Daily Archives 5th September 2017

प्रदेश नं. २ मा यस्ता छन् एमालेका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि ११० वटा स्थानीय तहको उम्मेदवारको नामावली सार्वजनिक गरको छ । एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीकातर्फबाट उठ्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । चयन प्रक्रिया जारी रहेकाले आज राती वा भोलि बिहानसम्म सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाइसक्ने एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । अहिलेसम्म टुंग्याइएको उम्मेदवारको नामावली निम्नानुसार छ । महोत्तरी ९१५० बर्दिवास नगरपालिका प्रमुख : सुरेशबहादुर राउत, उपप्रमुख : कमला वाइवा तामाङ भंगाहा नगरपालिका प्रमुख : अरुणकुमार सिंह, उपप्रमुख : अनिता यादव लोहारपट्टी नगरपालिका प्रमुख : बदरुल हक
More

मालपोत कार्यालयका कर्मचारीले घुस मागेपछि…

पर्सा । जिल्ला मालपोत कार्यालय पर्सामा कर्मचारीले सेवाग्राहीसँग घुस माग्ने र समयमा काममा नआउने गरेका कारण विवाद हुने गरेको छ । मंगलबारपनि मालपोल कार्यालयमा अतिरिक्त रकम माग गरेको र कर्मचारी समयमा नभएको भन्दै सेवाग्राही र कर्मचारीबीच विवाद भएको छ । कर्मचारी र सेवाग्राहीको विवादले केही घन्टा कार्यालयको काम समेत प्रभावित भएको छ । जिल्ला अदालत पर्साबाट जग्गा नामसारीको लागि जारी गरिएको सूचनालाई मालपोत कार्यालय पर्सामा दर्ता गराउन जाँदा एक सय पचास रुपैया कर्मचारीले सेवाग्राहीसँग रकम मागेपछि विवाद भएको सेवाग्राहीले बताएका छन् । कार्यालयका कर्मचारीले एउटै कामका लागि बारम्बार आउन बाध्य पार्ने, घुस नदिए कामै नगर्ने गरेको गुनासो समेत सेवाग्राहीको छ
More

पत्रकार राईको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं । सूर्यकुमार क्षेत्री दोस्रो अन्तरमिडिया कप फुटसल प्रतियोगिताबाट संकलित रकम पत्रकार सञ्जयसन्तोषी राईको परिवारलाई प्रदान गरिएको छ । मुटुको रोगबाट पीडित धनकुटाका पत्रकार राईको उपचारका लागि प्रतियोगिताबाट संकलन गरिएको रु एक लाख र थप २५ हजार गरी कुल रु एक लाख २५ हजार रकम आज उहाँका परिवारलाई प्रदान गरिएको हो । फुटसल प्रतियोगिताका संयोजक एवं नेपाल पत्रकार महासंङ्घका उपाध्यक्ष दिलीप थापामगरले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ पुगी उपचार गराइरहेका राईको परिवारलाई उक्त रकम प्रदान गर्नुभएको हो । सो अवसरमा उहाँले हरेक वर्ष फुटसल प्रतियोगिताबाट संकलन भएको रकम आपत्मा परेका पत्रकारलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । लामो
More

उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशको स्थानीय तह चुनाव अन्तर्गत बुधबार हुने उम्मेदवारी मनोनयनका लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागीता जनाउन दलहरुलाई आब्हान समेत गरेको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनका क्रममा आचार संहिताको पालना गर्न उम्मेदवारलाई आग्रह गर्दै उलंघन गरे उम्मेदवारी नै खारेज हुने चेतावनी दिए । प्रमुख आयुक्त यादवले दुई नम्बर प्रदेशमा सबै दलको सहभागितामा निर्वाचन हुन लागेकाले आयोग हर्षित भएको पनि बताए । आगामी असोज २ गते हुने प्रदेश नम्बर दुईका आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी,
More

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

काठमाडौं । कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताउनुभएको छ । नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने महसुस गरेको अनुभव सुनाउनुभयो । “करियर एउटा उचाइमा पुगेको थियो, त्यही समयमा क्यान्सर भएको थाहा भयो, क्यान्सर भन्ने शब्द नै डरलाग्दो छ, यसले सिधैँ मृत्युलाई बुझाउने सोचका कारण थप पीडा भएको थियो तर परिवारको आत्मविश्वास र शुभकामनाले मलाई दोस्रो जीवन दियो”– उहाँले
More

