Daily Archives 27th August 2017

देउवाको कार्यशैलीप्रति पौडेलको निरन्तर आक्रोस

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार तनहुँको दमौलीमा पत्रकारहरुसँग नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले पार्टीमा छलफल नै नगरी विमलेन्द्र निधिलाई कार्यबाहक दिएकोमा आपत्ति जनाए । देउवाको कार्यशैली बेठीक भएपनि भारत भ्रमण भने सफल रहेको पौडेलको दाबी थियो । उनको आक्रोस यो पहिलो पटक भने होइन । यसअघिका कार्यक्रममा पनि वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले संसदीय समिति नबनाइँदा २ नम्बर प्रदेशको उम्मेदवारी टुंग्याउन भद्रगोलको अवस्था आएको पनि बताए । नेता पौडेलले प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेपालको राष्ट्रिय झन्डा र
More

दस्तखत छानबिनको माग गर्दै राप्रपाद्वारा रिट निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो दल विभाजनका क्रममा प्रयोग गरिएका केही कीर्ते दस्तखतको छानबिनको माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता गराएको छ । पार्टीका नेता सुशीलकुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिल विकास राजभण्डारी, सविनासिंह शाह र निरञ्जन थापासहित अदालत गएको प्रतिनिधिमण्डलले कीर्ते हस्ताक्षरलाई आधार बनाएर दल विभाजन गरिएकाले त्यसको खारेजीका लागि रिट दर्ता गराउनुभएको प्रवक्ता भूवन पाठकले जानकारी दिनुभयो । पार्टीका नेतालाई अन्य प्रयोजनका लागि गराइएको हस्ताक्षर दुरुपयोग गरी आवश्यक दस्तखत पु-याउन ती हस्ताक्षर देखाएर दल विभाजन गरिएको पार्टीले जनाएको छ । गत साउन २२ गते सोही पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले दल विभाजनका लागि
More

नेपाल उपविजेतामा सीमित

काठमाडौं । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान दुई–एक गोल अन्तरले नै पराजित गरेको थियो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । मध्यान्तरसम्म नेपाल एक–शून्यले अगाडि रहेको थियो । खेलको ४१औँ मिनेटमा नेपालका लागि ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेका थिए । भारतीय डिफेण्डरले नेपालका रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएको थियो । मध्यान्तरपछि भारतले दुई गोल गरयो । खेलको ५९औँ मिनेटमा लालरोकिमाले गोल गर्दै खेललाई
More

टाइफाइड भएपछि स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पतालमा भर्ना

काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना हुुनुभएको छ । वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिनुभयो । उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उहाँले भन्नुभयो, “आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार शुरु गरी औषधि सुरु भइसकेको छ ।” वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न हुुनुहुन्छ । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुग्नुभएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको
More

हुबहु र कपीपेस्ट पत्रकारिता मौलाउँदै

काठमाडौं । निर्देशित, नियन्त्रित र पक्षगत धारणलाई समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रियाकलापको अन्त गर्न माग गरिएको छ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताले सो धारणा राख्नुभएको हो । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता २०७३ र प्रदेश नं २ को स्थानीय तह निर्वाचनमा पत्रकारको भूमिकाको सन्दर्भलाई जोडेर सांसद डा शिवजी यादवले पत्रकारले निष्पक्ष, स्वतन्त्र र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । आगामी असोज २ गते प्रदेश नं २ मा पर्ने सर्लाही, सिराह, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा तेस्रो चरणमा
More

छ देशमा श्रम सहचारी नियुक्त

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ । दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स (युयई)को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त हुनुभएको छ । काउन्सेलरमा नेपाल सरकारका उपसचिवस्तरका र सहचारीमा अधिकृतस्तरका कर्मचारी रहने व्यवस्था छ । काउन्सेलर र सहचारी नियुक्ति तथा छनौटसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ को मूल्याकंन प्रक्रियाबमोजिम प्राप्ताङ्कका आधारमा उनीहरुलाई छनौट गरिएको मन्त्रालयले जनाएको छ । यसअघि सहचारी नियुक्तिका लागि सहज मापदण्ड रहेकामा यसपटक अङ्ग्रेजी भाषालाई उच्च प्राथमिकतामा राख्दै कार्यविधि बनाएर
More

मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

काठमाडौं । मदन पुरस्कार गुठीले विसं २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ । गुठीको आज बसेको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले राससलाई जानकारी दिनुभयो । यसैगरी, बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत दुर्गा बराल (वात्स्यायन) लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । “विसं २०७३ मा प्रकाशित भई गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख, गुहाचित्र एवम्
More

प्रधानमन्त्री आज फर्किंदै, भारत भ्रमण उपलब्धिमुलक

काठमाडौं । छिमेकी मुलुक भारतको ५ दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ। देउवासहितको टोली आज राति ८ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिबार तिरुपती बालाजीको दर्शनसँगै बोधगया पुग्नुभएका प्रधानमन्त्री देउवा आइतबार दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किंदै हुनुहुन्छ।
More

प्रम देउवाद्वारा बोधगया दर्शन

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहार राज्यस्थित बोधगया दर्शनका लागि प्रवेश गर्नुहुँदै । बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो । तस्बिर : रोशन सापकोटा
More

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । बुधबारदेखि सुरु क्रान्तिकारीको २१आँै राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आज मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज निर्वाचन मनोनयन भएपछि मंगलबार ३३ पदाधिकारीसहित २३४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ । आज निर्वाचन गर्ने भनिए तापनि समयाभावका कारणले मंगलबारका लागि सारिएको हो । क्रान्तिकारीमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन हँुदैछ ।
More