Daily Archives 26th August 2017

एनआरएन अध्यक्ष घले लण्डनमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष शेष घले लण्डन आएका छन् । घले भोली आइतबार तमुधीं यूकेको लण्डनस्थित क्याम्पटन पार्कमा आयोजना हुन लागेको नवौं नेपाली मेलामा बिशेष अतिथिको रुपमा सहभागी हुन लण्डन आएका हुन् । घलेसंगै एनआरएनए आइसीसी सदस्य जमुना गुरुङ समेत शनिवार साँझ लण्डन आइपुगिन् । घलेलाई एनआरएनए युरोपका संयोजक कुल आचार्य, आईसीसी सल्लाहकारद्धय डमर घले, विश्व आर्दश पण्डित, आईसीसी सदस्य जयप्रकाश गुरुङ, पूर्व अध्यक्ष योगेन क्षेत्री र एनआरएनए युकेका उपाध्यक्ष योग कुमार फगामी लगायतले हिथ्रो एयरपोर्टमा स्वागत गरेका थिए । यस्तै तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, तमुधिं आमा समूहकी अध्यक्ष प्रेमा गुरुङ, ,
More

एनआरएन यूकेको निर्वाचनमा ४ पत्रकार चुनावी मैदानमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार ४ जना पत्रकारले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । २७ पदका लागि हुने निर्वाचनमा ५३ जनाको उम्मेदवारी परेको छ । जसमध्य ४ जना सकृय पत्रकार छन् । नेपाल पत्रकार महासंघ यूकेका शाखाका पूर्वअध्यक्ष चिरन शर्माले संघको केन्द्रिय सदस्य (आइसीसी) को लागि उम्मेदवारी दर्ता गरेका छन् । यस्तै सेतोपाटी डट कमको लागि वेलायत संवाददाता फडिन्द्र भट्टराईले महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका छन भने नेपालब्रिटेन डट कमका सम्पादक नारायण गाउँलेले सचिव पदमा उम्मेदवारी दिएका छ । पत्रकार विरेन्द्र श्रेष्ठले युवा संयोजकमा
More

यी हुन् एनआरएन यूकेको ५३ उम्मेदवार

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ९ सेप्टेम्वरमा हुन गइरहेकोको ७ औं महाधिवेशनमा नेतृत्वको लागि त्रिपक्षय भिड्न्त हुने भएको छ। एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार ३ बजे भित्र अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परे पछि त्रिपक्षीय भिडन्त पक्का भएको हो । अध्यक्षमा लागि कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राईले नाम दर्ता गराएका छन् । तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवालले उम्मेदवारी दर्ता गरेका छन् । सबै पदमा कुल ५३ जनाको उम्मेदवारी परेको छ ।
More

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त (भिडियो)

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ९ सेप्टेम्वरमा हुन गइरहेकोको ७ औं महाधिवेशनमा नेतृत्वको लागि त्रिपक्षय भिड्न्त हुने भएको छ। एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार ३ बजे भित्र अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परे पछि त्रिपक्षीय भिडन्त पक्का भएको हो । अध्यक्षमा लागि कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राईले नाम दर्ता गराएका छन् । तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवालले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा ६ जना चाहिनेमा ११, महासचिव ३ जना, उपमहासचिवमा २ जना, सचिव ४ जना,
More

नब्बे प्रतिशत न्यायाधीश घुस खान्छन्

धुलिखेल । मुलुकी फौजदारी विधेयकका विषयमा सञ्चार माध्यममार्फत् प्रचारप्रसार गर्नुपर्नेमा आज एक कार्यक्रममा जोड दिइएको छ । विसं १९१० मा बनेको मुलुकी ऐनलाई विसं २०७५ भदौ १ गतेदेखि प्रतिस्थापित गर्ने गरी व्यवस्थापिका–संसद्बाट पारित भइसकेको यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । प्रमाणीकरण भएर लागू हुनुअघि यसमा गरिएका व्यवस्थाका विषयमा नागरिकलाई जानकारी गराउने उद्देश्यले सञ्चार माध्यमले यससम्बन्धि सामग्री प्रकाशन÷प्रसारण गरिनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा जोड दिइयो । व्यवस्थापिका–संसद्को विधायन समितिको आयोजना र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा शुक्रबार र शनिबार धुलिखेलमा भएको दुईदिने कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै समितिका सांसदहरुले यस विषयमा जोड दिनुभएको हो । सांसद राधेश्याम अधिकारीले
More

वडाध्यक्षको हत्या

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ । गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो । आक्रमणबाट गम्भीर घाइते हुनुभएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला पर्नुभएको थियो । नेकपा एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमासमेत हुनुहुन्छ । उहाँ जिल्लामा सामाजिक अभियन्ताको रुपमा समेत परिचित हुनुहुन्थ्यो । जिल्ला प्रहरी कार्यालय, धुलिखेलका
More

शेयर बजार : तीन अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो । गत साता कुल १७८ कम्पनीको रु तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार बराबरका ८४ लाख ४६ हजार ४६० कित्ता शेयर खरिद–बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ६१७ दशमलव ८१ अङ्कमा पुगेको छ । ‘क’
More

सप्तऋषिको पूजा

वीरगन्जको रानीघाटस्थित बाबामठ परिसरमा शनिबार सप्त ऋषिको पूजा गर्दै महिला । तस्बिर : बिजयकुमार महतो
More

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको अध्यक्ष प्रचण्डको दाबी

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताउनुभएको छ । प्रेस सेन्टरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरुले थाहा पाइसक्नु्भएको छ ।” अन्ततः राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब सबैको
More

लण्डन राजदरबार नजिकै ‘आक्रमण प्रयास’, दुई प्रहरी घाइते

लण्डन । ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका प्रहरीले शनिबार जनाएको छ । आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामो एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारीसाधन नजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् । चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पु-याइएको छ । अधिकारीहरुका अनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ । यसैबीच घटना भएका बेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ । घटना
More