Daily Archives 15th August 2017

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ । बजार १२.९७ अंकले ओरालो लागेर एक हजार ६२९.१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् । बैंकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३.७४, जलविद्युत् २४.४९, फाइनान्स ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमूलक समूह २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले
More

तयारी खाजा वितरण

बाँकेको राप्तीपारी क्षेत्रमा नरैनापुरका बाढीपीडितलाई नेपालगन्जबाट हेलिकप्टरबाट पु-याएको तयारी खाजा वितरण गरिँदै । तस्बिर : राकेशकुमार मिश्र
More

नेपाल र चीन तीन सम्झौता

काठमाडौं । नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच आज यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्री गच्छदार र कृष्णबहादुर महरा एवं नेपालका लागि चीनका राजदूत यु होङको उपस्थितिमा दुवै देशका उच्च अधिकारीले ती सम्झौतामा हस्ताक्षर गरेका हुन् । ती सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले हस्ताक्षर गर्नुभयो । चीनसँग आज भएका सम्झौताबाट मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान
More

हेल्प नेपाल युकेद्वारा बाढीपीडित संकलन शुरु

गत साता भारी वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म सहयोग पुराउने उद्देश्यले हेल्पनेपाल नेटवर्क युकेले सहयोग संकलन शुरु गरेको जनाएको छ। यो लिङ्कमा गएर सहयोग प्रदान गर्न सकिनेछ। https://www.justgiving.com/fundraising/nepal-flood-relief-2017 “जहाँ बसे वा काम गरिरहेको भएता पनि नेपालमा प्राकृतिक विपदले धनजनको ठूलो क्षति गर्दा हामीहरुको मन दुख्छ। बाढी पीडितहरुकालागि तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले विगतमा जस्तै यसपटक पनि हामीले शुरु गरेको राहत अभियानमा मन खोलेर सहयोग गर्न हामी अपील गर्दछौं,” हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने। काठमाडौंस्थित हेल्पनेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले विभिन्न ठाउँहरुबाट राहत सहयोगका लागि अनुरोधहरु आइरहेको बताए। “हामीले अहिले नवलपरासी,
More

एनआरएन यूरोप संयोजकमा थर्क सेनले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा थर्क सेनले उम्मेदवारी दिने भएका छन् । संघको अक्टोवर महिनाको दोस्रो साता काठमाण्डौमा हुने विश्व सम्मेलनमा सेनले आफ्नो उम्मेदवार दिने घोषणा गरेका हुन् । सेनले गैरआवासीय नेपाली संघको अभियानमा लामो समय सम्म सकृय रहेको र बिभिन्न पदमा काम गरेको अनुभवको आधारमा आफु उम्मेदवारी दिने निचोडमा पुगेको नेपालब्रिटेन डट कमसंग वताए । उनी अहिले गैरआवासीय नेपाली संघको स्किल नलेज तथा एनोभेसन समितिको सदस्य छन् । पुख्र्यौली घर स्याङ्जा, स्थायी घर बुटवल भएका सेन सन् १९८७ मा भर्ती भई २००३ मा अवकाशपश्चात् वेलायतको फानवरोमा परिवारसँग बस्दै आएका छन् । अवकाशपछि स्थायीरुपमा बेलायत बस्दै आएका सेन
More

बाढीपहिरोले १ सय ११ को ज्यान लियो

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उहाँले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजाराँै घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजाराँै जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको छ भन्नुभयो । गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु दुई लाख र घर मर्मत गर्न रु दश हजार वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गर्नुभयो । “सबै भूभाग जलमग्न भएका कारण शव
More

चीनद्वारा १० लाख अमेरिकी डलर सहयोग घोषित

काठमाडौं । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यहाँ आज शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गर्नुभएको हो । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नुभएको छ । वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी हुनुहुन्छ । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी हुनुहुन्छ ।
More

सैनिकद्वारा सैनिककै गोली हानी हत्या

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार प्युठ वसन्त लोहारले आफ्नै साथी गणेशसिंह विष्टलाई आज बिहान ४:३० बजे गोली प्रहार गरेका थिए । गोली लगेर गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । आपसी रिसिबीका कारण लोहारले आवेगमा आएर गोली हन्दा उक्त घटना भएको नेपाली सेनाका प्रवक्ता झङकरबहादुर कडायतले जानकारी दिनुभयो । नेपाली सेनाले अभियुक्त लोहारलाई निगरानी राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।
More

नेप्लीज डक्टर्स एसोसियसन युकेद्वारा सहयोगका लागि अपील

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले नेपालमा गत साता आएको भीषण बाढी तथा पहिरोबाट पीडित जनताहरुसम्म राहत पुराउन सहयोगका लागि अपील गरेको छ । “नेपालमा भारी वर्षातले गर्दा आएको बाढीले लाखौं मानिसहरु प्रभावित भएका छन्। उनीहरुलाई तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले ब्रिटेनमा रहनु भएका स्वास्थ्यकर्मीहरु तथा सबै नेपाली समुदायमा हामी सहयोगकालागि आहवान गर्दछौं,” एसोसियसनका अध्यक्ष डा. शबीन जोशीले भन्नुभयो । http://mydonate.bt.com/events/nepalfloodrelief2017/446291 मा गएर सहयोग गर्न सकिने पनि एसोसियसनले जनाएको छ। दुई वर्ष अघि नेपालमा गएको विध्वंशकारी भूकम्पको बेला पनि नेप्लीज डक्टर्स एसोसियसन युकेले भूकम्प प्रभावित इलाकाहरुमा चिकित्सकहरुको टोली पठाउनुकासाथै औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरु वितरण
More

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको शंकास्पद मृत्यु

साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्। गैरआवासीय नेपाली संघ साइप्रसले मृत्त युवती रामेछाप जिल्लाकी यमुना खपांगी मगर रहेको जनाएको छ। साइप्रस समाचार एजेन्सी साइपोर्न सिग्मल नेटवर्कका अनुसार मृत्त मगरलाई उनीसँगै कार्यरत साथीहरूले अचेत अवस्थामा फेला पारेका थिए। तत्कालै एम्बुलेन्स बोलाए नजिकैको अस्पताल लगिएपनि उनको मृत्यु भएको एजेन्सीले जनाएको छ।
More