Daily Archives 4th August 2017

परिणाम मान्न तयार छु, चुनाब लड्न पाउँ – गौरी जोशी

लन्डन ! एनआरएन अमेरिकाको अध्यक्षय पदका प्रत्यासी गौरी जोशीले आफुले चुनाब लड्न पाउनु पर्ने बताएका छन् ! जोशीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ! बिज्ञप्तिको पूर्णपाठ एनआरएन अमेरिकाको आसन्न निर्वाचनका बारे तपाईंहरु जानकार नै हुनुहुन्छ । म यो निर्वाचन मार्फत एनआरएन अमेरिकालाई सबैले अपनत्वबोध गर्न सक्ने,अमेरिकामै रहेका नेपालीहरुको हितका पक्षमा ठोस काम गर्ने प्रतिवद्धता र हाम्रो एनआरएन,साझा एनआरएन बनाउने एजेन्डासहित नेतृत्वको प्रतिष्पर्धाका लागि मैदानमा आएको पुन: स्मरण गराउन चाहन्छु । मेरो उम्मेद्वारीका प्रति यहाँहरुले देखाउनु भएको शुभेच्छा र सद्भावलाई म उच्च सम्मान गर्दछु । म कर्ममा विश्वास गर्ने एक सामान्य नेपालीको छोरा हुँ । अमेरिकामा विद्यार्थीको
More

अनशन तोड्न डा केसीलाई उच्चस्तरीय बैठकको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुसहितको बैठकले संसद्मा छलफलका क्रममा रहेको विधेयकलाई छिट्टै किनारा लगाई माथेमा आयोगको भावना समेटी पास गरिने भएकाले प्रा डा केसीलाई अनशन तोड्न अनुरोध गर्ने निर्णय गरेको हो । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि आमरण अनशन शुरु गर्नुभएको छ । शिक्षा मन्त्रालयले डा केसीलाई अनशन तोडी वार्तामा आउन पटकपटक आग्रह गर्दै आएको छ ।
More

छलफल

प्रम शेरबहादुर देउवा, पूर्वप्रम केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड लगायत उपप्रम तथा मन्त्री अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न छलफल गर्दै । तस्बिर : रोशन सापकोटा
More

डा भट्टराईको शल्यक्रिया

भक्तपुर । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ । गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आज अपराह्न भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । डा बर्माले भन्नुभयो, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।” अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उहाँलाई घर पठाइने अस्पतालले जनाएको छ ।
More

गीतकार मनकुमारको ‘मनको सागर’

काठमाडौं । गीत तथा गजलकार मनकुमार लिम्बू ‘पारघारी’ एकल गीति एल्बम ‘मनको सागर’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । मनकुमारको उक्त एल्बमलाई राजधानीमा कार्यक्रमबिच सार्वजनिक गरिएको हो । तेह्र्रथुमको छथरमा जन्मिएका गीतकार मनकुमारले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेपछि भने, ‘सानैदेखिको मेरो एउटा रहर र इच्छा पूरा भएको महसुश भएको छ ।’ उनले स्कुल पढ्दैदेखि गीत तथा गजलहरु लेख्ने गरेको सुनाए । उनले भने, ‘मेरो गीति तथा गजल सिर्जनाहरु विभिन्न पत्रपित्रका तथा सञ्चार माध्यमबाट प्रकाशन एवं प्रसारण भइसकेको छ । तर, एल्बमका रुपमा ‘मनको सागर’ यहाँहरुमाझ प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छु ।’ बुद्धिसागर खजुम निर्माता रहेको मनकुमारको एल्बम ‘मनको
More

बेल्वा तराई—मधेशमा पहिलो बालमैत्री वडा

पर्सा । प्रदेश नम्बर २ अन्तर्गत पर्सा जिल्लाको तत्कालीन बेल्वा गाविस तराई मधेशकै पहिलो बालमैत्री स्थानीय तह हुने भएको छ । सो गाविसलाई बालमैत्री घोषणाको कार्य अन्तिम चरणमा पुगेको छ । तर स्थानीय तहको नर्बाचनका कारण घेषणाको मिति पछि धकेलिएको छ । प्रदेश नम्बर दुई अन्तर्गत पर्ने पर्सा जिल्लामा आगामी अशोज २ गते स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ । ‘बालमैत्री स्थानीय शासन सम्बन्धी प्रायः सबै सूचक पुरा भएको अवस्था छ ।’ जिल्ला समन्वय समिति पर्साका बालमैत्री स्थानीय शासन फोकल पर्सन शम्भू कुशवाहका अनुसार घोषणाका लागि भदौ २९ को समयसीमा तोकिए पनि पौषसम्ममा बालमैत्री घोषणा गरिने छ । तत्कालीन बेल्वा
More

रसिया–अमेरिका सम्बन्ध खतरनाक मोडमा

मस्को । रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका–रसिया सम्बन्ध निकै सङ्कटोन्मुख अवस्थामा पुगेको शुक्रबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै ट्वीट गर्दै अमेरिका–रसिया सम्बन्धमा समस्या आएको जनाउनुभएको थियो । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताउनुभएको थियो । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भन्नुभयो, “हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको कुरा वास्तविक देखिन पुगेको छ ।” दुवै मुलुक र जनताबीच पारस्पारिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो । संयुक्त राज्य अमेरिकामा
More

आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको ठहर

काठमाडौं । सार्वजनिक लेखा समितिले आयल निगमको जग्गा खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको ठहर गर्दै छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकले जग्गा खरिद प्रक्रियामा अपनाइएका विधि, प्रक्रिया र मूल्यको सम्बन्धमा गम्भीर समस्या देखिएको ठहर गर्दै विस्तृत छानविनका लागि निर्देशन दिएको हो । बैठकले जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइएमा खरिद प्रक्रियामा संलग्न सबै जिम्मेवार पक्षलाई आवश्यक कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चिठी लेखि पठाउने निर्णय गरेको हो । पछिल्लो समय निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन मुलुकका ७ प्रदेशमा जग्गा खरिद गर्ने क्रममा हालसम्म झापा, भैरहवा, चितवन, सर्लाहीमा खरिद गरेको जग्गामा
More

भरतपुर–१९ मा पहिलेभन्दा २६ मत कम खस्यो

चितवन । भरतपुर–१९ मा पुन मतदान सम्पन्न भएको छ । मध्यान्न १२ बजेसम्ममा नै ५० प्रतिशत मत खसेको उक्त वडामा झन्डै ३ बजेसम्म मतदान सम्पन्न भइसकेको थियो । यद्यपि साँझ ५ बजेसम्म पर्खनु पर्ने बाध्यता थियो । ५ बजेपछि तीनवटै बुथका निर्वाचन अधिकृतले मतदान सम्पन्न भएको औपचारिक जानकारी सञ्चारकर्मीलाई दिएका थिए । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । आज भएको पुन मतदानमा २ हजार ८ सय ७१ मत खस्यो । यो मत पहिलाको भन्दा २६ मत कम हो ।
More

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

काठमाडौं । आवश्यक गणपूरक संख्या नपुगेपछि व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा बैठकमा नेमकिपाका डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाउनुभएको थियो । काफ्लेको नियमापत्तिपछि सभामुख ओनसरी घर्तीले गणपूरक संख्या यकिन गर्नका लागि तीन मिनेट जनाउ घण्टी बजाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । सो अवधिमा संख्या गणना गर्दा ९७ सदस्यको मात्रै उपस्थिति देखिएपछि बैठक स्थगन गरिएको हो । नेपालको संविधान धारा ९४ अनुसार संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कायम संख्याको कम्तीमा एक चौथाइ
More