Daily Archives 25th August 2017

आयोगको कार्य त्रुटीपूर्ण छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) लाई दलका रुपमा मान्यता दिने निर्वाचन आयोगको कार्य त्रुटीपूर्ण रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आवश्यक सदस्य पु-याउन नसक्दा पनि राप्रपा (प्रजातान्त्रिक) लाई दलको मान्यता दिइएको आरोप लगाउनुभयो । प्रक्रिया पूरा नभएका पार्टीलाई मान्यता दिने नजिर स्थापित भए अन्य दल पनि गलत प्रक्रियाको शिकार बन्ने बताउँदै उहाँले भन्नुभयो, उक्त दलले ६६ सदस्य रहेको भनी आयोगमा दावी गरेकामा पाँच सदस्यको कीर्ते दस्तखत गरिएको चार सदस्य मुलधारको पार्टीमा फर्केका छन् ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सार्वभौम संसदले संविधान संशोधनको विषयमा निर्णय गरिसकेपछि
More

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नेपालका लागि दुवै गोल आकाश नेपालीले गरे । उनले खेलको छैटौंँ मिनेटमा पहिलो तथा ३० औं मिनेटमा दोस्रो गोल गरे । रन्दीप पौडेलको क्रसमा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरेका थिए । दोस्रो गोल भने दर्शन गुरुङले मैदानमा दिएको बल दीपक भन्डाराले हेड गरे । उक्त
More

माओवादी अब नहार्ने अध्यक्ष प्रचण्डको दाबी

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ । संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उहाँले मूल्याँकन थियो । पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।” उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गर्नुभयो । संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको
More

राजपाको कार्यक्रममा दुई समूहबीच झडप

वीरगन्ज । स्थानीय तहको निर्वाचनमा सहभागी हुने घोषणा गरेको दोस्रो दिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दुई समूहबीच वीरगन्जमा झडप भएको छ । वीरगन्ज महानगरपालिकालगायत विभिन्न गाविसको उम्मेदवार छनोटका लागि शुक्रबार कुमुप्यालेस होटलमा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहँदा केन्द्रीय महासचिव राजेशमान सिंह श्रेष्ठ र विमल श्रीवास्तव समूहबीच झडप भएको हो । वीरगन्जको प्रमुख पदको उम्मेदवारका आकांक्षी रहेका नेता श्रीवास्तव र सिंहबीच टिकट पाउन होडबाजी भइरहँदा दुई पक्षबीच झडप भएको हो ।
More

सभामुख घर्तीद्वारा अध्यक्ष आचार्यलाई शुभकामना

सभामुख ओनसरी घर्ती नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई शुक्रबार महासंघमा आयोजित पदभार ग्रहण कार्यक्रममा शुभकामना दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
More

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो— “प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधन प्रक्रियालगायतका विषयमा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पु-याएको छ ।” बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा आपत्तिजनक भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले बाढी पहिरो र डुबानपीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई
More

सशस्त्र प्रहरी जवान हत्यामा दुई युवतीसहित ६ जना पक्राउ

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ । ‘‘हामीले अहिलेसम्म १२ जनालाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धानका क्रममा सोधपुछ गरिसक्यौं ।’’ कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भन्नुभयो–“अनुसन्धान
More

चुल्ठो काटिने भयले महिला त्रस्त

रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रुपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रुपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् । उनीहरुको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । कपाल काटिएको देखेपछि बेहोस भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भन्नुभयो, “केही समय
More

महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन् । महासङ्घद्वारा यहाँ आज आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गर्नुभयो । यही भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित हुनुभएको थियो । महासङ्घमा पदाधिकारीसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस्तै लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको थियो । नवनिर्वाचितलाई
More

एनआरएनए यूकेको महासचिवमा फडिन्द्र भट्टराईको उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिवमा पत्रकार फडिन्द्र भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी सेप्टेम्बर ९ तारिखमा हुने अधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन् । बिहिबार सांझ प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा साउथ इष्ट लन्डन क्षेत्रका सामाजिक अगुवाहरु एबं सञ्चारकर्मीमाझ भट्टराईले उम्मेदवारी दिने घोषणा गरे । उनी पत्रकारिता, साहित्य र समाजसेवामा उत्तिकै सक्रिय छन् । भट्टराईले सामाजिक अगुवाहरुसँग निरन्तर परामर्श, आफ्नो आत्मविश्वास, अनुभवले उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘भावी कार्यसमितिको कार्यदिशालाई कार्यान्वयन गर्न मेरो गहन भूमिका रहनेछ ।’ दुई दशकदेखि बेलायतमा रहेका भट्टराई गुल्मी जिल्ला समाज यूकेका वर्तमान उपाध्यक्ष हुन् । साउथ इष्ट
More