Daily Archives 17th August 2017

यस्ता उम्मेद्वार छनोट ग-यो प्रेस युनियनले

काठमाडौं । आगामी आइतबारदेखि सुरु हुने नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनका लागि प्रगतिशील लोकतान्त्रिक वाम गठबन्धनको एउटा घटक नेपाल पे्रस युनियनले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेपाली कांगे्रस नजिक ठानिएको पे्रस युनियन, माओवादी केन्द्र नजिकको पे्रस सेन्टर र जनमोर्चा नजिकको प्रगतिशील पत्रकार संघबीच भएको गठबन्धनलाई प्रगतिशील लोकतान्त्रिक वाम गठबन्धन नाम दिएको छ । गठबन्धनले अध्यक्षमा पे्रस सेन्टरका गोविन्द आचार्यको नाम अगाडि सारेको छ । वरिष्ठ उपाध्यक्षमा पे्रस युनियनका विपुल पोखरेल, समावेश उपाध्यक्षमा दिलिप थापा मगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल र कोषाध्यक्षमा राजेश मिश्रको नाम हिजो आज बुधबार नै टुंगो लगाइएको थियो । मधेशी सचिवमा शितल
More

मिडिया र एनआरएन यूकेका उम्मेदवारकोे अन्तरकृया २८ अगष्टमा

लन्डन । एक्सप्रेस स्टुडियोले अगामी २८ अगष्ट, सोमवारका दिना एनआरएनए यूकेका उम्मेदवारहरुसंग साक्षात्कार गर्ने भएको छ । यसअघि १८ अगष्टमा साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा बेलुकी ६ देखि ८ बजेसम्म साक्षात्कार गर्ने कार्यक्रमतय भएकोमा उम्मेदवारहरुको मनोनयनको कार्यतालिका पछि सरे पछि नयाँ मिति तय गरिएको हो । आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए यूकेको अधिवेशन नजिकिंदै गर्दा उमेदवारी घोषणा गर्ने 
पदाधिकारी र एनआरएनए यूकेमा आवद्ध व्यक्तिहरुबीच साक्षात्कार हुनेछ । साक्षात्कारको सहजीकरण र सञ्चालन भने पत्रकारहरु नवीन पोखरेल, नरेश काङमाङ राई र चिरन शर्माले गर्नेछन् । साक्षात्कार कार्यक्रमको बेलायत र नेपालका समाचार पोर्टल र समाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ
More

गगन थापाले गरे भारतसँगका सीमामा रहेका बाँध भत्काउन माग

बाग्लुङ । कांग्रेस नेता गगन थापाले भारतसँगका सीमामा रहेका बाँध भत्काउन माग गर्नुपर्ने बताएका छन् । बिहीबार बाग्लुङमा आयोजित कार्यक्रममा नेता थापाले भारतले हाम्रो सिमानामा बनाएका बाँधले गर्दा तराई डुबानमा परेको हुँदासबै एकजुट भएर बाँध भत्काउन माग गर्नुपर्ने बताएका हुन । राष्ट्रियताको सवालमा एक भएर संसदबाटै सिमानामा बनाइएको बाँध भत्काउन भारतसंग आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने थापाको भनाइ छ । सीमामा बाँधका विषयमा सबै एकजुट हुन नसके प्रत्येक बर्ष डुबानमा परिने भनाई थापाको छ । सुस्ताबासीले भत्काए भारतीय सिमामा रहेको गण्डक नहरको बाँध गण्डक नहरका कारण डुवान परेको भन्दै सुस्ता त्रिबेणीका बासिन्दाले आज बाँध भत्काइदिएका छन् । सुस्ता त्रिवेणी गाँउपालिका
More

उद्घाटन पूर्वमन्त्री थापा

बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री गगन थापा । तस्विर : रामबहादुर थापा
More

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

नयाँदिल्ली । भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ । यही अगस्त छ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् । बर्षाको समयमा पनि औषत भन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए । सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका
More

साफ च्याम्पियनसिप शुक्रबारदेखि

काठमाडौं । पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको उक्त प्रतियोगिताको फाइदा उठाउँदै आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक श्रेष्ठले अन्य टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई पराजित गरेर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य छ भन्नुभयो । उहाँले अर्को महिना नेपालमै हुने एएफसी १६ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीलाई यस प्रतियोगिताले सहयोग पुग्ने भनाइ व्यक्त गर्नुभयो
More

