Daily Archives 16th August 2017

सगुन डट कममा बेलायतबाट लगानी गर्ने अवसर खुल्दै

लण्डन । नेपालीहरुको लगानीमा सञ्चालित ग्लोबल सोसल मिडिया कम्पनी सगुन डटकममा दोस्रो चरणको लगानी यसै सातादेखि खुला गरिने भएको छ । यहि अगस्ट १८ तारिख शुक्रबारको सांझ बेलायतको आसफोर्डमा एक विशेष समारोहकाबीच सगुनले दोस्रो चरणको लगानीको अवसर खुला गर्न गर्न लागेको हो । यहि ग्लोबल लञ्चिंग कार्यक्रममा भाग लिन सगुन डटकमका संस्थापक तथा सिईओ गोविन्द गिरी नेतृत्वको युसए टिम पनि बेलायत आउने भएको छ । शुक्रबार आसफोर्डमा सुभारम्भ भएपछि निश्चित केहि समयका लागि विश्वभरका नेपाली लगानीकर्ताहरुलाई सुगनमा लगानीको अवसर खुला हुनेछ । यसअघि पहिलो चरणमा सगुनमा झण्डै ३५ सय नेपाली लगानीकर्ताले ३ दशमलव १६ मिलियन डलरको लगानी गरिसकेका छन् ।
More

युनिभर्सिटी अफ सफोकका कोर्सहरु अब साउथ लण्डनमा

लण्डन । लण्डनको वीलवीचस्थित साउथ लण्डन एकेडेमीमा अब युनिभर्सिटी अफ सफोकका कोर्सहरु पनि सञ्चालन हुने भएका छन् । युनिभर्सिटीसंगको प्रत्यक्ष सहकार्यमा ती कोर्सहरु सञ्चालन गर्न लागिएको एकेडेमीले जनाएको छ । एफडिए हेल्थ केयर प्राक्टिस (एक्युट केयर), एफडिए हेल्थ केयर प्राक्टिस (लंग टर्म केयर), बिए अनर्स बिजनेस म्यानेजमेन्ट लगायतका युनिभर्सिटी कोर्स अब साउथ लण्डनमा अध्याापन गराइनेछन् । यी कोर्सहरु सरकारबाट ‘फण्डेड’ भएकाले होम स्टुडेण्ट (बेलायतको स्थायी बसोबास अधिकार भएका विद्यार्थी ) हरुको लागि ‘स्टुण्डेन्ट लोन’को समेत व्यवस्था हुन्छ । युनिभर्सिटीको प्रत्यक्ष सहभागितामा नै यी कोर्सहरु सञ्चालन हुने साउथ लण्डन एकेडेमीले बताएको छ । जसका लागि युनिभर्सिटीका प्रोफेसरहरु नै साउथ लण्डन एकेडेमीमा
More

गायीका श्रीदेवी देवकोटा तिज मनाउन युके आईपुगीन्

कृष्ण देवकोटा । ग्लास्गो । गायिका श्रीदेवी देवकोटा तीजको कार्यक्रमको लागी युके आईपुगीन । नेपाली लोक तथा दोहोरी गीतकी रोमान्टीक विधाकी एउटी चर्चित गायीका श्रीदेवी देवकोटा १५ अगष्टका दिन स्कटल्याण्डस्थित एडिन्व्रा एयरपोर्ट हुँदै युके आएकी हुन् । स्कटल्याण्ड स्थित ग्लास्गो नेपाली एसोसियसनको २१ अगस्ट मा हुने तिज विशेष कार्यक्रमलाई भव्य वनाउन उनी वेलायत आएकी हुन् । ग्लास्गो नेपाली एसोसियसनले गत वर्षहरुमा पनि विभिन्न आकर्षक कार्यक्रम गरेर तिज पर्व मनाउँदै आईरहेको छ । यो साल पनि नेपालवाट कलाकारहरु श्री देवी देवकोटा र वसन्त थापालाई वोलाएर कार्यक्रमलाई रोचक वनाउन लागीएको हो । जस्मा श्री देवी देवकोटा आईसकेकी छिन भने वसन्त थापा केही
More

