Daily Archives 23rd August 2017

एनआरएनए अमेरिकाको अध्यक्षको दौडबाट बाहिरीए गौरी जोशी

पुरुषोत्तम ढकाल । लसएन्जलस । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको जारी निर्वाचन अन्तर्गत २०१७-१९ कार्यकालका लागि उम्मेदवारी दिएका अध्यक्ष प्रत्यासी गौरीराज जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार पूर्वीय समय अनुसार राति करिब ९:०० बजे उम्मेदवार जोशीले आफू अध्यक्ष पदको दौडबाट बाहिरिएको र आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी सहितको पत्र निर्वाचन आयोगलाई पठाएको आयोगले पुष्टि गरेको छ । यस अघि जोशीले आफूले उम्मेदवार हुन पाउनु पर्छ भन्दै टेनेसी अदालतमा दायर गरेको मुद्धा फिर्ता लिएको जानकारी मंगलबार मध्यान्ह फेसबुक मार्फत सार्वजनिक गरेका थिए । जोशीले आफ्नो उम्मेदवारी त्यागेको पत्र लगत्तै निर्वाचन सुचारु गर्ने तयारीमा रहेको आयोग
More

जनसम्पर्क समिति वेलायतको अधिवेशनका लागि कांग्रेसले प्रतिनिधी खटायो

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशनका लागि नेपाली कांग्रेसले प्रतिनिधी खटाएको छ । पार्टी केन्द्रीय कार्यालयको पत्रानुसार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे अधिवेशन प्रतिनिधीका रुपमा वेलायत आउन लागेका हुन् । १६ सेप्टेम्वर, शनिवारका दिन वेष्ट लण्डनस्थित हस्लोमा हुने सो अधिवेशनको लागि आवश्यक तयारी भैरहेको नेपाली जनसम्पर्क समिति वेलायतले जनाएको छ । नयाँ नेतृत्वको समेत चयन हुनेस सो अधिवेशनमा मतदान गर्न र उम्मेदवार बन्न चाहनेहरुका लागि आगामी आइतवार सम्मका लागि साधारण सदस्यता खुल्ला गरिएको छ । नयाँ नेतृत्वका लागि उपसभापति युवराज गुरुङले अध्यक्षमा औपाचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् भने शान्तविनोद लामिछाने र युवराज सिंहको नाम चर्चामा
More

एनआरएन यूकेको अध्यक्ष पद कस्को हातमा पर्ला ?

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्बरमा हुने निर्वाचनका लागि नेपालब्रिटेन डट कमले अनलाइन भोटिङ (पोल) खुल्ला गरेको छ । संघको अध्यक्षका लागि अहिले चर्चामा आएका अध्यक्षका उम्मेदवारहरु योग फगामी, कृष्ण तिमल्सिना, हिराधन राई पोलमा राखिएको छ । संघको निर्वाचनको लागि शनिवार अल्डरशटमा नोमिनेशन दर्ता गर्ने निर्वाचन समितिको तयारी छ । तपाई पनि आफ्नो मत जाहेर गर्नुहोस्
More

क्रान्तिकारीको २१ औँ माधिवेशन सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन (अनेरास्ववियु क्रान्तिकारी) को २१औँं राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । ‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि एकताको २१औँ राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित आजदेखि सुरु भएको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । सम्मेलनको बन्दसत्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्मृति भवनमा बिहीबारदेखि सुरु हुनेछ । सम्मेलनमा दुई हजार ७२ प्रतिनिधि रहेका छन् । यही भदौ ११ गते नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्न हुने संगठनका अध्यक्ष नरेन्द्रप्रसाद न्यौपानले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न पार्टी निकट विद्यार्थी संगठनका अध्यक्ष र प्रतिनिधिहरुले सफलताको शुभकामना दिनुभएको थियो । नेतृत्वमा
More

प्रधानमन्त्री देउवा र सकमक्षी मोदीबीच भेटवार्ता

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार दिउसो नयाँदिल्ली पुगेका देउवालाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गर्न पुगेकी थिइन् । देउवाले दिल्लीस्थित नेपाली दूताबासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन समेत गरेका छन् । भोलि विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु हुनेछ । तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवासंग ‘वार्मअप’ मिटिङ गरेका हुन् । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भोलिबाट औपचारिक छलफल हुने भएपनि त्यो भन्दा राजनीतिक तहबाट के
More

