Daily Archives 19th August 2017

एनआरएन यूकेको मतदाता नामावली प्रकाशन (लिस्ट सहित)

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनका लागि पहिलो चरणको मतदाताको नामावली प्रकाशन गरिएको छ । ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले शनिवार साँझ मतदाताको नामावली प्रकाशन गरेको हो । १४ अगष्ट भित्र एनआरएन यूकेमा रित पूर्व प्राप्त सदस्यहरुलाई कार्यसमितिले मतदाता नामावली अन्तिम रुप दिएर शनिवारनै निर्वाचन समितिलाई हस्तान्तरण गरेको एनआरएन यूकेले जनाएको छ । कुल ३ हजार ६ सय २५ सदस्य मध्य ३ हजार ४ सय ४३ को नामावली आधिकारीक रुपमा स्वीकृत भएको छ । मतदाता नामावलीमा नाम छुटेका वा प्रकृया नपुगेर रोकिएका सदस्यहरुले आइतवार दिउँसो ३ बजे भित्र दाबी विरोधको सूचना निर्वाचन समिति समक्ष
More

नेपाली सामाजिक अभियान्ताहरु रशमोर क्याबिनेट बैठकमा

फानवरो । वेलायतस्थित रशमोर क्षेत्रमा बस्ने नेपाली सामाजिक क्षेत्रका अभियान्ताहरुले स्थानिय काउन्सिलको बैठकमा आफ्नो समस्याका बारेमा छलफल गरेका छन् । ग्रेटर रशमोर नेपाली कम्युनिटीका प्रतिनिधीहरुले स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक गरेका हुन् । हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक बिशेस गरि सामाजिक विसंगति, सामाजिक अप्ठेरा, जीवनका दैनिक गतिविधिमा बाधक बिषय, नेपाली र स्थानिय समूदाय बिचको दुरी कम गर्ने कुरामा बाधक बिषय, अस्पताल तथा हेल्थसेन्टरमा आउने अप्ठेरा आदि बिषयमा छलफल भएका थिए । नेपाली समूदायुलाई बेलायती संस्कार, चलन चल्ती, नियम कानून, रहनसहन लगायत बिषयमा जानकारी गराउने उदेश्यले बैठक आयोजना
More

शहिदपुत्र इन्द्रहाङ लिङदेन जनसम्पर्क समिति यूकेको महामन्त्रीमा उठ्ने

​ आगामी सेप्टेम्बर १६ मा हुन गइरहेको नेपाली जनसम्पर्क समिति बेलायतको अधिबेशनमा लण्डन निवासी युवा इन्द्रहाङ लिङदेन महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन् । बिद्याथीकालबाटै नेपाल बिद्यार्थी संघमार्फत राजनीतिमा होमिएका लिङदेन हाल ने. बि. संघ बेलायतका सदस्य छन् । हाल उनी दिलमाया फाउण्डेशन यूकेका वर्तमान सचिब पनि हुन् । आफू बेलायत आएबाट नै जनसम्पर्क समिति कार्यसमितिमा बसेर काम गर्ने इच्छा भएपनि तत्कालमा रहेको असहमतिका कारण आफूजस्ता धेरै युवाहरु हतोत्साही भएको तर नेतृत्व वर्गमा हालै बढेका सहमतिले आफू उत्साहित भएको बताउँछन् । एनपीसीसी यूकेमा हालै विकास भएको एकतालाई अझ सुदृढ गर्दै यसलाई नयाँ तरिकाबाट अघि बढाउन पुराना मात्र नभएर नयाँ अनुहारहरुको
More

कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति

काठमाडौं । कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री यादवले तराईका अधिकांश धानखेतमा क्षति भएको बताउँदै माछापालनदेखि कृषिजन्य संरचना ध्वस्त भएको बताउनुभयो । यही भदौ १० गतेभित्र कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गरिने बताउँदै उहाँले क्षति के कति भएको हो ? कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भइसकेकाले त्यसको अध्ययनपछि राहतका कार्यक्रम ल्याइने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “बाढीका कारण धेरै जनधनको क्षति भएको छ, सरकारले मृतकका परिवारलाई रु दुई लाख तथा
More

राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई-मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको छ । उहाँले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गर्नुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष
More

दर खुवाउने कार्यक्रम

तिजको अवसर पारेर ‘प्रत्येक नेपाली सहयोगी मन छ’ संस्थाले आयोजना गरेको दर खुवाउने कार्यक्रम पछि सामूहिक तस्वीरमा सडक बालबालिका र वृद्धवृद्धाहरु । तस्वीर सौजन्य : दुर्गानाथ दाहाल
More

