Daily Archives 11th August 2017

लण्डनमा तीजको विशेष पूजा तथा नाचगान हुँदै

पश्चिम लण्डनको साउथहलमा भव्य रूपमा सामूहिक तीज पूजा कार्यक्रम आयोजन गरिने भएको छ । बेलायतस्थित नेपाली पण्डितहरू सम्मिलित संस्था पशुपति केन्द्र नेपालले संयोजन गर्ने उक्त कार्यक्रममा बेलायतस्थित प्रायः सबै पण्डितहरूले सामूहिक रूपमा तीज पूजा गराउने कार्यक्रम छ । कार्यक्रममा पूजा र सांस्कृतिक नाचगानलाई सँगै लगिने संयोजक चिरन्जीवी ढकालले बताउनुभयो । साउथहलको लेडी मार्गरेट रोडस्थित विश्व हिन्दू मन्दिरमा आयोजना हुने उक्त पूजा कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरिएको सहसंयोजक गोविन्द नेपालले बताउनुभयो । आयोजक पशुपति केन्द्रमा लण्डनको पश्चिमी बेल्टमा बसोबास गर्ने सबै पण्डितहरू संलग्न रहेको र केन्द्रले निकट भविष्यमैं नेपाली मन्दिर स्थापना गर्ने लक्ष्य बोकेको बताउँदै केन्द्रका महासचिब दुर्गा पोखरेलले यसमा
More

संशोधन विधेयक पारित गराउने कसरत सुरु

काठमाडौं । सरकारले संविधान संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजाने भएको छ । तर, सत्तारुढ दलहरुसँग संशोधन पारित गर्नका लागि दुई तिहाइ मत छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाबिना संशोधन विधेयक पारित गर्न सत्तारुढ दलहरुलाई ‘फलामको च्यूरा चपाउनु’सरह हुने निश्चित छ । संविधान संशोधन विधेयक पारित हुने दाबी सत्तारुढ दलका नेताहरुले गरेका छन् । विधेयकलाई मतदान प्रक्रिया लैजान सरकार र राजपाका नेताहरुबीच सहमति बनेपछि सकेसम्म दुई तिहाइ बहुमतबाट पारित गर्ने गृहकार्यको पनि थालनी भएको बताइन्छ । प्रमुख प्रतिपक्ष दल एमालेकै विश्वासमा संशोधनको प्रक्रिया अघि बढाउने र एमालेले साथ नदिएपनि दुई तिहाइ पु-याउने गृहकार्यमा सरकार लागिपर्ने वाणिज्यमन्त्री मीन विश्वकर्माले
More

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण

काठमाडौं । सरकारले काठमाडौँ–तराई-मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ । सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो । नेपाली सेनाका तर्फबाट इन्जिनीयरिङ विभाग तथा आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँण र सडक विभाग मातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई आयोजना हस्तान्तरण भएको घोषणा आज गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निकै महत्वाकांक्षी आयोजनाका रुपमा रहेको द्रुतमार्ग आगामी चार वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ । आयोजनाको प्रारम्भिक लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ ।
More

उद्धार टोली

पाँचथरको फालेलुङ गाउँपालिका-२ र ३मा शुक्रबार आएको पहिरो गएपछि उद्धारमा खटिएको भैरवी दल गण ओदिन ब्यारेकको टोली । पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने ४ वटा घर बगाएको छ । तस्बिर : जित बहादुर भण्डारी,
More