हिमानी ट्रस्टद्वारा राहत वितरण

कलैया । पूर्वयुवराज्ञी हिमानी शाहले बारा र पर्साका बाढी पीडितलाई राहत वितरण गरेकी छन । पूर्वयुवराज्ञी हिमानीले आज पर्साको पोखरीयाका बाढी प्रभावित एवम् पीडित पाँच सय घर–परिवारलाई त्रिपाल, चामल, दाल, नुन–तेल र चिउरालगायत सामग्री वितरण गरेकी हुन । यसअघि आजै उनले बारा भलुहीचौकका बाढी प्रभावित २ सय ५० परिवारलाई समेत राहत वितरण गरेकी थिइन । हिमानी आजै काठमाडौ फकर्ने कार्यक्रम छ । हिमानी ट्रष्टले भूकम्प पीडितका साथै प्राकृतिक विपत्तीमा परेकालाई सहयोग गर्दै आएको छ ।
More

गगन र शेखर किन पुगे निर्वाचन आयोग

काठमाडौं । नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं. ४ र ५ का नेता कार्यकर्ताहरुले बुढानिलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनका क्रममा अनियमितता भएको भन्दै तत्काल छानविन गर्न माग गरेका छन् । काँग्रेस नेता शेखर कोइराला, क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा सहित काँग्रेस नेता कार्यकर्ताहरुको टोलीले आज चार बुँदे मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै छानविन गर्न माग गरेको हो । बुढानिलकण्ठ नगरपालिकामा अनधिकृत रुपमा कार्यालय बाहिर संकलन गरीएका सम्पुर्ण मतदाता नामावलीको छानवीन गरि बदर गर्नु पर्ने र नगरपालिका कार्यालयमा संकलन गरिएका सवै मतदाता नामावलीको भने छानविन गरिनु पर्ने माग निवेदनमा गरिएको छ । त्यसैगरी कर्मचारी तथा जनप्रतिनिधिको अनधिकृत क्रियाकलापका कारण
More

पश्चिम बंगाल सरकारले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा बोलायो

काठमाडौं । पश्चिम बंगाल सरकारले अलग गोर्खाल्याण्डको माग राखेर आन्दोलन गरिरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा आउन आव्ह्वान गरेको छ । सम्वादहिनताको अवस्थालाई हटाउन तथा दार्जीलिङ्गको समस्या समाधानका लागि वार्ताका लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई बोलाएको पस्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बताएकी छन् । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वार्ता थाल्न आग्रह गर्दै पत्र पठाएको तथा त्यसको २४ घण्टा भित्रै आपूले अगस्ट २९ मा वार्ता गर्न जानकारी पठाएको उनले बताईन् । उत्तरी बंगालको बाढी प्रभावित क्षेत्रको भ्रमणबाट राज्य सचिब फर्किए लगत्तै वार्ता थाल्ने उनले बताईन् । मुख्य मन्त्री बेनर्जीले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्ताका लागि आव्ह्वान गर्दा गोर्खा जनमुक्ती मोर्चाको नाम
More

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा पुग्नुहुँदा स्वागत गर्नुहुँदै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराज । तस्बिर: रोशन सापकोटा
More

दिल्लीमा प्रधानमन्त्री देउवालाई स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुग्नुभएको छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आउनुभएको थियो । प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । अहिले प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा केही समयका लागि विश्राम गर्दै हुनुहुन्छ । आज अपरान्ह ३ बजे उहाँले नेपाली दूतावासमा
More

काँग्रेस नेता निधि कार्यबाहक सभापति

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोक्नुभएको छ । भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोक्नुभएको पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी सभापति देउवाले आजै नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) र अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित (काठमडौँ) लाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
More

प्रचण्डको हातबाट बाढीपीडितलाई लगभग ३५ लाख रुपैयाँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी ÷पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण गर्नुभएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिनुभयो । दलका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उप्रधानमन्त्री तथा मन्त्रीहरुको पनि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा सो दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक शर्मा, सचेतक सीता नेपाली तथा नेताहरु हरिवोल गजुरेल, अग्नी सापकोटा र शक्तिबहादुर बस्नेतको उपस्थिति रहेको थियो
More

एउटै वडाबाट एकसय ४७ मेगावाट विद्युत्

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढेपछि जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम शुरु गरेका छन् । नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम शुरु भएपछि स्थानीयले रोजगारका अवसरका साथै आर्थिक कारोबारसमेत बढेको छ । नारच्याङमा रोवर्ट्स इनर्जी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत् आयोजनाको दुई हजार ३०० मिटर लामो टनेलमा ९७० मिटर, पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टकलगायतका निर्माण कार्यले तीव्रता पाएको छ
More

पत्रकार महासंघमा विजयीको पूर्ण विवरण

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । विजयी भएपछि उहाँले महासंघका प्रतिनिधिले दिएको अभिमतलाई सम्मान गर्दै महासंघको साझा छवि कायम राख्न सबै पक्षसँग मिलेर काम गर्ने बताउनुभयो । महाधिवेशन यही भदौ ४ र ५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको थियो । पदाधिकारीहरूमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनका संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरूमा प्रेस
More

प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुभएको हो । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको बिदाइका लागि मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत
More