इलाममा करिब पाँच अर्बको दूध उत्पादन

इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२-०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३÷०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो । उत्पादित दूध बिक्रीबाट जिल्लामा यो वर्ष
More

यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो

काठमाडौं । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ । निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा गत साउन ७ गते काठमाडौँ ल्याएको थियो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने जनाइएको छ । यतिसँग एटिआरसहित सातवटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान
More

यस्तो छ– पत्रकार महासंघको अंक गणित

काठमाडौं । भोलि आइतबारदेखि सुरु हुने नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । काठमाडौंको प्रज्ञा भवनमा हुने अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा छ । कांगे्रसमा आस्था राख्ने नेपाल पे्रस युनियन, माओवादी केन्द्रमा आस्था राख्ने पे्रस सेन्टर र जनमोर्चामा आस्था राख्ने प्रगतिशील पत्रकार संघबीच गठबन्धन भएको छ । यो गठबन्धनमा राजावादी पनि मिसिएको छ । यो गठबन्धनको नेतृत्व गोविन्द आचार्यले गरेका छन् । उनी माओवादी निकट हुन् । नेकपा एमालेसँग नजिक पे्रस चौतारी, मोहन बैद्य, बाबुराम, नेत्रविक्रम चन्द माओवादी, उपेन्द्र यादवको संघीय समाजवादी फोरमलगायतको समूहले अर्को प्यानल बनाएका छन् । यो समूहको नेतृत्व तीर्थ
More

सगुनको दोस्रो चरणको शेयर निस्कासनको बेलायतबाट घोषणा

लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको औपचारीक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराउनुभयो । शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिटर डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो । विदेशमा व्यस्तताका बीचमा लगानी
More

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

पथरी । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताउनुभयो । सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यलय प्रमुख सिंहको भनाई छ ।
More

पत्रकार महासंघको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने २५ औं अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीउपर दाबी विरोध आजै १२ बजेसम्म गर्न सकिनेछ भने मतदाताको अन्तिम नामावली प्रकाशन शनिबार ४ बजे गर्ने निर्वाचन समितिको तयारी छ । पत्रकार महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेहरुले उम्मेदवारी दर्ता भदौ ४ गते दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न सक्ने जानकारी निर्वाचन समितिले दिएको छ । निर्वाचन समितिका अनुसार
More

फोटो पत्रकारलाई विमानको व्यवस्था गर्नुपर्ने माग

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले १७८ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ । सन् १८३९ अगस्ट १९ मा फ्रान्सबाट फोटोग्राफीको सुरुआत भएको र त्यसको उपलक्ष्यमा नेपालमा पनि १३ वर्षदेखि विश्व फोटोग्राफी दिवस मनाउँदै आइएको छ । प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भई भद्रकाली, शहिदढोका, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर कोणसभामा परिणत भएको थियो । नेपालमा विसं २०६१ देखि विश्व फोटोग्राफी दिवस मनाउन शुरु गरिएको हो । कार्यक्रममा फोटो पत्रकार समूहका अध्यक्ष धुव्र आलेले फोटोग्राफी दिवस फोटो पत्रकारका लागि मात्र नभएर सम्पूर्ण फोटोप्रति आस्था राख्ने व्यक्तिको भएको बताउनुभयो । समूहका पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यले फोटो पत्रकारको हकहितको
More

संविधान संशोधनको विपक्षमा मतदान गर्न राप्रपा केन्द्रीय सदस्यहरुको सुझाव

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रिय सदस्यले संबिधान संसोधनको विपक्षमा मतदान गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । हेटौंडामा जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधान संशोधन पार्टीको एजेन्डा नभएकाले समर्थन गरिरहनु नपर्नेमा जोड दिएका हुन् । सरकारले नै पार्टी विभाजनमा प्रत्यक्ष भूमिका निर्वाह गरेकाले उसले ल्याएको संसोधनमा सहयोग गर्नुपर्ने नैतिक बन्धन पार्टीमा नरहेको सुझाव केन्द्रिय सदस्यहरुको छ । संशोधनको मुल मर्म राजपालाई निर्वाचनमा ल्याउनु र मधेसका अतिवादी शक्तिलाई एक्ल्याउनु भएपनि सरकार र राजपा स्वयम् संशोधनमा गम्भीर नदेखिएको आरोप समेत राप्रपा नेताहरुले लगाएका छन् । सरकारको चौथो शक्तिलाई सरकार र राजपा दुबैले उपेक्षा र अपमानित गरेको धारणा पनि
More

