Daily Archives 2nd September 2017

उपप्रधानमन्त्री महरा चीन जादै

काठमाडौं । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आगामी बुधवार चार दिने भ्रमणका लागि बेइजिङ जाने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका महराको परराष्ट्रमन्त्री भएपछिको यो पहिलो चीन भ्रमण हो । चिनियाँ विदेशमन्त्रीको निम्तोमा भ्रमणमा आउन लागेका मन्त्री महराले चिनियाँ प्रधानमन्त्री लि कछ्यागंसंग भेंटवार्ता गर्ने कार्यक्रम समेत रहेको स्रोतले जानकारी दियो । महराले दुई दिन वेइजिङमा रहँदा आफ्ना समकक्षी वांग यीसंग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिस्ट पार्टीका उच्च तहका नेतासंग भेटवार्ता गर्ने कार्यक्रम छ । महराले सेप्टेम्वर ९ मा गोन्जाऔमा रहेको नेपाली महावाणिज्यदुतावासको औपचारिक उद्धघाटन गर्ने कार्यक्रम समेत छ । माओवादी केन्द्रका वरिष्ट नेता समेत रहेका उपप्रधानमन्त्री महराको साताव्यापी चीन भ्रमणको क्रममा
More

एमालेलाई विजयी गराउने गरी लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताउनुभयो । “नेकपा (एमाले) ले प्रदेश नं २ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ,”–अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले नेकपा (एमाले) का बारेमा प्रदेश नं २ मा झुट फैलाएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमालेसँग अरु दल एक्लै निर्वाचन
More

शेयर बजारमा तीन अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७ दशमलव ४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीको रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ दशमलव २९ अंकले घटेर अन्तिम दिन एक हजार ५८० दशमलव ०३ अंकमा पुगेको छ
More

म्याग्दीमा रु एक करोडभन्दा बढीको लगानीमा रिसोर्ट सञ्चालन

म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–३ स्थित घुमाउने तालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुलसहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब ३० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर चन्दले रिसोर्ट सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाई तीव्र दिनुभएको छ । सञ्चालनमा आएपछि यो जिल्लाकै पहिलो स्विमिङ पुलसहितको रिसोर्ट हुनेछ । अहिले पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुललगायत पूर्वाधार निर्माणको कार्य भइरहेकोे सञ्चालक चन्दले बताउनुभयो । उहाँकाअनुसार, अहिलेसम्म रिसोर्ट निर्माणका लागि रु ८० लाख भन्दा बढी लगानी भइसकेको छ
More

नेपाललाई वैदिक दर्शनको केन्द्र बनाउने प्रस्ताव पारित

काठमाडौं । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिनेलगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भयो । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ १५ गते शुरु भएको सम्मेलन आज ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । नेपाललाई वैदिक सनातन धर्मावलम्बीको मूल केन्द्र बनाउने घोषणालाई पनि सम्मेलनले पारित गरेको समाजका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक हरिबोल भट्टराईले जानकारी दिनुभयो । नेपाललाई वैदिक दर्शनको केन्द्र बनाउन अध्यक्ष भट्टराईको संयोजकत्वमा सम्मेलनमा भाग लिएका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिकालगायत देशका प्रतिनिधि सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ । सम्मेलनले
More

सूचना तथा सञ्चारमन्त्री बनेपामा

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत बेलर इन्टरनेशनल एकेडेमीले शनिबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको विद्यार्थीको स्वागत तथा बिदाइ कार्यक्रममा प्रस्तुत गरिएको नृत्य अवलोकन गर्नुहुँदै । तस्बिर : पेमा लामा
More

मिडल्याण्डमा एनआरएन यूके निर्वाचनको सरगर्मी

  लन्डन । मिडल्याण्डवासी नेपालीलाई आसन्न एनआरएनए यूके निर्वाचनले छोएको छ । सेप्टेम्बर ९ मा हुने निर्वाचनका लागि निर्णायक मानिएको मिडल्याण्ड क्षेत्रमा मतदाताहरुसंग मत माग्न उम्मेदवारहरुको व्यस्तता जारी छ । यसै क्रममा शनिबार बर्मिङहमको वल्डबरीमा आयोजित अन्तरक्रियामा उम्मेदवारहरुले मत दिन अपिल गरे । पत्रकार शिव भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्षका उम्मेदवार दयानिधि सापकोटा, सहकोषाध्यक्ष उम्मेदवार सुरज पौडेल, सचिवका उम्मेदवार तारानाथ भण्डारी, सदस्यका उम्मेदवारहरु विष्णु खरेल, पवन शर्मा र कृष्ण ढकाल (कोलेश्वर) एवं एनआरएनए यूके आइसीसी सदस्यका उम्मेदवार देवराज आचार्य (चिरन) ले आ आफ्ना धारणा राख्दै मत दिन अपिल गरे । संस्थाको संरचनागत सुधारका लागि आफूहरु योग्य भएको उनीहरुको धारणा
More

राजदूत सुवेदीले आइएमओ महासचिवसमक्ष पेश गरे ओहोदाको प्रमाणपत्र

लन्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठन (इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशन -आइएमओ) का स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले संगठनका महासचिव किट्याक लिमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । ३१ अगष्ट बिहान संगठनको लन्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच सुवेदीले ओहोदाको प्रमाणपत्र पेश गरेको दूतावासले जनाएको छ । उक्त अवसरमा नवनियुक्त स्थायी प्रतिनिधि राजदूत सुवेदीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र परराष्ट्र सचिव शंकरदास बैरागीले संगठनका महासचिव लिमलाई पठाएको शुभकामना सन्देश प्रस्तुत गरे । राजदूत सुवेदीले महासचिव लिमसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालमा दुई वर्षअघि लोकतान्त्रिक र समावेशी संविधान जारी भएको र सो संविधानका आधारमा स्थानीय
More

क्रान्तिकारीका अध्यक्षमा तामाङ निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा तामाङ प्रतिस्पर्धी अनिल शर्मालाई पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकीको निर्वाचन गरिएको हो । मतगणना सकिए
More

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन । कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन । सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको मोह बढ्यो । उनले स्थलमार्गको यात्रा गरेर भारतका गल्लीमा पसिना चुहाउनुभन्दा हवाई मार्गको यात्रासँगै दुःख गरेर भए पनि खाडी मुलुकमा जाने र केही कमाउने सपना बुने । कसैको काम गरेर सामान्य आम्दानी गर्ने उनीसँग भने
More