Daily Archives 3rd August 2017

‘ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान’

फ्रेंकफर्ट (जर्मनी)—एक दशकदेखि डिजिटल पत्रकारितामा सक्रिय कृष्ण ढुंगानालाई वेलायतमा स्थापना गरिएको सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार—२०१७ प्रदान गरिएको छ। जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा शुक्रबार अयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सो पुरस्कार ढुंगानालाई हस्तान्तरण गरेका छन्। पुरस्कारको राशि ५ सय डलर रहेको छ। अनलाइन पत्रकारिताका आयामबारे विश्वव्यापी रुपमै बहस भइरहेको भन्दै प्रमुख अतिथि लामिछानेले नेपालमा पनि यसको सान्दर्भिकता रहेको उल्लेख गरे। कुनै बेला बिहान ७ र बेलुका ७ बजे रेडियो नेपालको समाचारमा निर्भर पुस्ता अहिले तत्क्षण सूचित हुने अवस्थामा आइपुग्नुमा अनलाइन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले विश्वसनीय, आधिकारिक विषयमा अनलाइनहरु गम्भीर हुन आवश्यक रहेको अौंल्याए।
More

जिम्मेवारी हेरफेरपछि २ नम्बर प्रदेशमा माओवादीभित्र हलचल

काठमाडौं । २ नम्बर प्रदेशमा उम्मेदवार तोक्ने जिम्मेवारी तोक्ने र अन्य राजनीतिक दलसँग तालमेल गर्ने जिम्मेवारी पाएका नेतालाई नेकपा माओवादी केन्द्रले हटाएको छ । केन्द्रले मधेशका नेतालाई हटाएर पार्टी पदाधिकारीले उक्त जिम्मेवारी लिएका छन् । स्पष्टिकरण नसोधी जिम्मेवारीबाट हटाइएपछि २ नम्बर प्रदेशमा माओवादी केन्द्रभित्र खटपट मात्र सुरु भएको छैन, मधेशका नेताहरु आक्रोसित बनेका छन् । पार्टीले पहिले सिराह र सप्तरीमा उम्मेदवार तोक्ने र अन्य दलसँग तालमेल गर्ने जिम्मेवारी विश्वनाथ साहलाई दिएको थियो । धनुषामा मातृका यादव, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, रौतहट र बारामा प्रभु साह र पर्सामा उर्मिला अर्याललाई उक्त जिम्मेवारी दिइएको थियो । माओवादी केन्द्रले अहिले उनीहरुलाई हटाएर
More

मंसिरभित्रै संघ र प्रदेशको निर्वाचन गराउने योजनामा सरकार

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले जापानी अनुभवका आधारमा उद्धार कार्यमा स्थानीय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउनुभएको छ । नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग गृह मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा गृहमन्त्री शर्माले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जापानका बौद्ध धर्मावलम्बीको आगमन झनै सहज हुने बताउनुभयो । उहाँले आगामी मंसिर महिनाभित्रै संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने योजनामा सरकार रहेको स्पष्ट पार्नुभयो । सो अवसरमा राजदूत ओगावाले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण ढंले सम्पन्न गरेकामा गृहमन्त्री शर्मालाई बधाई दिँदै तेस्रो चरणको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुभकामना दिनुभयो ।
More

प्रदेश नं.२ को प्रादेशिक कार्यकर्ता भेलामा सहभागीहरु

नेपाली काँग्रेस केन्द्रीय समितिले जनकपुरमा बिहीबार आयोजना गरेको प्रदेश नं.२ को बृहत् प्रादेशिक कार्यकर्ता भेलामा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शंशाङ्क कोइराला लगायत । तस्बिरः रोशन सापकोटा
More

भरतपुर–१९ मा सुरक्षा व्यवस्था कडा

चितवन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिँंदैछ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिँदैछ । बुधबार साँझदेखि वडामा प्रवेश गर्ने सवारीसाधनलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिँंदैछ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली
More

