Daily Archives 22nd August 2017

गौरीराज जोशीद्दारा एनआरएन अमेरिका माथी दायर गरिएको मुद्दा बिना शर्त फिर्ता

अमेरिका । स्थगित भएको एनआरएन अमेरिकाको निर्वाचनमा आफ्नो उम्मेद्वारीका पक्षमा अन्याय भएको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिईएको छ । एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्याशी गौरीराज जोशी र उनको प्यानलका महासचिव पदका प्रत्याशी पूर्ण बानियांद्दारा निर्वाचनको केही दिन अघी दर्ता गरिएको मुद्दा आज एक बक्तब्य प्रकाशित गर्दै गौरीराज जोशीले ‘आफुले बिना कुनै शर्त मुद्दा फिर्ता लिएको’ जनाएका छन । ‘पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध
More

प्रा. सुवेदीले पुरा गरे १३५ किमी पदयात्रा ((फोटो फिचर)

लन्डन । सम्भवतः बेलायतको नेपालमा परोपकारी काम गर्ने सबैभन्दा पुरानो संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा सो संस्थाले नेपालमा गरेको काममा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सो संस्थाका सहअध्यक्ष प्रा. सूर्यप्रसाद सुवदीले
 एकसय ३५ किमीको दुरीको पैदलयात्रा पुरा गरेका छन्। इंगल्याण्ड र स्कटल्याण्डको सिमामा पर्ने झण्डै बेलायतको पूर्वी तटबाट पश्चिमी तटसम्म फैलिएको रोमन सम्राट हेड्रियनले बनाएको प्राचीन हेड्रियन वालको पल्लो छेउ देखि वल्लो छेउसम्मको पैदलयात्रा उनले आफ्ना सहयोगी मित्रहरु डा. स्टिभ टर्नर र आन्ड्रू स्टुवार्टको साथमा पुरा गरेका हुन् । गत अगष्ट १४ तारिखदेखि पदयात्रा शुरु गरेका सुवेदी अगष्ट २१ तारिख, सोमबार मात्रै लण्डन फर्केका हुन्। “हामी
More

मास हिस्टेरियाले विद्यार्थी हैरान, निको पार्न झाँक्री

मलेखु । सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ । केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाले बताउनुभयो । प्रधानाध्यापक थापाका अनुसार गत जेठ महिनामा समस्या देखिएपछि विद्यालय बन्द गरी अहिले पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र उचार गराउँदा पनि सम्भब नभएकाले एउटा गैरसरकारी संस्थाले मनोसामाजिक परामर्श पनि सञ्चालन गरेको थियो, त्यसपछि पनि विद्यार्थीमा यस किसिमको समस्या निरन्तर देखिएको थापाको भनाइ छ । विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि
More

राप्रपाका कुन–कुन सांसदलाई कारवाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, बिराज बिष्ट, रेशम लामा, विक्रम थापा, सइन्द्र बान्तवा, कमला शर्मा र भानु महरा, रामकुमार सुब्बा, बबिना मोक्तान, सीता लुईटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंहलाई कारबाही गरिने भएको छ
More

देउवा मन्त्रिमण्डलको संख्या ५० काट्ने, १५ राज्यमन्त्री थपिए

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । देउवाले भारत भ्रमण जानुअघि चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मंगलबार कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थप भएका छन् । थपिएका राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । कांग्रेसबाट सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात), सरिता प्रसाई (कृषि), शेषनाथ अधिकारी (शिक्षा), नरबहादुर चन्द(बाणिज्य), अब्दुल रज्जाक (खानेपानी), तप्तबहादुर बिष्ट (सूचना तथा सञ्चार), अमरसिंह पुन (सिचाई) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसबाटै दिलमान पाख्रिन (कानुन, न्याय तथा संसदीय), उदयशमशेर राणा (अर्थ), डिल्लीबहादुर चौधरी (श्रम), तेजुलाल चौधरी (युवा तथा खेलकुद), चम्पादेवी खड्का (सहकारी तथा
More

जुम्लामा मातृशिशु केन्द्र बनाउन शनिवार लण्डनमा च्यारिटी

लन्डन । जुम्लाको अति विकट पत्थरखोलामा मातृशिशु केन्द्र (बर्थिङ सेन्टर) स्थापना गर्न शनिवार लण्डनमा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरिदैछ । बर्थिङ सेन्टर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले नेपाली नर्सिङ एसोसिएसन यूकेले २६ अगष्टमा लन्डन साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा एक च्यारिटी डिनर गर्ने तयारी गरेको हो । मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार पाउण्ड लाग्ने भएकाले वेलायतस्थित नेपाली समूदायलाई सहयोग गर्न एशोसियनले अपिल गरेको छ । एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले मानविय कामको लागि एसोसियसनलाई माया गर्ने सबै पक्षसंग सहयोगका लागि आग्रह गरेकी छन् । मंगलवार नेपालब्रिटेन डट कमसंग कुरागर्दै कंडेलले चयारिटी साँझको लागि तयारी अन्तिम चरणमा पुगेको वताए
More

फेलथाममा नेपालीको घरबाट २५ लाखको गरगहना चोरी

लन्डन–बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ। बाग्लुङ अमलाचौरबाट आएर लन्डनमा बसोबास गर्दै आएका कृष्णप्रसाद शर्माको घरबाट दिउँसै नगद र गरगहनासहित करिब २५ लाख रुपैयाँको चोरी भएको हो। चोरले घरको ढोका फोरेर गरगहना र नगद लगेको छ। शर्माका अनुसार करिव २५ बर्षदेखि संकलन गरेको करिब २२ लाख रुपैयाँ बराबारको सुन तथा चाँदी र ३ लाख रुपैयाँ नगद घरबाट चोरी भएको छ। शुक्रवार साँझ ५ जनाको समूहको
More

नेपाली दूतावासमा तीज कार्यक्रम सम्पन्न

लन्डन । नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाली दूतावास लण्डनमा एक तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीद्वारा आइतवार आयोजित कार्यक्रममा नेपाली महिलाहरुको उल्लेख्य उपस्थिती थियो । तीज कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्द महिलाहरुलागायत बेलायतवासी नेपाली महिलाहरुको उपस्थिति उपस्थिती थियो । सोही अवसरमा कला पंगेनी र खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको शब्दमा गाइएको तीज गीत “पापी घरैमा” बोलको गीतको म्यूजिक भीडीयोको पनि राजदूत पत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीद्वारा विमोचन गरेकी थिइन् । विमोचनका क्रममा उपस्थित महिलाहरुले सोहि गीतमा नृत्य गरेर रमाइलो गरेका थिए । कार्यक्रममा
More

घानाको एनआरएनए अध्यक्षमा पदम राना मगर

गैर आबासिय नेपाली संघ , राष्ट्रिय समन्वय समिति घानाको तेश्रो वार्षिक साधारण सभा घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा संचालित सभाले बर्ष २०१७/२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्य समितिको सर्बसम्मत रुपले चयन गरेको छ । समितिमा जगन्नाथ पाठक उपाध्यक्ष , बालकृष्ण निरौला महासचिव , बिकास सुवेदी सचिब र कपिल खराल कोषाध्यक्ष चुनिनु भएको छ । त्यसै गरि सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युबा संयोजक चुनिनु भएको छ । समितिको सदस्यहरुमा मनोरथ खडका , बैकुण्ठ पौडेल , युबराज भट्टराई , सुनिल चौधरी र शेरबहादुर खडका रहनु भएको छ ।
More