Daily Archives 18th August 2017

साझा नेपाली समाज यूकेले दिदीबहिनीहरूलाई दर खुबाउने

केशब भण्डारी, पिटरबोरो । बेलायतको मिडल्याण्ड,ईस्टमिडल्यान्ड,लिंकनसायर, क्याम्ब्रिजसायरमा बस्ने नेपालीहरूको साझा संस्था साझा नेपाली समाज यूकेले आसन्न नेपाली महिलाहरूको महान चाड हरितालिक तीजको उपलक्ष्यमा यस भेगका दिदीबहिनीहरूलाई निशुल्क ‘ दर ‘ खुबाउने भएको छ । यही आगामी अगस्ट २१ तरिख मिडल्याण्डको नटिंघममा हुने उक्त सास्कृतिक सहितको तीज कार्यक्रममा नेपालबाट आएका चर्चित रास्ट्रिय लोकगीत गायक ढाकाराम पौडेल,सन्तु थापा र रूपा घर्ति मगरको प्रतुति रहने छ ।साथै साझा नेपाली समाजसंग आबध्द सिर्जलशील लेस्टर नेपाल, नटिंघम नेपाली समाज,पिटरबोरो नेपाली समाज र हाम्रो नेपाली समाज ओल्भरहाम्टन वेस्ट मिडल्याण्डका स्थानीय कलाकारहरू विषेशगरी दिदीबहिनीहरूको तीजको गीत र नाचको छुट्टाछुट्टै प्रतुति पनि रहने छ । यस भेगका करिब
More

फोनिज युकेको अधिवेशन २८ अगष्टमा हुदै

गत १४ अगष्ट २०१६ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको बैठकले पत्रकारद्धय गणेशमान गुरुङ र मिलन लिम्बुलाई पुरस्कृत गर्ने निर्णय गरयो । लामो समय देखि आदिवासी जनजाति आवाज नामक टेलिभिजन कार्यक्रम सगरमाथा टेलिभिजनबाट संचालन गरि जनजाति संचेतनामा योगदान गरे वापत पत्रकार गुरुङलाई यस बर्षको फोनिज युके पत्रकारिता सम्मान २०१७ र समावेशी सवाल टेलिभिजन कार्यक्रम एविसी च्यानलमा संचालन गरि जनजातिको मुद्धा उठानमा सहयोग गरेवापत पत्रकार लिम्बुलाई यस बर्षको फोनिज युके पत्रकारिता पुरस्कार २०१७ प्रदान गर्ने निर्णय गरेको हो । प्रत्येक बर्ष प्रदान गरिने यस पुरस्कारको नगद राशि १५÷१५ हजार रुपैयाको रहेको छ । अघिल्लो बर्ष गोपाल छाङ्छा राई
More

राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड योङ कम्युनिष्ट लिग (वाइसिएल), नेपालको शुक्रबार एकताको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुँदै । तस्बिर : रत्न श्रेष्ठ
More

बाढी प्रभावितलाई दैनिक रु ७० का दरले एक महिना नगद

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित जिल्लाका बासिन्दालाई प्रतिव्यक्ति दैनिक रु ७० का दरले एक महिनाका लागि एकमुष्ट नगद उपलब्ध गराइने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागि सरकारले रु एक अर्ब निकासा गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चामल किनेर वितरण गर्नुभन्दा एकमुष्ट रकम वितरण गर्नु उपयुक्त हुने देखिएकाले एक महिनाका लागि यस्तो निर्णय गरिएको हो । त्यसपछि यसलाई निरन्तरता दिने वा नदिने भन्ने परिस्थिति हेरेर निर्णय हुन्छ ।” अति प्रभावित क्षेत्रमा पसलमा खाद्यान्न नपाइने समस्या आएमा नेपाल खाद्य संस्थानमार्फत खाद्यान्न वितरणको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । विपद्का
More