शेयर बजारमा परिसुचक घट्यो, कारोबार बढ्यो

काठमाडौं । विहीबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । बजार घटेपनि समग्र कारोबार भने बढेको छ । विहीबार नेप्से परिसुचक २ दशमलव एक छ अंकले घटेर १ हजार ६ सय ६० दशमलव पाँच आठ अंकमा बन्द भएको छ । १ सय ६३ कम्पनीहरुले १ अर्ब १३ करोड ७७ लाख भन्दा माथिको २८ लाख ५१ हजार ४ सय ६९ कित्ता शेयर खरिद विक्री भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव दुइ चार अंकले घटेर ३ सय ४८ दशमलव दुइ दुइ अंकमा बन्द भएको छ । समुहगत परिसुचकमा बैंकिङ, फाइनान्स र अन्यबाहेक सबै
More

करणी आरोपमा वृद्ध पक्राउ

गोरखा । पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ । घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी गर्ने प्रयास गरेको पीडित बालिकाकी आमाको जाहेरीका आधारमा भण्डारीलाई पक्राउ गरी आज जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । यसैबीच प्रहरीले शहीद लखन गाउँपालिका–७ का प्रमोदकुमार श्रेष्ठका घरबाट रु ७५ हजार चोरी गर्न संलग्न रहेको आरोपमा सोही गाउँका २५ वर्षीय अरुण भण्डारी र १८ वर्षीय रवीन गुरुङलाई आज पक्राउ गरेको छ ।
More

सिलवालको मुद्दा हेर्दाहेर्दैमा, साउन २६ मा सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका लागि तोकिएको छ । निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गर्नुभएको थियो भने सरकारको तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नायव महान्याधिवक्ता दुर्गाबन्दु पोखरेल, किरण पौडेल, सहन्यायाधिवक्ता संजीवराज रेग्मी, लोकराज पराजुली र रेवतीराज त्रिपाठीले बहस गर्नुभएको
More

एनआरएन अमेरीका क्षेत्रिय संयोजक लामा वेलायतमा

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा बेलायत आइपुगेका छन् । संघको यूरोप क्षेत्रिय बैठक सके लगत्तै लामा वेलायत आएका हुन् । लामाको सम्मानमा गैरआवासीय नेपाली संघ यूकेले विहीवार साँझ एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो । गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा भएको कार्यक्रममा आईसीसी सदस्य नवीन शेरचनको समेत उपस्थिती थियो । गोरखा प्यालेस रेष्टुरेन्ट फानवोरोमा आयोजित कार्यक्रममा लामालाई एनआरएन युकेको अध्यक्ष मुछेत्र गुरुड्गले खादा लगाएर सम्मान गरे । कार्यक्रममा बोल्दै संयोजक लामाले एनआरएन अभियान बारे आफ्नो अनुभव सुनाउँदै अभियानकै कारणले देशमा धेरै सकरात्मक कामको थालनी भएको वताए । उनले एनआरएनमा संगठनात्मक सुधार हुनु पर्नेमा जोड दिए
More

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो, यात्रु र सवारीसाधन अलपत्र

चितवन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सो ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा१५च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए । बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ । पहिरो खसेको देखेपछि चालकले
More

‘नेपालमा वाइन कल्चर सुरु भएको छैन’

सोमबार रुडेसेयम पुग्दा उनी काममा व्यस्त थिइन् । मध्य फ्याङफर्डदेखि झन्डै ६० किलोमिटरको दुरीमा रहेको पर्यटन स्थल रुडेसेयममा भेटिएकी जिना मास्के दिनहुँ हजारौं पर्यटकसँग साक्षतत्कार गर्छिन् । काठमाडौंको न्युरोडमा जन्मिएकी मास्के गीत संगीतमा रुचि राख्छिन । तर, उनी भविष्यमा वाइन व्यवसायी बन्न चाहन्छिन् । उनले नेपाल र बेलायतबाट होटल व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेकी छन् । फुर्सदको समय परिवार र गीत संगीतमै दिन बिताउँछिन् । भविष्यमा नेपालमा वाइन कल्चरको विकास गर्ने उद्देश्यका साथ गाइनह्याम यूर्निभरसिटीमा वाइन व्यवसायमा स्नातक गर्दै गरेकी मास्केसँग नेपाल ब्रिटेन डट कमले गरेको कुराकानी– ० कसरी रुडेसेयममा जागिर खान कसरी आइपुग्नु भयो ? – अहिले गाइजेन्हाइम यूर्निभरसिटीबाट
More

