Daily Archives 21st August 2017

पुनम क्षेत्रीको लण्डनमा रोमाञ्चक फेसन शो (फोटो फिचर)

लन्डन । फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालय सप्ताहन्त अलिक भिन्न माहोलमा डुब्यो । त्यहाँ फुटबल होइन, एउटा अन्तर्राष्ट्रियको फेसन शोले दर्शक रोमाञ्चित बने । अझ रोचक त उक्त ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोशाकले स्थान जमायो । न्यूयोर्कबाट आएको समूहले विभिन्न देशका डिजाइनरका पोशाक प्रदर्शन गर्दा नेपाली पुनम क्षेत्री गौतम केन्द्रमा रहिन् । स्टेज उत्रेर उनले नेपालीमै मन्तव्य राख्दै आफ्नो देश र पोशाकको चिनारी दिइन् । उक्त शोमा विदेशी मोडलहरुले नेपाली पोशाक लगाएर क्याटवाक गरेका थिए । महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल थिए शोमा । पुरुषहरुले ब्राम्हण क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार,
More

सरकारमाथि नैतिक प्रश्न खडा भयो : एमाले, फेरि प्रयास गछौं : काँग्रेस

काठमाडौं । नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकलाई विशेष समितिमा लगेर छलफल गरौँ भनेर आफूहरुले पटक पटक जोड दिँदै आएको तर सरकारले पर्याप्त छलफल नगरेकाले अहिलेको परिणाम आएको टिप्पणी गर्नुभयो । यद्यपि परिणाम जस्तो आए पनि यसले संविधानलाई सर्वस्वीकृत तुल्याएको उहाँले उल्लेख गर्नुभयो । नेता नेम्वाङले संशोधनको प्रस्ताव अस्वीकार भएसँगै सरकारमाथि नैतिक प्रश्न खडा भएको पनि बताउनुभयो । सत्तारुढ नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले अहिलेलाई अस्वीकृत भएको संविधान संशोधनको
More

प्रम देउवाको भारत भ्रमण राजकीय हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा आरजु राणा, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । प्रधानमन्त्री देउवा भारत सरकारको विशिष्ट पाहुनाका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नुहुनेछ । प्रधानमन्त्री देउवाको भदौ ८ गते भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागत हुनाका साथै उहाँले ‘गार्ड अफ अनर’ पनि ग्रहण गर्नुहुनेछ । त्यसलगत्तै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट गई श्रद्धाञ्जलि अर्पण गर्नुुहुनेछ । सोही दिन प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति
More

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । संघका महासचिव डा लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि प्रा डा गोविन्द केसीले आमरण अनशन बसेपछि सरकारले संघसँग गरेको सम्झौता विपरीत सम्बन्धन दिएको भन्दै आपत्ति जनाउनुभएको छ । महासचिव कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई स्तरीय, गुणस्तरयुक्त र सर्वसाधारण जनताको पहुँचमा पु-याउन भन्दै पटक पटक सम्झौता गरी त्यसको मसी सुक्न नपाउँदै उल्लङ्घन गरिएको बताउँदै भन्नुभयो, “सरकारको यस्तो गैरजिम्मेवार निर्णयले समग्र राष्ट्रको गरिमामाथि नै धब्बा लाग्न पुगेको नेपाल चिकित्सक संघको ठहर छ । ’’ त्रिवि कार्यकारी परिषद्ले शुक्रबार
More

पशुपतिशमशेरको दल राप्रपा (प्रजातान्त्रिक) दर्ता गरेर चुनाव चिह्न दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को दल दर्तामा गरिएको हस्ताक्षर पुनःसनाखत गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी दल दर्ता गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज दल दर्ता गर्ने विषयमा आयोगले गरेको निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । आदेशमा भनिएको छ, “निवेदकले दल दर्ता गर्नका लागि निवेदन दिएपछि आयोगको रोहवरमा साउन २२ गते दल दर्ताका लागि पार्टीमा सहमति जनाएका आधिकारिक सङ्ख्याका पदाधिकारीलाई पुनः सनाखत गर्नुपर्ने निर्णय यथास्थितिमा राखी प्रक्रिया पु-याएर दल दर्ता र चुनाव चिह्न दिनू ।” प्रस्तावित राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले आवश्यक प्रक्रिया पु-याएर पनि पुनःहस्ताक्षर सनाखत
More