ओलम्पियन गौरिकालाई छ स्वर्णपदक

काठमाडौं । बीसौँ राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले पाँच कीर्तिमानसहित छ स्वर्ण हात पारेकी छिन् । ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा आज भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सब विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन् । प्रतियोगितामा उनले छ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् । बिहीबार भएको पहिलो प्रतियोगितामा गौरिकाले दुई स्वर्ण जितेकी थिइन् । आज भएको दोस्रो तथा अन्तिम खेलमा उनले तीन कीर्तिमानसहित चार स्वर्णपदक हात पारेकी हुन् । उनले सय मि फ्रिस्टायल, सय मि बटरफ्लाई र ५० मि फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मि मिक्स फ्रि रिलेमा नेपाल आर्मीका अनुभव सुब्बा, दिलप्प थापा मगर र
More

कहाँ गए पशुपति शमशेरको पक्षमा हस्ताक्षर गर्ने राप्रपाका केन्द्रीय सदस्यहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी दर्ताका लागि एकपटक हस्ताक्षर गरेकालाई नै मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि एकपटक बुझाएको हस्ताक्षरलाई मान्यता दिनुपर्ने आदेशको माग गरिएको छ । राप्रपाबाट साउन २२ गते फुटेपछि राप्रपा लोकतान्त्रिक नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ६९ जना (४० प्रतिशत) पार्टीका नेता कार्यकर्ताको हस्ताक्षर बुझाएको थियो तर आयोगले पुनःनाम सनाखत गर्नका लागि भदौ ४ गतेसम्मका लागि समय दिएको सूचना सार्वजनिक गरेको छ । उनीहरुलाई अध्यक्ष राप्रपा अध्यक्ष कमल थापाले
More

बाबुराम भट्टराईको नयाँ शक्ति फुटको संघारमा

काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल फुटको संघारमा पुगेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट समुहले शुक्रवार विज्ञप्ती जारी गर्दै नेता देवेन्द्र पौडेलको संयोजकत्वमा पन्ध्र सदस्सीय वृहत ध्रुविकरण संयोजन समिति गठन गरेपछि नयाँशक्ति फुटको नजिकै पुगेको हो । धुब्रिकरण समितिले छिट्टै राष्ट्रिय भेला आयोजना गरेर नयाँ राजनीतिक कार्यदिशा सहितको प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । विज्ञप्तीमा चाँडै घोषणा पत्र जारी गर्ने पनि उल्लेख गरिएको छ । पहिले नै देवेन्द्र पौडेलको नेतृत्वमा पन्ध्र नेताले धुब्रिकरणका लागि आब्हान समेत गरेका थिए । पौडेलसँगै वलालाती शर्मा, तिलक थापा, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा,
More

बूढानीलकण्ठमा महिलाको हत्यामा संलग्न पक्राउ

काठमाडौं । गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरगया गाउँपालिका–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न अभियुक्त काठमाडौँ तारकेश्वर बस्ने नुवाकोटको ककनी गाउँपालिका–२ का ३० वर्षीय सुदामा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । लामिछानेलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले कपिलवस्तुबाट गत साउन ३२ गते पक्राउ गरी आज महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अभियुक्त लामिछानेले लुटेको गहना वनस्थली नर्सरीचोकस्थित दीपज्योती सुनचाँदी पसलमा रु एक लाख १५ हजारमा बिक्री गरी कपिलवस्तुमा गई लुकीछिपी बस्दै
More

गरिबी निवारण कोषको बैठक

सिंहदरबारमा शुक्रबार बसेको गरिबी निवारण कोषको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रोशन सापकोटा
More

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ । आज दिउँसो २: १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो । पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।
More

बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली हमलामा परी अरु पनि करिब १०० जना नराम्ररी घाइते भएका बताइएको छ । भ्यानबाट भएको आक्रमणमा परी ती नागरिकको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिएका छन् । स्पेनका गृहमन्त्री जोकिम फोर्नले भन्नुभयो– सो घटना आतङ्ककारी नै हो, यसमा संलग्नहरुको पहिचानको खोजी हामीले गरिरहेका छौँ । बिहीबार अपराह्न पाँच बजे सो सहरमा नागरिकको बाक्लो उपस्थिति रहेको स्थानमा भ्यान लगेर ठोक्काई हमला गरिएको थियो । स्पेनमा भएको निकै लामो समयपछिको यो ठूलो हिंसात्मक
More

नेपाली मेला हेर्न एनआरएन अध्यक्ष घले लण्डन आउने

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ २७ अगष्टमा तमुधीं यूकेको आयोजना लण्डनमा हुने नेपाली मेला हेर्न गैरआवासीय नेपाल संघका केन्द्रिय अध्यक्ष शेष घले वेलायत आउने भएका छन् । तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङका अनुसार घले २६ तारिख साँझ लण्डन आइपुग्ने छन् । आफ्नी श्रीमति जमुना गुरुङ सहित आउन लागेका घले आइतवार केम्पटन पार्क रेस कोर्समा आयोजना हुने नेपाली मेलामा सहभागी हुने छन्। विदेशमा नेपाली भाषा, कलासंस्कृतिको प्रर्वधन गर्ने उदेश्यले नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा तमुधीं यूकेले सन् २००८ देखि नेपाली मेलाको आयोजान गर्दै आएको छ । लन्डनस्थित नेपाली राजदूत डा. दूर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा
More

बाढीप्रभावित क्षेत्रमा महामारी फैलने सम्भावना

गौशाला । बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ । जलेश्वर–७ स्थित बजराही कुट्टी नजिकै स्थानीय शैलेन्द्र साहले सञ्चालन गर्दै आएको कुखुरा फार्मका एकहजारभन्दा बढी कुखुरा बाढीको पानीमा मरेर सोही ठाउँमा छरिएको अवस्थामा सिंगो बजराही गाउँ नै दुर्गन्धित भएको तथा महामारी फैलने सम्भावना रहेको स्थानीयले बताएका छन् । बाढीको पानी कम हुँदै गएपछि ती कुखुरा झन्झन् सड्दै गइरहेको र अत्यधिक दुर्गन्ध आउने गरेकाले त्यसबाट विभिन्न किसिमका रोगको संक्रमण बढ्न सक्ने स्थानीय बताउँछन् । स्थानीयले कुखुरा फार्मको दुर्गन्धबाट फैलन सक्ने महामारीबाट सिंगो गाउँलाई जोगाउन
More

बार्सिलोनाजस्तो आक्रमण रोक्न सम्भव छैन ?

पेरिस र लन्डनमा जस्तै आतंकवादी आक्रमणमा स्पेनको बार्सिलोना पनि परेको छ । समान प्रकृतिको आक्रमण बार्सिलोनामा दोहोरियो । अर्थात् भीडमा गाडी दौडाएर बटुवाको हत्या गर्ने विधि स्पेनमा पनि भयो । गत वर्ष फ्रान्सको निसमा ‘बास्तिल डे’ परेडमा आतिशवाजी हेर्न पुगेका मानिसलाई निशाना बनाएर आक्रमण गरिएको थियो । पेरिसपछि बेलायतको लन्डन र स्टकहोममा पनि यस्तै किसिमको आक्रमण भएको थियो । जर्मनीको बर्लिनमा क्रिसमस मार्केटमा पनि आक्रमण भइसकेको छ । हालै बेलायतको फिन्सवरी पार्कमा मुस्लिमलाई निशाना बनाइएको थियो । भनिन्छ, आम मानिसको भीडलाई ‘सफ्ट टार्गेट’ निसाना बनाउन यो सबैभन्दा सजिलो सस्तो विधि हो । बेलायतमा यस्तो आक्रमणपछि सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको
More