मानव बेचबिखन र ओसारपसार विरुद्धको दिवस

काठमाडौँमा मंगलबार आयोजित मानव बेचबिखन र ओसारपसार विरुद्धको एघारौँ राष्ट्रिय दिवसको मूल समारोहमा यात्रा पुस्तक विमोचन गर्दै सभामुख ओनसरी घर्तीलगायत । तस्बिर: नवीन पौडेल
More

शेयरमा लगानी गर्न ऋण दिँदै बैंक

काठमाडौं । शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ । त्यसो हो भने अब चिन्ता नगर्नुस् । तपाईलाई बैंक तथा वित्तीय संस्थाले बोलाइबोलाइ शेयर कर्जा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आर्कषित गर्ने लक्ष्यका साथ पछिल्लो समयमा शेयर कर्जा लिन आग्रह मात्रै गरेका छैनन् । ब्याजदरसमेत घटाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनअनुसार शेयर कर्जाको नयाँ योजना ल्याएका हुन् । ‘क’ वर्गको नबील बैंकले सजिलो कर्जालाई नै ‘नबील सेयर कर्जा’ भनेर शेयरमा लगानीका लागि ऋण दिने योजना ल्याएको छ ।
More

एनआरएनमा कसैको हारजीत हुँदैनः एनआरएन यूरोप संयोजक आचार्य

बेल्जियम । एनआरएनमा कसैको जीतहार हुँदैन, एनआरएन अभियान हो, यसमा सार हुन्छ, प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तन भइरहने गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले बताए । नवनिर्वाचित एनआरएन बेल्जियमको नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिने क्रममा आचार्यले उक्त कुरा बताएका हुन् । नेदरल्यान्ड, बेल्जियम र लक्जम्बर्गको अधिवेशन गराउन केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका यूरोप संयोजक आचार्यलाई हिजो सोमबार एनआरएन र जनसम्पर्क समिति लक्जम्वर्गले संयुक्त रुपमा सम्मानसमेत ग-यो । उक्त सम्मान कार्यक्रममा बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद प्रकाश पौडेलको पनि उपस्थिति थियो । सम्मान कार्यक्रममा संयोजक आचार्यले एनआरएनको गतिविधि, नेपालमा लगानीको वातावरण, नागरिकताको निरन्तरता तथा एनआरएनले बोक्ने पासपोर्टका बारेमा बोलेका थिए । नागरिकताको निरन्तरता
More

काठमाडौंको फोहोर फाल्न बन्द

नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताउनुभयो । “फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु ५० दिँदै आएकामा नयाँ आवदेखि घटाएकाले विरोधमा अवरोध गर्नुपरेको हो”, पौडेलले भन्नुभयो, “फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी
More

एनआरएन तान्जानियाको अधिवेशन सम्पन्न, थापा अध्यक्ष पदमा निर्वाचित

तान्जानियाको दारएससलाममा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा रोशन थापालाई छनोट गरेको छ भने उपाध्यक्षमा प्रेम गुरुङ र विनोद पटेल चयन भएका छन् । महसचिवमा भने पुष्पराज भट्टराईको पल्लाभारी भएको छ । अन्तर्राष्ट्रिय समिति सदस्यमा संजीत थापा तथा महिला संयोजकमा अन्जली तामाङ चुनिएका छन् । युवा संयोजकको जिम्मेवारी दीपक लामिछानेले पाएका छन् । ११ सदस्यीय नयाँ कार्य समितिको समयावधि २ वर्षको हुनेछ । शिव प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा तान्जानियाका बिभिन्न शहरहरुमा रहेका नेपालीहरु उपस्थित थिए । गैर–आवसिय नेपाली संघ तान्जानियाको स्थापना सन् २०१३ मा
More

एनआरएन जापानको सहमति हुन नसकेका पदमा निर्वाचन

टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन भएका छन् । नया नेतृत्व चयनका लागि दुईसाता लामो गृहकार्य सफल नभएर आइतबार भएको निर्वाचनमार्फत गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले नया कार्यकालका लागि पदाधिकारी टुंगो लगाएको हो । सन् २०१७ देखि २०१९ का लागि काम गर्न इच्छा जनाएका उम्मेदवारबीच सहमति नभएका पदमा निर्वाचन भएको निर्वाचनले विजयी भएकाहरुले फराकिलो मतान्तरबाट प्रतिद्वन्द्वीलाई हराएका छन् । सहमति हुन नसकेका पदमध्ये उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोजकुमार खत्री निर्वाचित हुनुभएको छ । पौडेलले चार हजार २७६ र खत्रीले तीन हजार ९५८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । महिला उपाध्यक्षमा अनिता गुरुङ सहमतिमा विजयी हुनुभएको थियो
More

