Daily Archives 20th August 2017

एनआरएन यूकेको अन्तिम मतदाता संख्या ३६ सय ४४ (अन्तिम नामावली सहित)

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले आइतवार साँझ मतदाताको नामावली प्रकाशन गरिएको निर्वाचन समितिका सदस्य सचिव रामशरण सिमखडाले जनाए । १९ अगष्ट दिउँसो ३ बजे भित्र दावी बिरोध परेका सदस्यता माथि छानविन गरि मतदाता नामावली अन्तिम रुप दिएको हो । निर्वाचन समितिका अनुसार मतदाताको संख्या ३६ सय ४४ कायम भएको छ । यस्तै उम्मेदवारको मनोनयन दर्ता २६ तारिख बिहान १० देखी ३ बजे सम्म तय गरिएको छ । मतदाताहरुले आफ्नो नाम हेर्न यहाँ किलिक गर्नुहोस् आफ्नो नाम खोज्न : CTRL+ F
More

बाढीपीडितलाई सहयोग पठाउन लण्डन दूतावासले समन्वय गर्ने

युकेस्थित विभिन्न संघसंस्थाहरुले नेपालमा सहयोग पठाउने कार्यमा लण्डनस्थित नेपाली दूतावासले सहयोग गर्ने जनाएको छ। शनिबार दूतावासमै आयोजित एक छलफल कार्यक्रममा ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा आएको बाढीपहिरोमा स्वतस्फुर्त तथा संस्थागतरुपमा सहयोग संकलन गरिरहेका एवम् सहयोग पठाइसकेका सबै संघसंस्थालाई धन्यवाद दिनुभयो। दूतावासले बोलाएको आकस्मिक बैठकलाई संबोधन गर्दै राजदूत सुवेदीले नेपाल सरकारको निर्देशन अनुसार बाढी पहिरो पीडितहरुको सहयोगकालागि संकलन गरिएको नगद तथा जिन्सी बाढी पीडितसम्म छिटो छरितो ढंगले पुराउन त्रिभुवन विमानस्थल लगायतका निकायमा दूतावासले समन्वय गर्ने जानकारी दिनुभयो। प्राकृतिक विपत्तिमा नेपाल सरकारबाट जारी राहत, खोज र उद्धार कार्यबारे जानकारी दिंदै राजदूत सुवेदीले बाढी पीडितहरुलाई जुनसुकै जिल्लामा गएर सहयोग प्रदान गर्न
More

नेपाली मेला हेर्न लण्डन मेयर सादिक खान आउने

लण्डन । बेलायतस्थित तमुधीं यूकेको आयोजनामा आगामी आइतवार हुने नेपाली मेलामा लण्डन मेयर साहिद खान आउने भएका छन् । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ ९ औं नेपाली मेलामा मेयर खान आउने पक्का भएको तमुधीं यूकेले आइतवार एक पत्रकार सम्मेलन गरि जनाकारी दिएको हो । केम्पटन पार्क रेस कोर्समा आयोजित पत्रकार सम्मेलनमा तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । मेला बेलायतका लागि बिभिन्न देशका १८ जना राजदूत समेत सहभागी हुने वताएको छ । पत्रकार सम्मेलन मेला आयोजक समितिका संयोजक हितकाजी गुरुङले गतबर्षहरुमा भन्दा दर्शकहरुको उपस्थित उल्लेख्य रुपमा बढ्ने वताए । मेला भर्न
More

कुशे औँसी र तीजमा टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । यी सबै अफर भदौ ५ देखि १९ गतेसम्म खरिद गर्न सकिने छ । युट्युब प्याकेजअन्तर्गत रु एक सयमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी, रु ६० मा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड प्याकेजअन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुने टेलिकमले
More

अघिल्लो सरकारमा सहभागी हुनु गम्भीर भूलः अध्यक्ष थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा ९माओवादी केन्द्र० नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताउनु भएको छ । राप्रपा केन्द्रीय कार्य समितिको आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले सो सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्यूत्पादक हुन पुगेको बताउनुभयो । राप्रपाका तर्फबाट व्यवस्थापिका–संसद्मा पेश गरिएको हिन्दूराष्ट्र पुनःस्थापनासम्बन्धी विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दल क्रियाशील रहेको आरोप लगाउँदै उहाँले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिएको बताउनुभयो ।
More

मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए, कांग्रेसबाट भोलि थपिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ । मोहम्मद जाकिर हुसेन महिला, बालिकालिका तथा समाज कल्याण, रामसिंह यादव स्वास्थ्य, श्यामकुमार श्रेष्ठ गृह, शम्भुलाल श्रेष्ठ ऊर्जा, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवर पशुपक्षी विकास र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उहाँहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ । कांग्रेसमा नाम टुंगो नलागेकाले
More

संविधान संशोधनको पक्ष र विपक्षमा सदन विभाजित

काठमाडौं । लामो समयपछि व्यवस्थापिका–संसद्मा प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ मा सांसदहरु विभाजित भएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले), नेकपा(माले), नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपालका सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र संघीय समाजवादी फोरमले तराई मधेशका जनताको भावनालाई समेट्न संशोधन अपरिहार्य भएको बताए । सत्तारुढ दलका सांसदले बदलिदो समयअनुरुप संविधान संशोधन गर्नु सामयिक भएको र विश्वका विकसित र प्रजातान्त्रिक देशले पनि बारम्बार संविधान संशोधन गरेका दृष्टान्त प्रस्तुत गर्दै प्रस्तुत संशोधनले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने बताउनुभयो । प्रमुख प्रतिपक्षी दललगायतका सांसदले उक्त
More

माथिल्लो तामाकोशीको काममा ढिलाइ

चरिकोट । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान गरिएको छ । गत आव ०७३÷ ७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे पनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । डलरको मूल्यमा उतारचडाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबड्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण रु ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान
More

निर्वाचन आयोगको आलोचना

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी सदनलाई गराउनुभयो । त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारीबाहेक केही होइन भन्दै उहाँले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग गर्नुभयो । “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात
More

पत्रकार महासंघको महाधिवेशन

राजधानीमा आइतबार आयोजित नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, महासंघका अध्यक्ष तथा पूर्व अध्यक्षलगायत पत्रकारहरु । तस्बिर : रत्न श्रेष्ठ
More