यी युवतीसँग प्रेम गर्न युवकहरु लाइनमा

मानिसमा कमीकमजोरी हुन्छन्, सर्वगुण सम्पन्न मानिस हुँदैन । तर जिन्दगीको युद्ध त्यस्ताले मात्र जित्छन्, जसले आफ्ना कमजोरीलाई शक्तिमा रुपान्तरण गर्न सक्छ । र, २१ वर्षीया लरेन्समा यी कुरा लागू भएको छ । गत वर्ष दुर्घटनामा लरेन्सले एउटा हात घुमाउनु प¥यो । त्यत्ति हुँदा पनि उनले ओठबाट हाँसो गुमेन, हिनताबोध कहिले गर्नुपरेन । गज्जबको उनको सेन्स अफ ह्युमरले यतिबेला उनी सामाजिक सञ्जालमा छाएकी छन् । उनी भनिन्छन्, हाँसीमज्जा गर्ने उनको आदतले दुःखबाट छुटकारा पाउन सहयोग पुग्यो । मुस्कुराउँदै लरेन्स भन्छिन्, मैले कहिले पनि ताली बजाउनुपर्ने इमोजी बनाउँदिन । किनभने वास्तवमा म ताली बजाउन पाउँदिन । पहिला उनी आफ्नो काटेको हात हेरेर
More

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

उर्लाबारी । दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया मञ्जु धिमाललाई उर्लाबारी परिवार, हङकङले रु दुई लाख ८१ हजार आर्थिक सहयोग गरेको छ । धिमालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले हङकङमा रहेका नेपालीले संकलन गरेको सो रकम बिहीबार बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । उर्लाबारी परिवार हङकङका अध्यक्ष विकास लिम्बूले उक्त रकम मञ्जुकी आमा हेलेन धिमाललाई हस्तान्तरण गर्नुभयो । हङकङमा उर्लाबारी हङकङ परिवारका अध्यक्ष लिम्बूसहित सुष्मा वाइवा, लिलम भुजेल, प्रेमरोज राई, जितेन चोङबाङलगायतले त्यहाँ रहेका नेपालीसँग आर्थिक सहयोग संकलन गर्नुभएको थियो । हालसम्म विभिन्न संघसंस्था तथा सहयोगीदाताबाट धिमालको उपचारका लागि रु नौ लाखभन्दा बढी सहयोग जुटेको र बिरामीको
More

नेपाली सेनाद्वारा एकहजार बाढीपीडितलाई निःशुल्क भोज

राजविराज । खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो । जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको सहयोगमा आयोजना गरिएको सो भोज कार्यक्रममा देउरी भरुवाका करिब एकहजार बाढीपीडितलाई भात, दाल र तरकारीसहित खाना खुवाएको नेपाली सेनाले जनाएको छ । कृष्णदल गण राजविराजबाट गएको नेपाली सेनाको टोलीले त्यहाँ रहेका बाढीपीडितलाई खाना खुवाएका हुन् । यस्तै, सोही ठाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजनासमेत गरेका छन् । १८ नं वाहिनी अड्डा सिए गुल्म, उदयपुरबाट आएका चिकित्सकद्वारा करिब ४१० जना स्थानीय बाढीपीडितलाई निःशुल्क उपचार गराइएको कृष्णदल गणका नेपाली सेनाका सेनानी सुरेन्द्रदेव बोगटीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयको
More

वन रक्षक शाहीको परिवारलाई रु ३० लाख

काठमाडौं । वनको रक्षा गर्ने सिलसिलामा ज्यान गुमाएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई रु २९ लाख ७० हजार हस्तान्तरण गरिएको छ । वन विभाग र जिल्ला वन कार्यालयबाट सङ्कलित रकम शाहीकी धर्मपत्नी प्रतिमालाई विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गर्नुभयो । जाजरकोटका शाहीको ताप्लेजुङको सामुदायिक वनमा काम गर्ने क्रममा गत पुस १७ गते अज्ञात व्यक्तिले हत्या गरेको थियो ।
More