किरातीलाई मुख्यमन्त्री

खोटाङ । किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सोमबार काठमाडौँमा सम्पन्न दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । पार्टी कार्यालयमा सम्पन्न बैठकले किरातीलाई कुनै पनि हालतमा प्रदेश नं १ को मुख्यमन्त्री बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव अर्जुन जम्नेलीले जानकारी दिनुभयो । “किरातीलाई मुख्यमन्त्री बनाउन एकबुथ एक फोर्स, एक एकबुथ एक किरात मोर्चा तयार गरेका छौँ ।” उहाँले भन्नुभयो, “अभियानका लागि प्रदेश, नगर, वडा, गाउँ र टोलसम्म कमिटी निर्माण गर्ने तयारीमा छौँ ।” सो अवसरमा मोर्चाको प्रदेश नं
More

महोत्तरीका २३२ मतदानस्थल संवेदनशील

गौशाला । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका केवल २६ वटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणमा भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदानस्थल सोही सीमानाकासँग जोडिएको हुनाले २३२ वटा मतदानस्थल संवेदनशील रहेका छन् । भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ वटा स्थानबाट नेपाल–भारत आउजाउ हुने गरेको छ भने बनको
More

सोह्र स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो

राजविराज । नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरीको नाम रहेको छ । यस्तै, डाँक्नेश्वरी नगरपालिकाको प्रमुखमा नारायण यादवको नाम टुंगो लगाएको छ भने उपप्रमुखमा अझै नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ । त्यस्तै, सुरुङ्गा नगरपालिकामा प्रमुखको नाम टुंगो नलागे पनि उपप्रमुखमा सुष्मा चौधरीको उम्मेदवारीको
More

फिलिपिन्सको आतंकविरुद्ध गोर्खा सैनिक भिड्ने !

काठमाडौं । अबु सैयफललगायतका आतंककारी संगठनले मात्र दुख दिइरहेको छैन्, लागूऔषध तस्कर र माफियाले समेत फिलिपिन्सलाई आक्रान्त बनाएको छ । राष्ट्रपति रोड्रिगो डुटर्टेले यस्ता हिंसात्मक बिद्रोह र तस्करलाई नियन्त्रणमा लिन गोर्खा सैनिक ल्याउने घोषणा गरेका छन् । केही साताअघि फिलिपिन्सको डेभाओ सहरमा अबु सैयफले आक्रमण गरेपछि राष्ट्रपति रोड्रिगोले यस्तो घोषणा गरेका हुन् । फिलिपिन्स सरकार लागूऔषध तस्करी विरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ । यो कडाईका कारण तस्करीबाट पैसा कमाउन पल्केका विद्रोही आक्रोसित भएर हिंसामा उत्रिरहेको बताइएको छ । अवुलगायतका विद्रोहीका हिंसात्मक क्रियाकलापले फिलिपिन्सको आर्थिक अवस्था थिलथिलो बनाएको छ । राष्ट्रपतिले यो चिन्ता हटाउन गोर्खा सैनिकलाई रोजेको बताइएको छ ।
More

बुधबार सरकार विस्तार : राप्रपा (प्रजातान्त्रिक) चार मन्त्रालय लिएर सरकारमा जाँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर नयाँ पार्टी गठन गरेको एक महिना नपुग्दै पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक) लाई चार मन्त्रालयसहित सरकारमा सहभागी बनाएर छैटौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बुधबार सरकार विस्तारको सम्भावना रहेको बताए । ‘अहिलेसम्म ‘फिक्स’ भएको छैन, बुधबार मन्त्रिपरिषद् विस्तारको सम्भावना छ,’ मन्त्री बस्नेतलाई उदृत गर्दै मंगलबार नयाँ पत्रिकाले लेखेको छ । देउवा र प्रचण्डसँगको छलफलपछि मिति तय राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनीलबहादुर थापाले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष राणाबीचको
More