प्रेस युनियनका महासचिव सिवाकोटी लन्डनमा सम्मानित

लण्डन । नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीलाई लन्डनमा स्वागत तथा सम्मान गरिएको छ । सिवाकोटी सगुन डट कमको कार्यक्रममा सहभागी हुन यूके आएका हुन् । सगुनको सञ्चार समूहमासमेत कार्यरत सिवाकोटीलाई बुधवार साँझ साउथह्यारोस्थित माया पवमा एक कार्यक्रम आयोजना गरी स्वागत सम्मान गरिएको हो । हाम्रा कुरा डट कमका संस्थापक एवं पूर्वप्रधान सम्पादक सिवाकोटीलाई नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति युवराज गुरुङले खादा लगाएर सम्मान गरे । कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वअध्यक्ष विनोद मोक्तान, गोर्खा संघर्ष समितिका संयोजक कृष्णकुमार राई, उपसंयोजक सूर्य नेम्वाङ, नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्षद्वय नविन पोखरेल, चिरन शर्मा, महासंघ यूकेका सचिव शिव भण्डारी,सिद्धार्थविक्रम क्षेत्री, विपिन
More

महासङ्घको निर्वाचनमा प्रेस युनियन र सेन्टर गोलबद्ध

काठमाडौं । नेपाल पत्रकार महासङ्घको आसन्न २५औँ महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरका संयुक्त समूहबाट गोविन्द आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियन र सेन्टरले पत्रकार सम्मेलन आयोजना गरी आचार्यको नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरेका हुन् । उक्त समूहको उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुल्ला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतल महतो र कोषाध्यक्षमा राजेश मिश्र उम्मेदवार हुनुहुन्छ । अरु पदाधिकारी र सदस्य केही दिनमै टुंग्याइने जनाइएको छ । यही भदौ ५ गते हुने महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष
More

गायिका शुभेक्षा तिवारीको‘नाच्दै खेल्दै’ बोलको बाल-गीत सार्वजनिक (भिडियो)

लन्डन । संचारकर्मी शिव तिवारीको रचना तथा स्थानिय गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै.. बोलको बाल-गीत भर्खरै सार्वजनिक गरिएको छ । गीतमा सन्तोस श्रेष्ठको सुमधुर संगीत रहेको छ भने उक्त गीतको म्युजिक भिडियो हाईलाईटस नेपालद्वारा युट्युबमार्फत सार्वजनिक गरिएको हो । तिवारीले आफ्ना शब्दहरु मार्फत मार्मिक ढङले स्वदेशी माटोको सुगन्धमा बालापन मिसाउदै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंशा गरेका छन । गीत सुन्ने र हेर्ने जो कसैले पनि आफ्नो बालापनको याद गर्छन्, आफू हुर्के बढेको गाँउ, नदि-नाला, हिमाल-पहाड, चरा-चुरुङिहरुसँग रमाइरहेको अनुभुती गर्न पाउँछन । त्यस्तै आफ्नो रितिरिवाज, चाडपर्व सम्झिदै आफ्नै आगनको मनमोहक फूलहरुसँग खेलिरहेको स्मरण गर्न पाउँछन । गीत अहिले राष्टिय
More

बाढी पीडितको लागि सहयोग संकलन गर्दै तमुधिं यूके

लन्डन । नेपाली मेलाको तयारीमा जुटिरहेको तमुधिं यूके मेला व्यवस्थापन थाती राखेर बाढी पीडितको सहयोगार्थ जुटेको तमुधिं यूकेले जनाएको छ । गत साताको अविरल वर्षाले देशका विभिन्न ठाउं र विशेषगरि तराईमा जनधनको व्यापक क्षति भएपछि पीडितको सहयोगार्थ तमुधिं यूकेले अध्यक्ष ज्ञाम गुरुङको संयोजकत्वमा सहयोग समिति गठन गरि चन्दा संकलन अभियान शुरु गरेको हो । संयोजक गुरुङले देशमा परेको प्राकृति बिपतीको बेला सबै वेलायतबासी नेपाली समूदायलाई एक जुट भएर सहयोग गर्न आग्रह गरेका छन् । संकलित रकम नेपाली मेलामा अतिथीका 
रुपमा आउन लागेका तमुधिं यूकेका संरक्षक एवं एनआरएनए आइसिसी अध्यक्ष डा शेष घलेलाई हस्तान्तरण गरि एनआरएनए राहत कोषमार्फत नेपाल सरकारलाई बुझाउने
More