किमो चढाउने पैसा भएन

बागलुङ । घाँटीको अर्बुद रोगबाट पीडित यहाँकी एक महिलाको अर्थ अभावमा उपचार रोकिएको छ । गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीलाई तत्काल पैसा नभए अस्पतालबाट बाहिरिनुपर्ने अवस्था छ । उपचारमा प्रयोग हुने ‘किमो’ चढाउन नसकेपछि दर्जीका आफन्त सहयोगको आशामा सदरमुकाम आएका छन् । “दुई वटा किमो चढाइयो, बाँकी चार वटाका लागि पैसा छैन”, दर्जीका श्रीमान् टेकबहादुरले भन्नुभयो । भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत दर्जीलाई एउटा किमो चढाउँदा रु ४५ हजार खर्च हुने गरेको छ । चिकित्सकले रोग निको हुने बताए पनि उपचार गर्न नसकिने हो कि भन्ने चिन्तामा दर्जीका श्रीमान् र आफन्तजन छन् । नाताले भाइ पर्ने खेमराज
More

बेनी अस्पताललाई एम्बुलेन्स

म्याग्दी । सदरमुकाममा रहेको बेनी अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स प्राप्त भएको छ । जिल्ला अस्पतालको मातहत सञ्चालन हुने गरी मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा शुरु गरेको छ । सो एम्बुलेन्स हस्तान्तरण गर्दै पूर्वस्वास्थ्यमन्त्री गगनकुरमा थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले मन्त्रालयले एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालनका लागि निर्देशिका तयार पारेको जानकारी दिँदै अब हरेक अञ्चल र जिल्ला अस्पतालमा सुविधायुक्त एम्बुलेन्स भित्रने बताउनुभयो । अस्पतालको पुरानो एम्बुलेन्स बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा पुगेको समयमा मन्त्रालयबाट प्राप्त नयाँ एम्बुलेन्सले बिरामीलाई लान सहयोग पुग्ने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
More

बुद्ध धर्मबाट नेपाल र ब्राजिलको सम्बन्ध प्रगाढ

काठमाडौं । धर्मकीर्ति विहार संरक्षण कोषको आयोजनामा ‘ब्राजिलमा बुद्ध धर्म’ विषयक प्रवचन कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत मारिया तेरासा पेस्सोले बुद्ध धर्मले नेपाल र ब्राजिलका जनस्तरको सम्बन्धलाई प्रगाढ बनाएको बताउनु भएको छ । उहाँले ब्राजिलमा पनि बुद्ध धर्मको महायान, थेरवाद तथा बज्रयान बुद्ध धर्मको महत्व रहेको बताउँदै भगवान बुद्धको शान्तिको सन्देश विश्वशान्तिका लागि प्रेरणादायी भएको विचार व्यक्त गर्नुभयो । धर्मकीर्ति विहारका धम्मवती गुरुमाले ब्राजिलका राजदूतले ब्राजिलमा बुद्ध धर्मको विकासका विषयमा बृहत् जानकारी दिएर ब्राजिलमा बुद्ध धर्मको प्रचारप्रसारबारे थप जानकारी प्राप्त गर्न नेपालीलाई सहयोग पुगेको बताउनुभयो । धर्मकीर्ति विहार संरक्षण कोषका सचिव प्रफुल कमल ताम्राकारले बुद्धको जन्मस्थल नेपाल विश्वशान्ति केन्द्रका रुपमा
More

त्रिचालीस सन्तानकी मायालु आमा

मोरङ, उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिका यहाँ छन् । बरालको १० वर्षकै उमेरमा विसं २०२२ मा ताप्लेजुङमा विवाह भयो । पहाडको विकट ठाउँमा विवाह भएपछि उहाँले धेरै दुःख पीडा भोग्नुप¥यो । पढ्ने उमेरमा विवाह गरेर उहाँले धेरै संघर्ष गर्नुभयो तर वैवाहिक जीवन सफल हुन सकेन । लामो समयसम्म संघर्ष गर्दा पनि श्रीमान्ले अरु दुई श्रीमती थपेपछि बाध्य भएर समाज सेवामा लागेको उहाँले सुनाउनुभयो
More