Daily Archives 4th September 2017

समय्बजी प्रदर्शनी

इन्द्रजात्रा (येंया पुन्ही)को अवसरमा समाज कल्याण खेलकुद क्लब, पहिक्व युवा समूह तथा खुसिबँ पासा पुचःको संयुक्त आयोजनामा नयाँबजार, खुसिबँ टाउन प्लानिङमा समय्बजी प्रदर्शनी गरिंदै । तस्वीर : श्याम डंगोल
More

राजदूतावास मेलामा नेपालको सहभागिता

काठमाडौं । बेल्जियमस्थित नेपाली राजदूतावासले नेदरलयाण्डमा यही सेप्टेम्बर २ तारिख (भदौ १७ गते) आयोजित पाँचौ ‘एम्बेसी फेष्टिबल –२०१७’ मा सहभागीता जनाएको छ । सो मेलाको नेदरल्याण्डको ‘दि लाइफ वान लाइभ बिभि’ संस्था र स्थानीय एक नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेका थिए । मेलामा नेपालले तीन शीर्षक राजदूतावास पेभिलेन, अन्तर्राष्ट्रिय बजार र सिर्जनात्मक रंगमञ्च प्रस्तुत गरिएको ब्रसेलस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यहाँ नेपाली परम्परा झल्कने हस्तकलाका सामग्री, विभिन्न नेपाली खानाका परिकार, खाद्य सामग्रीसमेत प्रदर्शनी गरिएको थियो । नेपालको निर्यातजन्य जस्तु चिया, कफी र कार्पेट पनि मेलामा प्रदर्शनी गरिएको थियो । नेपाली प्रदर्शनी कक्षबाट नेपालको पर्यटन प्रवद्र्धन गर्ने सामग्री व्यानर र
More

फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड

राजविराज । उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा आज तोडफोड भएको छ । सप्तरीको राजविराजस्थित निवासमा आफ्ना समर्थकसँग कुराकानी गरिरहेको अवस्थामा सोही पार्टीमा आबद्ध रहेका असन्तुष्ट कार्यकर्ताले सामान्य तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । असन्तुष्ट पक्षधरले नेतृ यादवको घरको कम्पाउण्डभित्र पसेर कुर्सी, टेबुल तोडफोड गर्दै मूल गेटमा टायर बालेर व्यापक विरोध गरेका थिए । बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष पदमा सुरेन्द्र यादवको नाम हटाई आफू निकट चित्ररञ्जन यादवलाई उम्मेदवार बनाउन लागेको आरोपमा आक्रोशित कार्यकर्ताले यादवको घरमा तोडफोड गरी नाराबाजी गरेका थिए ।
More

यस्ता छन् २ नम्बर प्रदेशमा कांग्रेसका उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसले वीरगन्ज महानगरपालिकाको प्रमुखमा अजयकुमार द्विवेदीलाई उम्मेदवार बनाउने भएको छ । उपप्रमुखको भने टुंगो लागिसकेको छैन . कलैया उपमहानगरपालिकाको उपप्रमुखमा रहिमा खातुनलाई उठाउने निर्णय गरेपनि प्रमुखको टुंगो लागिसकेको छैन । जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोजकुमार साह र उपप्रमुखमा निलमकुमारी कर्णलाई उठाउने निर्णय गरेको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुवैको टुंगो लागि नसकिएको काँग्रेसले जनाएको छ । चयन प्रक्रिया जारी रहेकाले आज बेलुकासम्म सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाइसक्ने गरी छलफल चलिरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले
More

रु दुई हजार ६०० को सामान रु २६ हजारमा बिक्री

काठमाडौं । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा आज सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो । दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी गरिएको हो । ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको र वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताउनुभयो । नाइकले रु चार हजार ७०० खरिद बिलको जुत्ता रु २६ हजार ९९० मा बिक्री गरेको र दुई हजार ६०० को सामान रु २६ हजारमा बिक्री गरेको फेला परेको थियो ।
More

भ्रष्टाचार मुद्दाका दोषीले उम्मेदवार बन्न नपाउने

काठमाडौं । भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण सम्बन्धमा दोषी र राहदानी दुरुपयोग गर्नेले प्रतिनिधिसभा निर्वाचनमा सदस्य बन्न नपाउने भएका छन् । नेपालको संविधान अनुसार आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको एकै पटक निर्वाचन गर्ने गरी मिति घोषणा भएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुन लागेको हो । सोसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले आज पारित गरी संसद्को पूर्ण बैठकमा पेश गरेको थियो । विधेयक संसद्बाट पनि आजै पारित भएको छ । समितिका
More

उत्तर कोरियाको आणविक परीक्षण करिब ५० किलोटन

सोल । उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार संसदमा जानकारी दिएको छ । उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो । उक्त आणविक तत्व अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको थियो । यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो ।
More

लन्डनमा नवदुर्गा विशेष पूजा आयोजना हुने

लन्डन । यस वर्षको बडा दशैंमा लन्डनमा घटस्थापनादेखि दशमीसम्म नवदुर्गा विशेष पूजा आयोजना गरिने भएको छ । पूजा आयोजक समितिका संयोजक पण्डित चिरञ्जीवी ढकालका अनुसार आउँदो असोज ५ गते तदनुसार २१ सेप्टेम्बर बिहीवार घटस्थापनाका दिनदेखि ३० सेप्टेम्बर दशमीका दिनसम्म नवदुर्गा विशेष पूजा र विविध धार्मिक सांस्कृतिक समारोह गरी बडा दशैं मनाइदैछ । घटस्थापना विशेष पूजा गरी जमरा राखिने छ भने दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवम् आरती, सप्तमीका दिन विधिवत फूलपाती भित्र्याउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रुपमा नव कन्या पूजन गरी दशमीका दिन पूजा बिसर्जनका साथ जमरा वितरण गरिने पूजा कार्यक्रम तय भएको पण्डित ढकालले जानकारी दिनुभयो
More

खेतला महिलाका नाइके

दबदबे हिलोमा धान रोपिरहेकी सपना गुरुङको मोवाइलको घन्टी बज्यो । एक हात सलले पुछ्दै मोबाइलको फोन उठाइन् – हेलो ! भोली त अर्काेकोमा रोप्न जानु छ । तपाईंकोमा पर्सि रोपौंला है ।’ कुरा सकेर फेरि खेतलासँगै रोप्न थालिन् । एकैछिन् मोबाइलको घन्टी बज्यो । फोन उठाइन् र भनिन् ‘तपाइकोमा चाँही निकोपर्सि मात्र ।’ अनि प्रश्न गरिन् ‘कति जना आउनुपर्छ ? उताबाट के जवाफ आयो कुन्नी ! हुन्छ भन्दै सपनाले कुरा टुङ्ग्याइन् । चितवनको भरतपुर महानगरपालिका १८, रैगञ्जकी ४२ वर्षीया सपनाको यो काम कृषि मजदुरको नाइकेको हो । हिजोआज उनी धान रोप्न, गोड्न र तरकारी खेतीका काममा मजदुर खोजिदिन्छिन् । ५
More