Daily Archives 5th August 2017

महिला तीज कार्यक्रममा नाच्दै

सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु किवाचोमा शनिबार किवाचोक युवा क्लबले आयोजना गरेको तीज कार्यक्रममा नाच्दै महिला । तस्विर : रमेश गिरी
More

रोनाल्डो ‘इङ्ल्याड फिर्ता हुन चाहन्छन्’

म्याड्रिड । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताउनुभएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ । रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उहाँमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ । रोनाल्डोले बेलायती भर्जिज आइलेण्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि
More

जापान कांग्रेस सभापति माथि कुटपिट विवाद मिल्यो (खण्डन सहित)

लण्डन । जापानस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल माथि शुक्रवार भएको कुटपिटको विवाद मिलेको छ । शनिवार साँझ कँडेल पक्ष र टासी लामा समूहको टोकियोमा सम्पन्न बैठकमा लामाले कँडेल समक्ष माफी मागे पछि विवाद अन्त्य भएकोे हो । बैठकले यसअघि नेपालब्रिटेन डट कममा प्रकाशित समाचारको खण्डन गर्दै घट्नालाई छोपछाप पार्ने प्रयास समेत गरेको छ । बैठक पछि जनसम्पर्क समितिका सभापति कँडेलले एक विज्ञप्ति मार्फत घट्नालाई अतिरन्जित गरिएको जनाएका छन् । बिज्ञप्तिमा ‘उपरोक्त सम्बन्धमा आज मिति २०१७/८/५ तारिक शनिवारको दीन जनसम्पर्क समिति जापानको सभापति डिपी कँडेल माथी टोकीयो मा आक्रमण भन्ने समचारमा यस जनसम्पर्क समिति जापानको महामण्त्री राम कार्की नाम
More

प्रा. सुवेदीद्वारा डा. गोविन्द केसीप्रति ऐक्यबद्धता

ग्लोबल पोलिसी फोरम नेपालका अध्यक्ष तथा ब्रिटेनस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले डा. गोविन्द केसीका मागहरु तत्काल पुरा गर्न नेपाल सरकारलाई आह्वान गरेका छन्। शनिबार एक विज्ञप्ती जारी गर्दै प्रा. सुवेदीले डा. केसीले जारी राखेको अभियान नेपाल र नेपालीको सर्वोत्तम हितमा भएको बताए। “उहाँले नेपालमा उच्च शिक्षाको व्यवस्थापन र प्रशासनलाई राजनीतिमुक्त बनाउन खोज्नुभएको छ,” उनले भने। “उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा नेपालमा उच्चशिक्षाको गुणस्तर नराम्रोसंग प्रभावित भएको छ। नेपालको आर्थिक विकासकालागि गुणस्तरीय शिक्षा एक पूर्व शर्त हो। त्यसैले डा. केसीका मागहरुलाई संबोधन गरेर नेपालमा उच्च शिक्षाको भविष्यकाबारे एउटा वृहत् पुनरावलोकन गर्न आवश्यक भैसकेको छ,” प्रा. सुवेदीले आफ्नो
More

यसरी समायो प्रहरीले पाँच वर्षे बालकको अपहरणकारीलाई

काठमाडौं । पाँच वर्षीय बालक बिशाल चौधरीको अपहरण गर्ने दुई अपराधिलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीमा साउन बाह्र गते बालकको अपहरण गरेर फरार भएका दुई अपराधिलाई साउन बीस गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दुवै रामेछाप मन्थलीका २६ वर्षीय राजु विश्वकर्मा र विष्णु पाण्डे रहेका छन । अपहरण कार्यमा संलग्न मुख्य योजनाकार राजु विश्वकर्मालाई उदयपुर गाईघाटबाट र विष्णु पाण्डेलाई रामेछाप, मन्थलिबाट जिल्लास्थित प्रहरीको सहयोगमा महानगरिय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको हो । अपहरणमा संलग्न मुख्य योजनाकार बालकका बाबु बिजय चौधरीको साथि राजु विश्वकर्मा रहेका छन । अपहरणकारी राजु विश्वकर्माले विगत एक महिनादेखि अर्का अपहरणकारी विष्णु पाण्डेसंगको मिलेमतोमा
More

डाक्टर गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीस कार्कीसमेत सहभागी

काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा राजधानीमा शनिवार वृहत प्रर्दशन भएको छ । पटक पटक अनसन बस्दा पनि डाक्टर केसीले उठाएका माग पूरा नभएकोमा विभिन्न पेशा र क्षेत्रका व्यक्ति काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । ‘आइ एम विथ डाक्टर केसी’ अभियान चलाइरहेका उनीहरुले शंख बजाई प्रर्दशन गरेका थिए । प्रदर्शनमा पूर्व प्रधानन्यायाधीस सुशीला कार्की समेत सहभागि भएकी थिइन । माइतीघरबाट सुरु गरिएको प्रर्दशन बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागीले ११ औं पटकको अनसन १३ औं दिन सम्म जारी रहँदा समेत सरकार र सरोकारवाला निकायले केसीका माग सम्वोधनमा चासो नदिएको
More

तेह्रथुम समाज यूके द्धारा क्यान्सर पिडितलाई २ लाख सहयोग

केन्ट, बेलायत । गत २८ जुलाई २०१७ को दिन याक्थुङ् चुम्लुङ् हिम, धरानमा तेह्रथुम समाज यूकेका प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ्को माताहतमा तेह्रथुम समाज यूकेको सम्योजनमा सङ्कलन भएको करिब २ लाख रुपैया क्यान्सर पिडितलाइ दिला इङ्नाम कन्दङ्वालाई हस्तान्तरण गरेको हो । तेह्रथुम समाज यूकेका कोषाध्यक्ष र सह–कोषाध्यक्ष क्रमशः जमिन थाम्देन र जय मादेम्बालाई यस कार्यको लागी विषेश जिम्मा दिईएको र समाजका अध्यक्ष सुर्य खापुङ्गले सम्पुर्ण कार्यको भुमिका निर्वाह गर्नु भएको थियो । सोहि अनुरुप समस्त बेलायतवासी तेह्रथुमे र अन्य जिलवासीहरु गरेर ९० जनाको सहयोगले क्यान्सर पिडित दिलाको लागी १४६० (चौध सय साठी पाउण्ड) रकम सङ्कलन भएको थियो । उक्त रकमलाई याक्थुङ्
More

साहित्य महासङ्घले बोल्यो दार्जिलिङ्ग राज्यको पक्षमा

गत २८ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको नियमित बैठकले नेपाली भाषी भारतीय नागरिकहरुको भारत अन्तर्गतको छुटटै राज्यको आन्दोलनमा ऐक्यबद्धता जारी गरेको छ । पहाडकी रानीको रुपमा विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र दार्जिलिङ्लाई उपेक्षा र पीडाको कारण छुट्टै दार्जिलिङ्ग राज्य वा गोर्खाल्याड राज्य हुन वान्छानीय भएको जनाएको छ । सन १९०७ मा पहिलो पटक माग गरिएको छुटटै राज्यको आन्दोलन सन् १९८६ मा लगभग १२ सय आन्दोलनकारीहरु मारिएका थिए भने यस बर्ष जुलाई ५ बाट चर्किएको आन्दोलनमा ९ जनाले शहादत प्राप्त गरिसकेका छन् र आन्दोलनकोक्रममा मानव अधिकारको समेत गम्भिर हनन भएको जनाएको छ । नेपाली साहित्यको महासङ्घ
More

प्रहरी कार्यालय अगाडि सडकको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका चार बालिकाको मृत्यु

रौतहट । रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । खेतमा घाँस काटेर घर फर्कनेक्रममा गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयअगाडि सडकछेउको खाल्डोमा जमेको पानीमा डुबेर सोही नगरपालिकाकी १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता साह, ९ वर्षीया सुनैना साह र ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गरुडाकाअनुसार मृत्यु भएका चारैजना एकाघरका हुन् । उनीहरु तीन दाजुभाइका छोरी भएको जनाइएको छ । प्रहरी कार्यालयनजिकै भएको घटनामासमेत प्रहरीले उद्धार गर्न ढिलाइ गरेको स्थानीयले आरोप लगाएका छन । सडक निर्माण कम्पनीले खनेर छाडेको खाल्डोमा पानी जमेको र त्यही खाल्डोमा बालिकाहरु परेको जनाइएको छ ।
More

बालुवा झिक्नेको भीड

नुवाकोटको बेलकोटगढी नपा–७ महादेवफाँटस्थित त्रिशूली नदीबाट शनिबार बालुवा निकाल्दै मजदुरहरु । तस्बिर : नवदीप श्रेष्ठ
More