Daily Archives 29th August 2017

‘छमछमी नाचेर पूर्वविद्यार्थीले जुटाए विद्यालयलाई सहयोग’

बाग्लुङ । अमलाचौर । नेपाली नारीहरुको महानचाड तीज पर्वलाई समेत परोपकारी काममा प्रयोग हुन थालेको छ । यसै बीच बाग्लुङ जिल्लाको १२ नम्वर वार्डको अमलाचौरमा रहेको पृथ्वी उच्च माविका पूर्वविद्यार्थीहरुको समूहले तीज प्रतियोगिता गरेर उठेको रकम विद्यालय निमार्णमा खर्चिने भएका छन् । अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ (आशा) द्धारा आयोजित वृहत तीज गीत प्रतियोगिताको अवसर पारी सदस्यता विस्तार अभियान सञ्चालन गरि संकलन भएको सहयोग विद्यालय हाताभित्र लाईब्रेरी, विज्ञान प्रयोगशाला निमाणको लागि सहयोग संकलन भएको हो । वडा महिला सञ्जाल तथा अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघको संयुक्त आयोजनामा वृहत तीज गीत प्रतियोगिता हालै सम्पन्न भएको छ । १० समूहले भाग लिएका
More

एमालेको भेलामा ढुङ्गामुढा

काठमाडौं । नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको छ । जनसंगठनको प्रदेश नं २ स्तरीय भेला चलिरहेका बेला आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिव गोकर्ण विष्टलगायत सहभागी कार्यक्रममा अशान्ति मच्चाइनु निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको भएको सो पार्टीको आरोप छ । एमालेका सचिव योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा यथोचित शान्तिसुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् कुरा हो । हाम्रो पार्टी यस्ता कुत्सित षड्यन्त्रप्रति सजग रहन प्रदेश नं २ का आम जनसमुदायलाई आह्वान गर्छ । हुलहुज्जत गर्ने अराजक
More

डा. केसी अस्पताल भर्ना

काठमाडौं । बाढी पीडितको उपचारका लागि सप्तरी पुगेका डा. गोविन्द केसी काठमाडौं फर्किएपछि बिरामी भएका छन्। सोमबार काठमाडौं फर्किएका उनलाई अत्यधिक पेट दुख्ने भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हाल उनको शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ। डा. केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्। ‘सरलाई हिजोदेखि अत्याधिक पेट दुखेपछि अस्पताल भर्ना गरिएको हो, उहाँलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने अनुमान गरिएको छ’ केसीका सहयोगी डा. सुमन आर्चायले भने। चिकित्सा शिक्षा सुधारको माग राख्दै साउन पहिलो हप्तादेखि २३ दिन अनशन बसेका उनले बाढी र डुवानका कारण ठूलो जनधनको क्षति भएपछि साउन ३१ गते
More

साउदीमा एक नेपालीको मृत्यु

रुकुम । रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका–९ झुलाका २४ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो । पन्ध्र महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा मृत्यु भएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उहाँकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् ।
More

महामन्त्री कोईराला चितवनमा

नेपाली काँग्रेस चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा सहभागी नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालासहित नेताहरु । तस्बिर : नारायण अधिकारी
More

पत्रकार थापाको ‘रजगज’ बजारमा

काठमाडौं । पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा आएको छ । राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारलाई उजागर गरिएको पुस्तकलाई पत्रकार थापाले निकै सरल र सटिक रुपमा प्रस्तुत गर्नुभएको छ । जम्मा ३५४ पृष्ठको पुस्तकमा नौ विषयसूची क्रमशः दरबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको शृङ्खला, समानान्तर सत्ता र फितलो कार्यान्वयन रहेको छ । उक्त पुस्तकको आज एक कार्यक्रममा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारको विविध पाटोलाई छर्लङ्ग पारिएको पुस्तक भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेज हुने बताउनुभयो । उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारलाई निमूर्ल गर्न अभियान नै चलाउन जरुरी भएको उल्लेख
More

पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन आउने : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मध्यमश्चिमाञ्चल क्षेत्रका विकासमा कायापलट ल्याउने आयोजना पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “ती दुई परियोजनाका डिपिआरका अतिरिक्त ती क्षेत्रमा सुख्खा बन्दरगाह, प्राविधिक शिक्षालय बन्दैछ ।” गौरा पर्वको उपलक्ष्यमा प्रशंसा संरक्षण समूहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गरी यसको सर्वस्वीकार्यतामा आफूले जोड दिएको बताउनुभयो । भाषा, संस्कृति, कलाका विविधताले नै नेपालको एकतालाई अक्षुण्ण बनाएको चर्चा गर्दै उहाँले यही सुन्दर एकताले नै देशलाई समुन्नत तथा बलियो बनाएको छ भन्नुभयो । सो अवसरमा विभन्न कलाकार तथा संस्कृतिकर्मीले गौरा पर्वमा गाइने लोकगीत
More

धादिङ्ग नुवाकोट समाज यूकेद्धारा राहत वितरण

लण्डन । केही हप्ता अघी आएको अबिरल बर्षा तथा नेपालको तराईको बिभिन्न भूभागमा भएको डुबान प्रभाबित क्षेत्रमा राहत वितरण गरिएको छ । धादिङ्ग नुवाकोट समाज यूकेद्धारा संकलित रकम संस्थाकै नेतृत्वमा बाढी प्रभाबित क्षेत्रमा राहत स्वरुप बितरण गरिएको हो । संस्थाका अध्यक्ष सीबी तामाङ्गका अनुसार उपाध्यक्ष ईन्जिनियर देब तामाङ्गको नेतृत्वमा गायक बिरुलामा र समाजसेवी जगत बहादुर तामाङको टोली सो राहत वितरण गर्न सर्लाही पुगेको थियो । टोलीले सर्लाही हरकटुवा गाउंपालीकाका १०० घर हरीवन मोहनपुर मा ४६ घर तथा लालबन्दीमा ७९ घर धुरीको प्रत्येक परिवारको लागी म्याट्रेश, ३० केजी चामल, ३ केजी चिनी, ५ लिटर तेल, चियापत्ती, ब्रसटुथपेष्ट तथा झुल बितरण गरेको
More

बन्दीहरु मुढा बनाउन व्यस्त

नुवाकोट कारागारका बन्दीहरु मुढा बनाउन व्यस्त । यहाँ बनाएका मुढा गुणस्तरीय हुने भएकाले चीनको केरुङ बजारमा बढी बिक्री हुने गरेको छ । तस्बिर : रामहरि न्यौपाने
More

पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई

मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए । समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो । श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए । विमानस्थलमा रश्मिकोे प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश्मि अर्कै केटासँग गइन् । रमेशले कमाएको पैसा अनि सम्बन्ध पनि त्यही दिनदेखि सकियोे । रमेश एक्ला भए । वैदेशिक रोजगारका क्रममा पुरुषकै कारण पनि धेरै घरबार उजाडिएका उदाहरण छन् । झापा धरमपुरका मनमाया (नाम परिवर्तन) लिम्बू घरमा
More