Daily Archives 6th August 2017

नवनिर्वाचित प्रमुख र उपप्रमुखको शपथ ग्रहण

भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई आइतबार जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराउनुहुँदै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने । तस्बिरः नारायण अधिकारी
More

राजपा निर्वाचनमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ । यहाँ आज आयोजित पत्रकारसम्मेलनमा पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधनको विषय प्रतिपक्ष दललाई विश्वासमा लिएर अनुमोदन गराउने काम सरकारको भएको भए पनि त्यसतर्फ सरकार संवेदनशील नभएको बताउनुभयो । उहाँले राजनीतिक निर्णयबाट स्थानीय तहमा सङ्ख्या थप्नुपर्नेमा जोड दिँदै विगतमा मधेशमा भएका विभिन्न आन्दोलनमा मारिएकालाई शहीद, घाइतेलाई औषधि उपचारलगायत पार्टीका माग मन्त्रिपरिषद्बाट पूरा गर्न आग्रह गर्नुभयो । यसैबीच, सो पार्टीले आगामी असोज २ गते हुने चुनावमा भाग लिने वा नलिने विषयमा आधिकारिक निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक आज सुरु भएको
More

शर्माको सुनुवाइ हेर्दाहेर्दैमा बुधबार सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि तोकेको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि बुधबार (२५ गते) का लागि राखिएको हो । सो निवेदनमाथि आयोगका तर्फबाट अधिवक्ताहरु परशुराम कोइराला र चेतनाथ घिमिरे, निवेदकका तर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गर्नुभएको थियो । गत बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गर्नुभएको थियो । शर्मालाई विशेष अदालतले
More

पशुपतिशमशेर राणाको नयाँ राप्रपा निर्वाचन आयोग र संसदमा दर्ता

काठमाडौं । गत मंसिर ६ गते एक भएको राप्रपा आइतबार विभाजन भएको छ । ४० प्रतिशतभन्दा बढी सांसदसहित संसदमा र ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा दल दर्ता भएको केन्द्रीय सदस्य सगुन लावतीले जानकारी दिए । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एकीकरण भई ३७ सिट सहितको राप्रपा गठन भएको थियो । त्यति वेला राप्रपासँग १२ र राप्रपा नेपालसँग २५ सांसद थिए । यतिबेला २२ सांसद लिएर राणाको टोली बाहिरिएको छ । कमल थापासँग अब १५ सांसद छन् । संविधानसभा निर्वाचनपछि चौथो ठूलो पार्टी रहेको कमल थापा नेतृत्वको राप्रपा नेपाल अब सातौं ठूलो पार्टी बनेको
More

निर्वाचनमा भाग लिने नलिनेबारे राजपाले आज निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रिय समितिको बैठक आजवाट काठमाडौंमा हुँदैछ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागि हुने या नहुने विषयमा औपचारिक निर्णय लिनका लागि केन्द्रिय समितिको बैठक बस्न लागेको हो । चार दिन लामो पदाधिकारी बैठकले चुनावमा सहभागि हुने या आन्दोलनमा जाने निर्णय गर्न नसकेपछि यो विषय केन्द्रिय समितिमा छलफल हुन लागेको हो । केन्द्रीय पदाधिकारीको बैठकमा चुनावमा जाने कि नजाने विषयमा मत बाझिएपछि त्यसको अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई दिएको छ । राजपाका नेताहरुले चुनावका बारेमा पदाधिकारीहरुले राखेका कुरा केन्द्रीय समितिमा प्रस्तुत गरिने र छलफल गरी आवश्यक निर्णय लिइने बताएका छन् । केन्द्रीय कार्यसमतिको बैठकमा
More

नेपाल पर्वतारोहण संघको अध्यक्षमा सन्तवीर लामा

काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनको मतगणनाको परिणाम आज बिहान सार्वजनिक भएको हो । लामा निर्वाचनमा तीन सय ८३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गरेका छन । संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्षमा माया शेर्पा र महासचिवमा कुलबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा टीकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने विजयी भएका छन् । सदस्यहरुमा प्राध्यापक डाक्टर हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी
More

भरतपुरका दुई वडाध्यक्षको शपथ रोक

चितवन । भरतपुर महानगरपालिका– ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आज अपराह्न शपथ गराइने भएको छ । गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई आज अपराह्न ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताउनुभयो । निर्वाचित १४७ जनामध्ये आज १४५ जनाले शपथ लिनुहुने छ । । दुई वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । त्यसपछि जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही
More

लेक लागेर वडाध्यक्षको मृत्यु

भीमदत्तनगर । बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८:३० बजे बाटामा मृत्यु भएको बताउनुभयो । बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ । गत असार १४ स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बोहरा तरुण दल अछामका उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।
More

महिलाको पक्षमा काम गर्ने नवनिर्वाचित प्रमुख उपप्रमुखको प्रतिबद्धता

रत्ननगर । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताउनुभएको छ । उहाँले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिनुभएको छ । पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उहाँको भनाइ थियो । गएराति करिव १०:३० बजे विजयी हुनुभएका उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा व्यवस्थित शहरका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले विगतमा गरेको प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्ने बताउनुभयो । “देशकै केन्द्रभागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु, दाहालले भन्नुभयो, “पहिलो, दोस्रो र तेस्रो
More

राजविराजमा बम विस्फोट, प्रहरी भ्यानमा क्षति, चार प्रहरी घाइते

राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको जिल्ला
More