Daily Archives 7th August 2017

गुल्मेली भेला सम्पन्न (फोटो फिचर)

लन्डन– गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम बेलायत अल्डरसटको कनट स्कुल परिसरमा भब्यरुपमा सम्पन्न भएको छ । संस्था स्थापनाको दसौं वार्षिकोत्सव मनाउँदै गरेको बेलायतका गुल्मेलीहरुको यसपालीको भेटघाटमा हजार भन्दा बढी मान्छे एक ठाउँमा भेला पारेको थियो । बेलायतको उक्त गुल्मेली भेलामा टिपिकल सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनले नेपाली गाउँ घरकै मेलाको झल्को दिएको सहभागीहरुले बताए । पूर्व कानुनमन्त्री हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे विशेष अतिथि थिए । कार्यक्रममा एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूके उपाध्यक्ष शान्ति थापा, पर्यटन बोर्ड यूकेका मानार्थ दूत पशुपति भण्डारी,
More

प्रतिनिधिसभाको निर्वाचन भदौ १ भित्रै घोषणा गर्न माग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोलीले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेर उहाँलाई सो सुझाव दिनुभएको हो । भेटमा उहाँहरुबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको डा यादवले जानकारी दिनुभयो । निर्वाचनका लागि अति आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका विषयमा पनि आयोगको टोलीले प्रधानमन्त्रीसँग विस्तृत छलफल गर्नुभएको थियो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउने सन्दर्भमा विद्युतीय मतपत्रको प्रयोग र आवश्यकता सम्बन्धमा आयोगका तर्फबाट प्रधानमन्त्रीलाई अवगत गराएको प्रमुख निर्वाचन आयुक्त डा
More

राप्रपा (प्रजातान्त्रिक) थापाको संयोजकत्वमा प्रचार समिति

काठमाडौं । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपाका सबै धार र अन्य प्रजातान्त्रिक शक्तिलाई एकीकृत गरी एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका अभियान शुरु गरिएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले मधेशका जनताको भावनालाई समेटेर त्यहाँको समस्या वैज्ञानिक ढंगबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै महिला, आदिवासी, जनजाति, थारु मुसलमान र कर्णालीलगायत पिछडिएका क्षेत्रका समस्या समाधान गर्न पार्टी गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्रपाबाट आइतबार विभाजित भई गठन गरिएको सो पार्टीले नेता सुनिल थापाको संयोजकत्वमा प्रचार समिति पनि गठन गरेको छ । उक्त समितिमा राजाराम श्रेष्ठ, किरण गिरी, मीना सुवेदी, राजेन्द्र गुरुङ र
More

प्रमको भारत भ्रमण भदौ ७ देखि, के–के छ कार्यक्रम ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री महराका
More

‘एनआरएन जापानको नेतृत्वमा लामा र थापाको भिडन्त’

टोकियो। निर्वाचन समितिले एनआरएन जापानको आगामी कार्यकालको नेतृत्व लगायत बिभिन्न पदहरुमा दाबी गर्ने उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । जसअनुसार अध्यक्षमा तासी लामा र अनुज थापाको उम्मेदवारी परेको छ । लामा मौजुदा कार्यसमितिको उपाध्यक्ष हुन् भने थापा महसाचिव हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष देवीलाल भण्डारीको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्ष एकका लागि सबिता श्रेष्ठ र अनिता गुरुङको उम्मेदवारी परेको छ । यसैगरी २ जना उपाध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा शिवप्रसाद पौडेल, जीवन न्यौपाने, सरोज खत्री, द्रोणप्रसाद सिलवाल र छत्रबहादुर दाहाल छन् । यसैगरी महासचिवमा बुद्धिराज घिमिरे र बिशेश्वरप्रसाद रेग्मीको उम्मेदवारी परेको
More

एनआरएन जापानामा ५ आइसीसी सदस्य निर्विरोध

लण्डन । एनआरएनए जापानको आगामि कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष लगायत ५ आइसीसी सदस्य निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुनेमा बरिष्ठ उपाध्यक्ष देविलाल भन्डारी, सह कोषाध्यक्षमा राम थापा छन । यस्तै आईसिसि सदस्यहरुमा कपिलदेव थापा, टंक गैरे , दिनेश गुरुंग , केसर गिरि र डिलाराम खरेल निर्विरोध निर्वाचत भए ।
More

एनआरएन युकेमा पहिरो, नर्दन आयरल्यान्डमा सामूहिक सदस्यता परित्याग

एनआरएन युकेको कार्यशैली र असमावेशी गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नर्दन आयरल्याण्डका सबै सदस्यले साधारण सदस्यता परित्याग गरेका छन् । २८ जना सदस्यहरूले सामूहिक रूपमा विज्ञप्ति जारी गर्दै सदस्यता त्याग गर्ने घोषणा गरेका हुन् । विज्ञप्तिमा एनआरएन एनसीसी सिंगो बेलायतको भए पनि यसका गतिविधि लण्डनकेन्द्रित भएको र लण्डन वरपरभन्दा बाहिर जान नसकेकोप्रति मुख्य असन्तुष्टि जनाइएको छ । बारम्बार सबैलाई समेटेर अघि जान आग्रह गरिए पनि सुनुवाइ नभएकाले आफूहरू सदस्य रहिरहनुको कुनै औचित्य नरहेको उनीहरूले बताएका छन् । गत अधिवेशनले एनआरएन युकेलाई काउंसिलको अवधारणामा लैजाने गरी विधान संशोधन गरे पनि लण्डनबाहिर उल्लेख्य रूपले एनआरएन गतिविधि विस्तार गर्न सकिएको छैन । विज्ञप्तिको
More

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक (भोलि) मंगलबार बस्ने भएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा वर्तमान मुलुकको समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने पौडेलले बताउनुभयो । बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रीय कार्यसमितिका सदस्यलाई आमन्त्रण गरिएको छ ।
More

स्थलगत अनुगमन

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुहुँदै । साथमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत । तस्बिर : रमेश लम्साल
More

पत्रकार आचार्यले कमजोरी स्वीकार गर्नुपर्ने महासंघको ठहर

काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्ना केन्द्रीय सदस्य तथा इमेज च्यानल टेलिभिजनका वरिष्ठ उपसम्पादक सुरज आचार्यले समाचारका विषयमा आर्थिक मोलाहिजा गरेको सम्बन्धमा कमजोरी स्वीकार गर्र्नुपर्ने निष्कर्ष निकालेको छ । पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालकसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भिडियो लिंकसहित एक अनलाइनमा प्रकाशित समाचारपछि महासंघले महासचिव उजीर मगरको संयोजकत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा सो ठहर गरेको हो । “आचार्य निकट व्यक्ति, इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एवं जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैरव्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको तर घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिन्छ ।” प्रतिवेदनमा भनिएको
More