सकियो १५औं विदेश मन्त्रिस्तरीय बिमस्टेक बैठक

काठमाडौं । खुला व्यापार, ग्रिड इन्टरकनेक्सन, प्रविधि हस्तान्तरणजस्ता सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णयसहित १५ औं विदेश मन्त्रिस्तरीय बिमस्टेक बैठक सकिएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै व्यापार सहजीकरण, मोटर पारवहनलगायत सम्झौता यथाशीघ्र टुङ्ग्याउने, आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार भएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर गर्ने र गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय पनि भएको जनाएको हो । बिमस्टेकको कामलाई थप प्रभावकारी बनाउन उर्जा, वातावरण र संस्कृति केन्द्र यथाशीघ्र स्थापना गर्ने र भावी कार्ययोजनाको सुझाव दिन प्रबुद्ध समूह गठन गर्ने निर्णय पनि भएको छ । बंगलादेशका सहिदुल इस्लामलाई बिमस्टेकको महासचिव नियुक्त गर्ने निर्णय गरेको बैठकमा नेपालले उर्जा मन्त्रीस्तरीय बैठक सन्
More

शिक्षा कार्यालयका सब इन्जिनियर घुससहित पक्राउ

गौर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहट जिल्ला शिक्षा कार्यालयका सब–इन्जिनियरलाई घुससहित आज पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरको बिपी चोकको एक चिया पसलबाट सव–इन्जिनियर ललनकुमार सिंहलाई सेवाग्राहीसँग रु ३५ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो । जिल्लाको माधवनारायण गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेस्रो किस्तावापतको रकम निकासा गराइदिन सवइन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक रामउदर यादवसँग रु ३५ हजार घुस रकम लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको थियो । सिंहलाई आवश्यक अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको छ ।
More

समितिबाट चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले चिकित्सा शिक्षा विधेयक २०७३ आज पारित गरेको छ । समितिको सिंहदरबारमा बैठकले संशोधनसहितको अन्तिम विधेयक पेश गर्न गठित कार्यदलले बिहीबार पेस गरेको प्रतिवेदनमा रहेको विवादित दफा पुनःसंशोधन गर्दै पारित गरेको हो । कार्यदलले बुझाएको प्रतिवेदनको दफा ५ घमा ‘ऐन प्रारम्भ हुनुअघि सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी मेडिकल, डेन्टल वा नर्सिङ विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड पूरा गरिसकेका शिक्षण संस्थालाई यसबमोजिम अनुमति दिन बाधा पर्ने छैन’ उल्लेख गरिएकामा ‘यसै ऐनबमोजिम…’ भनेर संशोधन गरिएको छ । समितिका सभापति रञ्जुकुमारी झाले विधेयक माथेमा कार्यदलकै मर्मअनुसार बनेको तर त्यही वाक्यांश राख्नका
More

शर्मा साधारण तारेखमा थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्द्रीप्रत्यक्षीकरणको रिट जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले आज सो रिट जारी गरेको हो ।
More

फालेलुङमा पहिरोमा परी चारको मृत्यु

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर आज तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् । उनकै घरबाट झरेको पहिरोले पावर हाउसको कुरुवा बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको शव अहिलेसम्म पहिरोबाट निकाल्न सकिएको छैन । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अहिले उक्त क्षेत्रमा उद्धार गरिरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिनुभयो । पहिरोले राईको घर पनि बगाएको छ भने स्थानीयको एक हल गोरु, दुई वटा गाई, नौवटा खसीबाख्रा, मरेका
More

प्रधानमन्त्रीको भारत भ्रमणअघि निर्वाचन मिति घोषणा हुने

काठमाडौं । वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । मन्त्री विश्वकर्माले रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्न निर्वाचन आयोगले सहमति दिनासाथ मिति घोषणा गर्ने गरी तयारी भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने सम्भावित मिति तय गरिएको छ । उहाँले भन्नुभयो, “निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध छ, माग ७ गते सबै चुनाव सक्नुपर्ने समयसीमा रहेकाले प्राकृतिक कारण मंसिर १० गतेसम्म दुवै निर्वाचन सक्नैपर्ने बाध्यात्मक परिस्थिति छ ।” राजनीतिक दृष्टिकोणबाट सबै तहको निर्वाचन हुन्छ भन्ने कुराको नजिक पुगिएको छ । “जनशक्ति,
More