मृत्यूसंग जुधिरहेका वरिष्ठ साहित्यकार डा. श्रेष्ठलाई सम्मान

केही महिना अघि नै मृत्युको मिति पाएका क्यान्सर पीडित वरिष्ठ सहित्यकार डा. कविताराम श्रेष्ठलाई बेलायतमा एक समारोहबीच सम्मान गरिएको छ । प्रवासी नेपाली साहित्य समाज बेलायत (प्रभात) ले श्रेष्ठलाई वेब्रीजमा सम्मान गरेको हो । ७० वर्षीय श्रेष्ठलाई अक्सिजनको सिलिण्डर सहित कार्यक्रममा सहभागी गराइएको थियो । श्रेष्ठले चिकित्सकले मिति दिएपनि आफूलाई मृत्युसँग डर नभएको बरु मृत्युचाहिँ आफूसँग हारिरहेको बताउँदा दर्शकदीर्घा स्तब्ध देखिन्थ्यो । श्रेष्ठले सम्मान तथा विमोचन कार्यक्रम गरिदिएकोमा सधैं ऋणी भएको विचार व्यक्त गर्दै आफ्नो विमोचित पुस्तक लाइट अफ दि हिमालयअन्तिम कृति भएको बताए । राजदूत दुर्गा बहादुर सुवेदीले सम्मान पत्र हस्तान्तरण गर्दै श्रेष्ठले नेपाली साहित्य क्षेत्रमा दिएको योगदान साहित्य
More

खादा र आसन ग्रहण संस्कृति भन्दा माथि उठौं — एनआरएन प्रमुख संरक्षक लामिछाने

लण्डन । गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ । संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो । अधिवेशन उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा पुगेका गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले १ हजार यूरो सहयोग दिएर बाढीपीडितका लागि सहयोग संकलन सुरुवात गरेका थिए । जर्मनीको छैठौं अधिवेशनमा नेपालमा भएको प्राकृति विपत्तीमा परी ज्यान गुमाएकाको सम्झनामा मौन धारणसँगै १२ लाख नेपाली रुपैयाँ संकलनसहित सम्पन्न भयो । अधिवेशनलाई सम्बोधन गदै संरक्षक लामिछानेले गैरआवासीय नेपाली संघ नेपालको उन्नति
More

छोरीको जन्मदिन खर्च कटाएर ३ हजार डलर बाढी पीडितलाई

मेलवर्न । अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस अभियानका संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एबं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभादेवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अबसरमा आयोजना गर्न लागेको पार्टी रद्ध गरी अस्ट्रेलियन डलर तीन हजार डलर बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गर्नु भएको छ । उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत प्रयोग गरिनेछ । अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको संख्या ३९ र ३५ जना अहिलेसम्म बेपत्ता छन् भने
More

चितवनमा भोलिदेखि हर्न निषेध

चितवन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ । ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार साउन १७ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा ट्राफिक व्यवस्थापनका विषयमा बसेको बैठकले भदौ १ गतेबाट भरतपुर र नारायणगढ क्षेत्रमा हर्न निषेध गर्ने निर्णय गरिएको थियो । पन्तकाअनुसार त्यसयता स्थानीय सञ्चारमाध्यमका साथै सिटी बसको -याली र स्टिकरलगायतबाट
More

संविधान प्रस्ताव आज सदनमा पेश हुने

काठमाडौं । लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु हुने कार्यसूची रहेको छ । यसअघि उहाँले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नेपालको संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ । संविधान सशोधनको विषयलाई
More

महिला संघले तीज मनाउने खर्च बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ । संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले भदौ २ गते सम्पूर्ण महिला दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम राखेको थियो । संघका अध्यक्ष उमा रेग्मीले बाढीपहिरोले तराई क्षेत्र डुबानमा परेको र हजारौँ मानिस विस्थापित हुन पुगेकाले संघले तीजका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो । संघले आफ्ना सम्पूर्ण कार्यकर्तालाई बाढीपीडितको उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ ।
More

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

महेन्द्रनगर । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ । आरोपित रामचन्द्र विगत तीन वर्षदेखि आफ्नो परिवारसहित त्यही घरमा भाडामा बस्दै आएका थिए । घरमा विविकाकी आमा विमलादेवी साह र नौ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् भने बुबा कृष्णदेवको मृत्यु भइसकेको छ । मंगलबार दिउँसो ४ बजे विविकाकी आमा किनमेल गर्न बजार
More