उता राजनीतिक दलहरू रातारात चुनावी प्रचारप्रसारमा जुटेका छन् । पुनः मतदान गर्न सर्वोच्चले निर्णय गरेसँगै राजनीतिक दलहरूले आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्य थालेका छन् । भरतपुर महानगरमा २७ वटा वडाको
More