Monthly Archives September 2017

फोटोमा हेर्नुहोस् वेलायतमा दशैं (फिचर)

लण्डन । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी नेपाल लगायत विदेशमा समेत उत्साहका साथ मनाइएको छ । शनिवार वेलायतस्थित नेपाली समूदायतले नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् । बडादशैँको दिन वेलायतका लागि नेपाली डा. राजदूत दुर्गा वहादुर सुवेदीले लण्डन दूतावासमा कार्यरत कर्मचारी तथा उनको परिवारलाई टीका लगाइदिए । यस्तै वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीसंग सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि लण्डनस्थित हिन्दू मन्दिरहरुमा समेत चहलपहल बढेको थियो । नेपालमा जस्तै दिनभर नेपालीहरु विभिन्न पहिरनमा सजिएर
More

प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका (फोटो फिचर)

लण्डन । पहिलो पटक वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बडादशैँ—२०७४ को अवसरमा लण्डनमा सर्वसाधारणलाई टिका लगाइदिएका छन् । वेलायत सरकारको औपाचारिक भ्रमणमा आएका पराजुलीको हातबाट लन्डनस्थित हन्स्लोमा जम्मा भएका नेपालीहरुले टिका ग्रहण गरे । शुक्रवार टकाकट रेष्टुरेन्टमा आयोजित टिका ग्रहण कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदी लगायतले टिका ग्रहण गरेका थिए । यसअघि पराजुलीको सम्मान मा नेपाली दूतावास लण्डनले एक विषेश समारोहको आयोजना गरेको थियो । पराजुलीले यही ३ अक्टोबरमा बेलायती लर्ड चिफ जस्टिससंग भेट्ने कार्यक्रम छ । उनले सो भेटमा नेपाल र ब्रिटिश सरकारबीच कानुनी क्षेत्रमा सहयोग आदानप्रदानबारे कुराकानी हुने वताएको छ ।
More

विजयादशमी

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।
More

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ — ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । वडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताउनुभएको छ । ‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँ र नगरको विकास र समृद्धिको ढोका पनि खोलेको छ, जननिर्वाचित प्रतिनिधिहरुले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकारको सही ढंगले प्रयोग गर्न सकेमा मुलुकको आर्थिक विकास र
More

नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्–पूर्व राजा

पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश दिँदै उहाँले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । सन्देशमा उहाँले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गर्नुभएको छ । यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विजयादशमीको शुभ अवसरमा शुभकामना सन्देश दिँदै नवदुर्गा भवानीले नेपालीबीच शान्ति, सद्भाव र एकता कायम गरी सिंगो मुलुकको समृद्धिको यात्रामा अघि बढ्न पे्ररणा प्रदान
More

पहिलो पटक कार्यकर्तालाई टीका लगाउँदै राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलो पटक पार्टीका नेता, कार्यकर्तालाई शुभेच्छुकलाई विजयादशमीको टीका लगाउनुहुने भएको छ । राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थनलाई टीका लगाइने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विजयादशीमा अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ
More

वरिष्ठ नेता पौडेलद्वारा टीका ग्रहण

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गर्नुभएको छ । राजधानीको कलंकीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गर्नुभएको हो । त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइदिनुभयो ।
More

राष्ट्रपति भण्डारीलाई टीका प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाईदिनुभयो । सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिनुभयो । राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज
More

प्रधानन्यायधिश पराजुलीको सम्मानमा लण्डन दूतावासमा विशेष समारोह (फोटो फिचर)

लन्डन । बेलायतको भ्रमणमा आएका प्रधानन्यायधिश गोपालको सम्मान नेपाली दूतावास लण्डनले एक विषेश समारोहको आयोजना गरेको छ । शुक्रवार नेपाली दूतावास लण्डनमा आयोजित कार्यक्रममा उपस्थित अतिथिहरुलाई बेलायतका लागि नेपाली राजदूत दूर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिलाई खादाले सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानन्यायधिश पराजुलीको साथमा आएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, जिल्ला न्यायधिश बिदुर कोइराला, श्रीमति पराजुली, कलाकारहरु कालीप्रसाद बास्कोटा, हेमन्त राना, सुष्मा कार्की लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेका थिए । कार्यक्रममा वेलायतस्थित बिभिन्न संघसंस्था तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको बाक्लो
More

डा. बद्री केसीद्धारा एनआरएनए महासचिव पुनः उठ्ने घोषणा

मस्को। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।आगामी अक्टोवरको दोस्रो साता हुने संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा केसीले पुनः उम्मेदवारी दिन लागेका हुन्। बर्तमान कार्यसमितिका महासचिव डा.केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि सोही पदमा उम्मेदवारी घोषणा गरेका छन्। केसी अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत नीति निर्माण समिति कार्यदलका अध्यक्ष समेत हुन्। सन् २०१३ -२०१५ मा उनले कोषाध्यक्षको जिम्मेबारी सम्मालेका थिए। उनि सन् २००७ मा राष्ट्रिय समन्वय परिषद रसियाको महासचिव हुँदै सन् २००९ मा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बनेका थिए। संघका बिभिन्न कार्यदलमा रहेर काम गरेका केसी नेपाल भवन,कालुगा रुसका कार्यकारी
More

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ । रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १३ प ८०३३ नंको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाइकलका चालक मकवानपुर हेटौँडाका ३५ वर्षीय प्रवीण सुवेदी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मृतक मदनकी पत्नी ३२ कल्पना रिजाल सामान्य
More