प्रदेश नं २ काँग्रेसको भोट बैंक : महामन्त्री कोइराला

गौशाला । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ । जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको चर्चा गर्नुभएको हो । महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण काँग्रेस पछि परेको आरोप लगाउनुभयो । उहाँले सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग काँग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण
More

जिम्मेवार व्यावसायिक सम्मेलन

काठमाडौँमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय व्यावसायिक पहलको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर: रोशन सापकोटा
More

साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न

नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा विहीवार काठमाडौँमा एक समारोहबीच सम्पन्न भयो । उक्त साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा सङ्ग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन भएको थियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न सक्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो । नेपाल च्याप्टरका अध्यक्ष इल्या भट्टराईले संस्थाले गरेका क्रियाकलाप तथा गतिविधिबारे प्रकाश पार्नु भयो । त्यस्तै कृतिमाथि समिक्षा गर्दै समालोचक महेश पौड्यालले नियात्रा कृति उत्कृष्ट रहेको भन्दै नारी नियात्राकार अत्यन्त न्यून रहेको अवस्थामा यस्तो सबल पुस्तक नारी हस्ताक्षरबाट आएकोमा प्रशंसा गर्नुभयो ।
More

विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

काठमाडौं । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका छन् । नेपाल ललित कला मञ्चको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा स्थलगत भ्रमण गरेर नेपाली कलाकारसँग समन्वय गरी उनीहरुले बनाउने चित्रलाई बनारसमा प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपाल लुम्बिनी विश्वशान्ति मञ्च र बिपी कोइराला नेपाल भारत फाउण्डेशनलगायत संस्थाको सहयोग रहेको छ । बुधबार सुरु भई यही साउन २२ गतेसम्म जारी रहने कार्यशालामा नारायणहिटी संग्रहालय, चाँगुनारायण, पाइलट बाबा आश्रमलगायतका स्थानमा भ्रमण गराइने कार्यक्रमका संयोजक दीपेन्द्र बनेपालीले जानकारी दिनुभयो । नेपाली १० कलाकारको समूह
More

भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र

चितवन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले प्रभावित हुनसक्ने भएकाले मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर कर्मचारीले आवश्यक तयारी गरिरहेको घिमिरेले जानकारी दिनुभयो । निर्वाचनका लागि बुधबारदेखि नै यहाँ मौनअवधी शुरु भएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आज हरेक मतदान स्थलमा मतपत्र पु¥याइने छ । भरतपुर–१९
More

योजना आयोगको उपाध्यक्षमा डा वाग्ले नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो । बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा हुनुभएको छ । बढुवा हुुनुभएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई हुनुहुन्छ । बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक
More

बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

बेइजिङ । प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ । मन्त्रालयले गर्मी बिदाका बेला बालबालिकालाई यस्तै खेलहरूमा भुलाउने गरेकाले त्यस्तो नगरी अन्य विकल्प अपनाउन पनि आग्रह गरेको छ । अनावश्यक तथा खराब अनलाइनबाट समेत बालबालिकलाई टाढा राख्न मन्त्रालयले सुझाव दिएको छ । बालबालिकालाई बिदाको बेलामा थप शुल्क लिएर थप कक्षा सञ्चालन गर्ने कार्य पनि ठिक नभएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । बिदा वा फुर्सदको बेलामा बालबालिकालाई सामाजिक गतिविधिहरू, कृषिजन्य कार्य, स्वयमसेवी काम आदिमा लगाउनु उपयुक्त हुने मन्त्रालयको भनाई छ ।
More