Daily Archives 15th August 2017

एमाले वेलायतले भन्यो: छिटो राहत देऊ

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले नेपालका बाढी पीडितहरुलाई प्रभावकारी रुपमा राहत र पुर्नस्थापनाको बन्दोबस्त मिलाउन नेपाल सरकारसंग माग गरेको छ । लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई एक ज्ञापन पत्र पठाउंदै मञ्चले भारत सरकारसंग तराईको डुबानका विषयमा अविलम्ब ठोस वार्ता गर्न र समाधानका लागि कूटनीतिक पहल गर्न समेत माग गरेको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको टोली मंगलबार दिउंसो लण्डन दूतावास पुगेर राजदूत डा दुर्गाबहादुर सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘कोशी, गण्डकी लगायत विभिन्न स्थानमा गरिएका जलश्रोत सम्बन्धी सन्धी– संझौताहरु नेपालको हितलाई ध्यानमा राख्दै संशोधन गरियोस् । नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण
More

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दर्खास्त आह्वान

लण्डन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय तथा गैरआवासीय नेपाली संघको सहकार्यमा स्थापित गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ का लागि दरखास्त आह्वान गरिएको छ। नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ। विश्वको कुनै पनि कुनामा रहेका नेपाली र मातृभमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको संस्थापकहरुले जनाएका छन् । पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन्– विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन गृहमार्फत पत्रकारिता गरिरहेका कुनै पनि भाषामा पत्रकारिता गर्ने, पत्रकारितामा कम्तीमा पाँच वर्ष लगातार काम गरेका
More

‘देशको पिडामा एनआरएनको दायित्व’

सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए) का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । अविरल बर्षाका कारण नेपालको विभिन्न भूभाग जलमग्न भएका छन् । धनजन क्षेतिको विवरण अपडेट भैरहेछन् । सामाजिक संजाल र मेडिया यसै समाचारले भरिएका छन् । अमेरिकाका सामाजिक संघ संस्था कसरी सहयोग गर्न सकिन्छ भनि आतुरताका साथ् सहयोग संकलनमा व्यस्त छन् । अब सहयोग कसऱी हुन्छ त ? सबै भन्दा चांडो परिचालन हुने सहयोग हो – पैसा । एनआरएन अमेरिकाले
More

प्रेस काउन्सिल अध्यक्ष बराललाई काम नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जाशी र तेजबहादुर केसीको संयुक्त इजलासले आज अध्यक्ष बराललाई काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । अध्यक्ष बरालको नियुक्तिको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरु बैकुण्ठ भण्डारी र राम कपालीलगायतले जेठ ९, १९ र २९ गते छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा बराललाई काउन्सिलको अध्यक्षतामा नियुक्ति गरिएको थियो । त्यो नियुक्ति गैरकानुनी भएको भन्दै रिट निवेदन परेको थियो । आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म बराललाई काम गर्न नगर्न
More

पार्टीभित्रको गुट भ्रातृ संस्थामाः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको गुट भ्रातृ संस्थामा देखा पर्दै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ कान्तिपुर सिटी कलेजले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीभित्र देखिएको गुट भ्रातृ संस्थामा देखिएकाले भ्रातृ संस्थाले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको हो । नेता सिंहले काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भए पनि पार्टीभित्र एकदलीय संस्कार हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “पार्टीभित्र विचारभन्दा पनि व्यक्तिलाई मान्ने संस्कार मौलाउन थालेको छ,”–नेता सिंहले भन्नुभयो । उहाँले मुलुकको जल्दोबल्दो र राष्ट्रिय मुद्दालाई काँग्रेस जुन रुपमा प्रस्तुत हुन पर्ने हो त्यो हुन नसकेको बताउनुभयो । काँग्रेसले मुलुकको सबै समस्या समाधान
More

डा. केसीद्वारा अनसन स्थगित

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । देशमा बाढी पहिरो आएकाले अनसन स्थगित गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि बाढीपहिरो पीडितको अवस्थालाई हेरेर तत्कालका निम्ति अनसन स्थगित गरेको बताएका छन् । माग पुरा नभए पुनः बस्ने बताएका छन् । माथेमा प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, उपत्यकामा अवको १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य अडानका साथ डा. केसीले अनशन सुरु गरेको २३ औँ दिनमा अनसन तोडेका हुन्।
More

