Daily Archives 24th August 2017

सरकारी विद्यालय अवलोकन गर्न वेलायती विद्यार्थी बाग्लुङमा

लन्डन-बेलायतस्थित लिभरपुलको एक विद्यालयमा अध्ययनरत विद्यार्थीले बाग्लुङ अमलाचौरस्थित पृथ्वी उच्च माध्यामिक विद्यालयलाई सहयोग उपलब्ध गराएका छन्। लिभरपुलको ब्लुकोट स्कुलमा अध्यनरत विद्यार्थीहरु आलेक्स क्रेग, जनथन लु र सन्देश शर्माले उक्त उच्च माविमा विज्ञान प्रयोगशाला निर्माणका लागि ३ लाख २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्। वेलायती विद्यार्थीहरुले लिभरपुल नेपाली समाजको सहयोगमा विभिन्न सुपरमार्केट व्याग प्याकिङ, स्वंयसेवा र अनलाइनमार्फत् सो रकम संकलन गरेका थिए। ती विद्यार्थीहरुले लिभरपुल नेपाली समाजको सहयोगमा विभिन्न सुपरमार्केट व्याग प्याकिङ, स्वंयसेवा र अनलाइनमार्फत् सो रकम संकलन गरेका थिए। अमलाचौर स्कुल एल्मुनाई एसोशियसनमार्फत् उपलब्ध गराइएको सो सहयोग मंगलबार पृथ्वी उच्च माविमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। कार्यक्रममा
More

नेपालको संविधानप्रति भारतको पुरानै धारणा

नयाँ दिल्ली । भारतले नेपालको संविधानप्रति पुरानै धारणा दोहोर्‍याएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबै नागरिकको आकांक्षा सम्बोधन गर्दै नेपालले संविधान कार्यान्वयन गर्ने’ पुरानै अपेक्षा दोहोर्‍याएका हुन् । यद्यपी, दुई चरणमा स्थानीय तहको निर्वाचन भएकोमा बधाई दिँदै मोदीले त्यसले प्रजातन्त्र तथा स्थायित्वलाई सुदृढ गर्ने आशा भने व्यक्त गरेका थिए । नेपालको आर्थिक समृद्धि र विकास भारतको चाहना रहेको बताएका भारतीय प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन देउवासँग विशेष छलफल भएको र हिमालय जति कै पुरानो मित्रतालाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने बताए । देउवाले आफूलाई
More

प्रधानमन्त्री देउवा र भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीबीच भेटवार्ता

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीबीच आज भारतीय राष्ट्रपतिको कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा अध्यक्ष गान्धीले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका लागि प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्नुभयो । उहाँले हालै नेपालको तराई भूभागमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई सशक्त र सुदृढ बनाउनका लागि जनस्तरको सम्बन्धलाई अझ विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।
More

दल मान्यताको आधिकारिकपत्र संसद् सचिवालयमा दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले निर्वाचन आयोगले नयाँ दलका रुपमा मान्यता दिएको आधिकारिकपत्र आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । संविधान सशोधन र सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा तीव्र मतभेद भएपछि राप्रपा विभाजन हुँदा उक्त दलको जन्म भएको हो । राप्रपाका कूल ३७ सांसदमध्ये नवगठित दलका पक्षमा १८ सांसद उभिनुभएको छ । नवगठित दलका नेता किरण गिरीका अनुसार सांसद दीपक बोहरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा, रामकुमार सुब्बा, रेशम लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, रमेशकुमार लामा, सइन्द्र वान्तवा, गीता सिंह, बबिताकुमारी मोक्तान, धानु महरा, गीता लुइँटेल, इस्तियाद अहमद खाँ, आनन्दी पन्त, सरोज शर्मा, कमलादेवी शर्मा र विराज विष्ट
More

