Daily Archives 30th August 2017

वेलायत जनसम्पर्क समितिको सभापतिमा सिंहको उम्मेदवारी

काठमाडौं । आगामी सेप्टेम्वर १७ तारिखमा हुन गइरहेको नेपाली कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंह र युवराज गुरुङ्गले उम्मेद्वारी घोषणा गरेका छन् । १६ सेप्टेम्वरमा हुने अधिवेशनलाई लामो समयदेखि वेलायतमा विभिन्न समुहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकता अधिवेशनको रुपमा हेरीएको छ । सभापतिका प्रत्यासित उमेद्वार सिंह नेपालको विद्यार्थी राजनीतिकदेखि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यको रुपमा काम गरेका थिए । भने अर्का उमेद्वार युवराज गुरुङ्ग संखुवासभा जिल्लामा जन्म भई हंंकंङहुदै वेलायत पुगेका हुन् । गुरुङ्गले जनसम्पर्क समितिको उपाध्यक्ष पद समेत सम्हालिसकेका छन् सिंह विगत ८ वर्षदेखि बेलायत बसाईको सुरुवात देखि नै जनसम्पर्क समितिमा निरन्तर रुपमा क्रियाशील
More

बालिकाको मृत्युसंगै नर्भिक अस्पतालमा तोडफोड

काठमाडौँ । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि थापाथलिस्थित नर्भिक अस्पतालमा तोडफोड भएको छ । उपचारमा संलग्न नर्भिक अस्पतालका बाल विशेषज्ञ डाक्टर विनिता जोशी र डा. रितु लामिछानेलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ । अस्पताल प्रशासन, स्वास्थ मन्त्रालयका सहसचिव डा. विकास देवकोटा, प्रहरी र मृतकका आफन्त लगाएतको छलफलमा निष्पक्ष छानविन आयोग गठन गर्ने सहमति भएको छ । डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको भन्दै मृतकका आफन्त र सर्वसाधारणले अस्पताल तोडफोड गरेका हुन् । डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मंगलबार दिउँसोदेखि नै अस्पताल परिसर तनावग्रस्त बनेको थियो । अस्पतालले बच्चाको मृत्युमा आफ्नो गल्ती नस्वीकारेपछी परिवार र आफन्तले सडक आन्दोलन
More

ड्यूटीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार

चितवन । ड्यूटीमा रहेका प्रहरी जवान ताराप्रसाद पोख्रेल माथि आज दिउँसो खुकुरी प्रहार भएका छ । भरतपुर महानगरपालिका वडा नम्वर ३ पोखरा वसपार्कमा ड्यूटीमा रहेका पोख्रेल माथि भरतपुर महानगरपालिका वडा नम्वर २ क्षेत्रपुर निवासि वर्ष ३० का दिलिप सुनारले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक शिब शर्मा आचार्यले जानकारी दिए । प्यूठान जिल्ला झिम्रुक घर भई वडा प्रहरी कार्यालय नारायणगढ दरबन्दी रहेका पोख्रेल ड्यूटीमा रहेको समयमा दिउँसो २ः४० बजे सुनारले खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहार गर्ने सुनारलाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको छानबिन भईरहेको नायब उपरिक्षक आचार्यले बताए । खुकुरी प्रहारबाट
More

आजैबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले मसिंरमा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजैबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोग ऐन २०७३ को दफा २२ को अधिकार क्षेत्र प्रयोग गरेर आचार संहिता लागू गरेको जानकारी दिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदशिता र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको भन्दै आयोगले सहयोग गर्न दल र प्रमुख नेतालाई आग्रह गरेको छ । सरकार, सरकारका मन्त्री सरकारी निकाय, सार्वजनिक संस्थान लगायतको हकमा आचारसंहिता जारी गरेको निर्वाचन आयोगले उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिबाट लागू हुने जनाएको छ । तेश्रो चरणको
More

नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा, साढे ४ करोड रुपैयाँ उठाउने तयारी (यस्तो छ– खर्च विवरण)

काठमाडौं । एपी–वान टेलिभिजनले सञ्चालन गरिरहेको रियालिटी सो नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । सेप्टेम्बर २२ (असोज ६) गते हुने ग्रान्ड फिनालेका लागि एभरेस्ट युथ एसोसिएसन र आनेक्स वान इन्टरनेशनलले व्यवस्थापनको जिम्मा लिएको छ । कार्यक्रम एसियन टाउनको क्रिकेट मैदानको स्टुडियमा हुने तय गरिएको छ । प्रतियोगिता आयोजनाका लागि १५ लाख रियाल उठाउने तयारी भएको छ । १५ लाख रियाललाई नेपाली रुपान्तरण गर्दा लगभग साढे ४ करोड रुपैयाँ हुन्छ । यो रकम प्रायोजक र टिकट बिक्रीबाट उठाइने आयोजकहरुले दाबी गरेका छन् । व्यवस्थापन कम्पनीले यति धेरै रकम उठाए पनि एपी वान टेलिभिजनले ५० लाख रुपैयाँ मात्र पाउने
More

अबदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट

ललितपुर । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनमा जडान गरिने नयाँ प्रविधिको उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटले सवारी साधनको सुरक्षा मजबूत हुने बताउनुभयो । नम्बर प्लेटसँगै सवारी साधनमा राखिने रेडियो फ्रिक्वेन्सी आइडेन्टीफाइ डिभाइस (आरएफआइडी) स्टिकरले गाडीको बारेमा सम्पूर्ण जानकारी पाउन सकिने उहाँको भनाइ छ । आरएफआइडी स्टिकरमा जडान गरिएको एन्टेनाले सवारी साधन कहाँ र कति दुरीमा पुगेको छ भन्ने जानकारी थाहा पाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार आगामी पाँच वर्षभित्र २५ लाख
More

बाढी पीडितलाई कतार फन्टको साढे २ करोड

काठमाडौं । तराई क्षेत्रका बाढी पीडितलाई आवास, खानेपानी तथा सरसफाइ र स्वास्थ्य क्षेत्रमा आफ्नो मानवीय सेवा जारी रहेको कतार रेडक्रिस्सेन्टले जनाएको छ । ती क्षेत्रमा यसका लागि आगामी दिनमा उसले कतार फण्डको करिब दुई करोड ५० लाख आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटीमार्फत खर्च गर्ने प्रतिबद्धतासमेत जनाएको छ । कतार रेडक्रिस्सेन्टद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका सम्बन्धित जिल्ला शाखाको समन्वयमा बाढी पीडितलाई अस्थायी बासस्थानका लागि त्रिपाल, तारपोलियन, गैरखाद्य पदार्थ, झूल, सरसफाइका लागि आवश्यक सामग्री वितरण जारी रहेको जानकारी दिएको छ । साउनको अन्तिम साता आएको बाढीका कारण तराईका ३२ जिल्ला प्रभावित भएका थिए । ती जिल्लामा गृह मन्त्रालयका
More

पत्रकार सम्मेलन

तराईका वाढी पीडितलाई आवास, खानेपानी, सरसफाई तथा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको बारेमा जानकारी दिन कतार रेडक्रिस्सेन्टले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर: नवीन पौडेल
More

छोराको कुटाइबाट आमाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
More

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ । नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाउनुभएको हो । सो आयोग गत साउन १५ गते गठन भएको थियो ।
More