काँग्रेसले बाढी पीडितको राहतमा भ्रातृ संस्थालाई प्रभावकारी परिचालन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुकलाई प्रभावकारी ढंगले परिचालन गर्ने भएको छ । बाढी पहिरोपीडितको राहत तथा उद्धारमा पार्टीलाई कसरी सक्रिय ढंगले परिचालन गर्ने भन्नेबारे काँग्रेसले आज ती संस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बोल्ने अधिकांशले बाढी प्रभावित जिल्ला र आवश्यक सामग्री के कति चाहिने हो सोको यकिन विवरण पहिचान गरेर राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने बताए । केही प्रतिनिधिले आफ्नो पार्टी नेतृत्वको सरकार भएका बेला देशमा आइपरेको विपत्तिमा थप जिम्मेवारी हुने भन्दै काँग्रेसले प्रभावित जिल्लामा अन्य राजनीतिक
More

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

काठमाडौं । के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ । तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु पाँचलाख केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् हुनुभयो । लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम हरायो । लामा बाटोमा पुगेर पैसा हेर्दा नभेटेपछि तत्काल रन्जना टेडर्सको साथीलाई फोन गर्नुभयो । रन्जना टेडर्सको साथीले तत्काल महानगरीय प्रहरी वृत्त जनसेवा नयाँ सडकलाई खबर गरे । सोही समयमा बाटोमा हिँड्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका–२१ जैसीदेवलमा रहेको
More

‘हेल्लो गजलबार’मा गुञ्जिइन् मिलन अमात्य

काठमाडौं । चर्चित गायिका मिलन अमात्य आइतबार साँझ बागबजारस्थित ‘हेल्लो गजलबार’मा गुञ्जिइन् । रात छिपिँदै जाँदा स्टेज चढेकी मिलनले सुरुमै आफ्नो चर्चित गीत ‘जहिलेसम्म जुनतारा…’ प्रस्तुत गरिन् । त्यसपछि ‘गाला रातै…’ गाएपछि एकाएक गजलबारको माहोल तातिएको थियो । हेल्लो गजल बार आइतबारबाट औपचारिक उद्घाटन गरिएको हो । गायिका मिलन र मोडल तथा अभिनेत्री विपना थापाले रिवन काटेर गजलबारको उद्घाटन गरेका थिए । रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सञ्चालन ल्याएको हेल्लो गजलबारको औपचारिक उद्घाटनपछि गायिका मिलनले आफ्नो प्रस्तुती दिएकी हुन् । चर्चित मोडल र गायिकाबाट आफ्नो गजल बारको उद्घाटन गर्न पाउँदा सञ्चालनहरु पनि खुसी देखिए । सञ्चालकमध्ये रुल्जले भने,
More

मलेसियामा कार्यरत दुई स्रष्टाका ‘पार्सल’ र ‘विन्दुवाण’ विमोचित

काठमाडौं । रोजगारीका क्रममा मलेसियामा कार्यरत कथाकार जीवन देवान ‘गाउँले’ र व्यङ्ग्यचित्रकार तुलसी विन्दुको कृति सार्वजानिक भएको छ । गाउँलेको कथा सङ्ग्रह ‘पार्सल’ र विन्दुको कार्टुन सङ्ग्रह ‘विन्दुवाण’लाई बागबजारस्थित सिटीम्याक्समा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सार्वजनिक गरेका हुन् । कृति सार्वजनिक गर्दै काइँलाले भन्नुभयो, “पहिले हाम्रा पुर्खाहरू लाहुरे भएर आउँथे, अहिले साहित्यकार भएर आउन थालेका छन् । प्रवासमा रहेर पनि साहित्य लेखिरहेका जीवन देवान ‘गाउँले’मा राम्रो कथाकारिता रहेको मैले पाएँ । यसै गरी तुलसी विन्दुको व्यङ्ग्यचित्र आउँदा खुसी लाग्यो । यो विधा प्रवासमा फस्टाउन नसकेको विधा हो ।” कवि तथा समालोचक
More