जनसम्पर्क समिति वेलायतको उपसभापतिमा विनय अधिकारीले उम्मेदवारी दिने

बेलायत स्थित नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली काँग्रेस बेलायत जनसम्पर्क समितिको अधिवेशनमा युवा व्यवसायी विनय अधिकारीले आफ्नो उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि बेलायतमा रहेर नेपाली काँग्रेसमा आबद्ध अधिकारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका हुन् । अाउँदाे सेप्टेम्बर १६ मा हुन लागेकाे अधिवेशनमा हुने अधिवेशनमा अधिकारीले अाफ्रनाे उम्मेद्रवारी समग्र प्रवासी नेपालीहरुका लागि भएको बताए । ‘मेरो उम्मेदवारी बेलायतमा रहेका सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुको हक हित र नेपालका लागि हो ।’ उनले भने । अधिकारीले प्रवासमा रहेर आफ्नो देशका लागि धेरै नेपालीहरूले योगदान गरेको स्मरण गर्दै नेपाल सरकारले प्रवासी नेपाली प्रति हेर्ने दृष्टिकोण अझै प्रस्ट नभएको र आफू विजयी भएको
More

जनसम्पर्क समिति युएईद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

नारायण भुर्तेल, युएई । युएई- नेपाली जनसम्पर्क समिति युएईले झापा, मोरङ र सुनसरीका बाढीपीडितको निम्ति ४ लाख ३० हजार रुपैयाँ राहत रकम नेपाल पठाएको छ। केही दिन पहिले तराईमा आएको वर्षा र बाढीले धनजनको ठूलो क्षति भएको थियो। त्यसपछि नेपाली जनसम्पर्क समितिले केन्द्रिय कोषाध्यक्ष मणिकुमार लामाको संयोजकत्वमा हरि खड्का, ऋषि बस्याल, विनोद तमाङ, भूमिराज चालिसे तथा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहने गरी राहत संकल समिति गठन गरिएको थियो। समितीको केन्द्रिय र क्षेत्रीय समितिमा आवद्ध सदस्य, शुभेच्छुक र अन्य ईच्छुक नेपालीहरुबाट राहत उठाई कुल रकम १५ हजार ५ सय ३६ युएई दिराम अर्थात नेपाली ४ लाख ३० हजार रुपैया संकलन गरिएको
More

तीजमा भगवान शिवको पूजा

हरितालिका (तीज) का अवसरमा वीरगन्जको अलखिया मन्दिरमा बिहीबार भगवान शिवको पूजाआराधना गर्न पुगेको व्रतालु महिला सेल्फी लिँदै । तस्बिर: बिजयकुमार महतो
More

नेपाल र भारतबीच आठवटा समझदारी

काठमाडौं । नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज नयाँदिल्लीमा दुवै देशका अधिकारीले ती समझदारीपत्र आदानप्रदान गरेका हुन् । भारत भ्रमणमा जाने विदेशका उच्च पाहुनासँग भेटवार्ता हुने हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्ता र सोही स्थानमा आयोजित विशेष समारोहमा दुवै देशका प्रधानमन्त्री, मन्त्रिगण र उच्च पदाधिकारीको उपस्थितिमा सम्बद्ध अधिकारीले आजै ती समझदारीपत्र आदानप्रदान गरेका हुन् । भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित चार र मेची पुल निर्माण, लागुऔषधको
More

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन्छौँ : राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । “पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिन्छौँ,” पार्टीको निर्णयमा उल्लेख छ । पार्टीद्वारा दुईदिने केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको ठहरसमेत बैठकले गरेको छ । बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने आठवटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने
More

नर्दन आयरल्याण्डमा पनि तिज मनाईयो

धर्मराज अधिकारी । बेलफास्ट। नेपाली हिन्दु महिलाहरुले विशेष महत्वको साथ मनाउने हरीतालीका तिज पर्व स्वदेश तथा विदेशमा हर्षोल्लासको साथ मनाइएको छ । धार्मिक विश्वासका साथ हिन्दु महिलाहरुले मनाउने यस पर्व नेपालबाट सात समुद्रपारी बेलायतमा पनि नेपालका राष्ट्रिय बलाकारहरुको साथमा मनाइयो । बेलायतको नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुले पहिलो पटक नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा तिज कार्यक्रम मनाएका छन् । बुधबार बेलफास्टस्थित स्थानीय सामुदायिक भवनमा कलाकारद्धय राजु ढकाल र जमुना रानाका साथमा उनीहरुले तिज मनाएका हुन । नर्दन आयरल्याण्डमा बसोबास गर्ने नेवालीहरुको साझाा संस्था नेप्लिज कम्युनीटि इन नर्दन आयरल्याण्डको पहलमा सम्पन्न उक्त कार्यक्रममा करीब दुई सय नेपालीहरुको सहभागिता रहेको अध्यक्ष्ँ लिलाराम निउरेले बताए
More