‘स्वदेशी खानू स्वदेशी लाउनू, स्वदेशी बोल्नू’

काठमाडौं । युवक कवि मोतीराम भट्टको १५२औँ जन्मजयन्तीका अवसरमा आज यहाँ गजल वाचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा वक्ताले भट्टले गजल, भाषा–साहित्यमा समालोचना तथा शृङ्गारिक धाराको शुरुआत गरी नेपाली साहित्यलाई समृद्ध बनाएको विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यका बहुमुखी प्रतिभाशाली व्यक्तित्व भट्टमा नेपाली, संस्कृत, उर्दूलगायत अन्य भाषाको राम्रो ज्ञान रहेको बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरीले स्वदेशी खानु, स्वदेशी लाउनु र स्वदेशी बोल्नुपर्दछ भन्ने राष्ट्रवादी चिन्तन बोकी भट्टले साहित्यिक र भाषिक भावनाबाट समाजमा जागरण ल्याउने काम गरेको बताउनुभयो । प्राज्ञ अमर गिरीले आदिकवि भानुभक्त आचार्यका विषयमा भट्टले खोज–अनुसन्धान गरी
More

मतगणना

नेपाल पत्रकार महासंघको सोमबार भएको मतदान पछि साँझ नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मतगणना गर्दै प्रतिनिधिहरु । तस्बिर : रत्न श्रेष्ठ
More

दुई तिहाइ नपुग्दा संविधान संशोधन विधेयक अस्वीकृत

काठमाडौं । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पारित हुन सकेन । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिनुभएको थियो । विधेयक पारित हुन ४८ मत पुग्न सकेन । राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकारले सो संशोधन प्रस्ताव पेश गरेको थियो । सो पार्टीले संविधान संशोधन संसद्बाट पारित नभएको विषयलाई आन्दोलनको मुद्दा
More

एक समूदायमा मात्र सिमित रहेर काम गर्न चाहन्न — पुनम गुरुङ

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष पदको लागि उम्मेदवार पुनम गुरुङले आफू कुनै एक समुदायसंग मात्र रहेर काम नगर्ने वताएकी छन् । गुरुङले तमुधीं लण्डन शाखाद्धारा नर्थोलमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो समाज सेवाको अनुभव सिमित समूदाय भित्रमात्र नराखेर सबै नेपालीसंग बाढ्न चाहेको वताएकी छन् । उनले भनिन् ‘मेरो सानै देखी समाज सेवामा रुचि थियो त्यसलाई विगत ९ बर्ष देखी तमुधीं यूके मार्फत पुरा गरे, अव मेरो अनुभव र रुचिलाई सिमित समूदाय भित्रमात्र राख्न चाहान्न सबै नेपालीसंग बाढ्न चाहान्छु । उनले एनआरएन यूकेको ९ सेप्टेम्वरमा हुने अधिवेशनमा आफ्नो अमुल्य मत दिएर आफुलाई उपाध्यक्ष पदमा जिताउन समेत आग्रह गरिन् ।’
More

भवन भट्टद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले मुलुकमा आइपरेको संकटमा सहयोग गर्न सम्पूर्ण प्रवासी नेपालीलाई आब्हान गर्दै आफूले ब्यक्तिगत पाँच लाख रूपैया सहयोग गर्ने बताएका छन्। प्रवासी नेपालीहरुको साझा संगठनका रुपमा रहेको गैर आवासीय नेपाली संघले मुलुकमा आएको दैविक प्रकोप लगत्तै तत्काल राहतको लागि एउटा राहत कोष स्थापना गरेर आवश्यक सहयोग अगाडि बढाएको थियो । यसै क्रममा हालै सप्तरी जिल्लामा राहत बितरण गरेको छ। एनआरएनमा सहयोगको घोषणा र प्रतिबद्धताको बाढी आइरहे पनि भवनले भने बैंकमा पाँच लाख जम्मा गरेर राहतमा सक्रियता जनाएका हुन्। यसअघि पनि बिभिन्न संस्था र फाउन्डेसनका प्रतिबद्धता बजारमा आइरहे पनि भवनले भने एनआरएन राहत कोषमा पैसा जम्मा गराएर
More