Nepalis in UK provide financial assistance for flood victims

(RSS): The Nepalis in the United Kingdom have provided financial assistance worth Rs 132,125 for the relief operation to the flood survivors in Terai. The amount was collected through a fundraising campaign launched in the UK initiative of Birkaji Gurung of Sundari Bazar in Lekhnath Municiplaity-26 in Pokhara. The Nepalis in the UK sent the financial assistance through a network named Friends and Forever Group. Network’s member Devan Gurung handed over the amount to media person with Ravi Lamicchane for him to get the aid to the targeted group.
More

नेदरल्यान्डमा दसैं

द्रोण रिजाल। नेदरल्यान्डस् । यहि सेप्टेम्बर २७ तारिखका दिन हिन्दुहरुको महान चाड बिजया दशमी नेदरल्यान्डस् को राजधानी आम्स्टरदाम मा भब्य रुपमा सम्पन्न भएको छ। इनासका स्थानिय कलाकार हरुको बेजोड प्रस्तुती संगै भएको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो। गैर आवासीय नेपाली संघ नेदरल्यान्डस् को शुभकामना आदानप्रदान कार्यक्रममा नेदरल्यान्डस् मा रहेका संघसंथाहरु नेपाली जनसम्पर्क समिती नेदरल्यान्डस् ,प्रवासी एकता समाज, नेपाल समाज नेदरल्यान्डस् , म्याग्दी समाज, मोना समाज, मगर समाज, गुरुङ समाज, अन्तरास्ट्रिय नेपाली कलाकार संघ (इनास), प्रवासी नेपाली मंच र अन्तर्राष्ट्रिय नेपाली समाज नेदरल्यान्डस् (नया शक्ति) को आयोजक रहेका थिए। एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य राम कंडेलको प्रमुख आतिथ्यमा भएको
More

राजदेवी मन्दिरमा १२ हजार बलि

जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ । राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताउनुभयो । निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । नवमीका दिन आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने पूजा मूल समितिका संयोजक एवं राम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साह प्रेमीले दिनुभयो । –––
More

फ्रेन्डस एण्ड फरइभर समूह बेलायतद्धारा बाढीपीडितलाई सहयोग

साउन महिनाको अन्तिम साता तराईमा आएको बाढी र डुबानबाट पीडितका लागि फ्रेन्डस एण्ड फरइभर गु्रप बेलायतले रु एक लाख ३२ हजार १२५ प्रदान गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–२६ सुन्दरीबजारका वीरकाजी गुरुङको सक्रियतामा बेलायतमा संकलित उक्त रकम ग्रुपका सदस्य देवान गुरुङले ‘न्युज ट्वान्टी फोर’का ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई हस्तान्तरण गर्नुभयो ।
More

७१ हजारसहित पाँच जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।
More

दशैँमा चामल पाएन

हुम्ला । हिन्दूको महान् चाड दशैँका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट रु चार हजार ५०० मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् । त्यस्तै सिमीकोट हिल्सा नाका र डोजम खोलाबाट प्रति च्याङ्ग्रा रु १० हजारदेखि २२ हजारसम्म किनेर भएपनि दशैँ मनाउन यहाँका स्थानीयवासी बाध्य भएका छन् । गत वर्षभन्दा यस वर्षको दशैं अत्यन्त महँगो भएको कुरा स्थानीयवासीले राससलाई जानकारी गराउनुभयो ।
More

निर्वाचनलाई पर्वका रुपमा मनाउनुपर्छ– प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मंसिरमा हुने निर्वाचनको लागि आवश्यक कानून र ऐन प्राप्तभएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिनुभयो । आगामी निर्वाचनमा सवै दलका प्रमुख नेताहरू उम्मेदवार हुने भएकाले आचारसंहिताको पूर्णपालना हुनेमा आयोग विश्वस्त रहेको बताउँदै उहाँले आचार संहिता उल्लंघनमा घटनाका सरोकारवाला पक्षसग छलफल गर्ने बताउनुभयो । आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेको बताउँदै प्रमुख आयुक्त यादवले सबैलाई एकै ठाउँमा राखेर आचारसंहिता उल्लंघनबारे बृहत्त छलफल गर्ने उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचन
More

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक एवं गायक मुनालको निधन

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बन्नु भएका मुनाल घाँटीको क्यान्सर (पाइरोपÞmोम साइनस)बाट पीडित हुनुहुन्थ्यो । ११ वर्षअघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । विराटनगरमा २००६ सालमा जन्मनुभएका उहाँले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्नुभई झण्डै चार दशक रेडियो नेपालमै बिताउनुभयो । उहाँले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ भ.चर्चित गीत गाउनुभएको छ । उहाँ २०६४ सालमा रेडियो नेपालबाट सेवा
More

बागलुङमा तीन पत्रकार पुरस्कृत

जिल्ला कृषि विकास कार्यालय बागलुङले पत्रकार महासंघमार्फत प्रदान गर्ने कृषि पत्रकारिता पुरस्कारबाट आज तीन पत्रकारलाई पुरस्कृत गरेको छ । छापा माध्यमतर्फ नागरिककर्मी संगम घर्तीमगर, विद्युतीयतर्फ रेडियो परिवर्तनका सुमन सुनार र अनलाइन (न्यू मिडिया) तर्फ गलकोट खबर डटकमका बालकृष्ण सुवेदी पुरस्कृत हुनुभएको हो । महासंघ बागलुङ शाखाद्वारा यहाँ आयोजित समारोहमा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले पुरस्कृत पत्रकारलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो । कृषिका मुद्दामा कलम चलाउने पत्रकारलाई वर्ष २०७३ को पुरस्कार प्रदान गरिएको हो । वर्षभरिमा कृषिका विषयमा उत्कृष्ट समाचार संकलन, लेखन र प्रकाशन÷प्रशारण गर्ने पत्रकार पुरस्कारको लागि छनोट गर्ने गरिएको महासंघका अध्यक्ष
More