Daily Archives 6th September 2017

प्रदेश २ मा १८,२०० को उम्मेदवारी दर्ता

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । मनोनयन दर्ताको विवरण आउने क्रम जारी नै रहेकाले यकिन संख्या आउन बाँकी छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी
More

को–कसले पाए यो वर्षको निजामति पुरस्कार

काठमाडौं । चौधौँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष निजामती सेवा पुरस्कार दिइने छ । उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्न गरिने छ । रु दुई लाख राशि भएको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने यस वर्षको कसैलाई पनि नदिइने उहाँले बताउनुभयो । सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको उहाँको भनाइ छ । मन्त्रिपरिषद् बैठकले सोमबार गरेको निर्णय अनुसार आज मन्त्रालयले नाम सार्वजनिक गरेको हो । रु एक लाख राशिको उत्कृष्ट
More

स्थानीय कर्मचारीहरु

राजविराजस्थित शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा मेयर तथा उपमेयरका उमेदवारहरुको मनोनयन दर्ता गर्दे निर्वाचनमा खेटिएका स्थानीय कर्मचारीहरु । तस्बिर : अरुण कुमार यादव
More

सिराहमा झडप र वीरगन्जमा प्रचण्डको पुत्ला किन दहन भयो ?

काठमाडौं । सिरहामा स्थानीय तहमा कांग्रेसका उम्मेदवार चयनको बिषयलाई लिएर भएको झडपमा आठ जना घाइते भएका छन् । सिरहा नगरपालिकामा उम्मेदबार चयनमा असन्तुष्ट कार्यकर्ताबीच कांग्रेसको जिल्ला पार्टी कार्यालयमा झडप भएको हो । सिरहा नगरपालिकाको प्रमुखमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरा सुभाष यादवलाई उम्मेदबार बनाइएकोमा असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन । सो क्रममा टिकट पाउने र असन्तुष्ट पक्षका बीचमा झडप भएको हो । पूर्व कोषाध्यक्ष चित्रलेखा यादव पक्षका प्रत्यासी उपेन्द्र यादव निकटले असन्तुष्टि जनाएका हुन । उनीहरुले उम्मेदबार चयनमा कार्यकर्ताको चाहना भन्दा नेताको पहुँचलाई आधार बनाएको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन् । यता, पर्साको विरगञ्ज महानगरपालिकामा पार्टी नेतृत्वले पैसा दिनेलाई
More

कार्यपत्र प्रस्तुती

राष्ट्रपति विद्यादेवी भण्डारी प्रकृति संरक्षणमा नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सरोकार वालाहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुती कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
More

उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य उत्साहपूर्णः आयोग

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । असोज दुई गते निर्वाचन हुने दुई नम्बर प्रदेशका १ सय ३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य उत्साहपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ । तेस्रो चरणमा एक महानगरपालिका, तीन उप–महानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनबाट छ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार दुई हजार १ सय ६६ मतदान स्थलमा तीन हजार ५ सय ७८ मतदान केन्द्र कायम गरिएको छ । ती केन्द्रमा ३१
More

सोह्रश्राद्ध शुरु

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो पर्व सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि
More

प्रशासकीय अदालतको काम अधूरो र अपूरोः प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताउनु भएको छ । प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिकार संकुचित भएको भन्दै क्षेत्राधिकार बढाउनुपर्नेमा जोड दिनुभयो । “हामीले चाहेजस्तो प्रशासकीय कर्मचारीले बुझेजस्तो प्रशासकीय अदालत भएन”–उहाँले भन्नुभयो, “अदालत अधूरो, अपूरो भयो । कर्मचारीको ५० रुपियाँको ग्रेडवृद्धिको मुद्दापनि सर्वोच्चले हेर्नुपरेको छ । त्यसैले सुधार गर्न आवश्यक छ ।” प्रशासकीय अदालतको क्षेत्राधिकार बढाइनुपर्ने उहाँको भनाइ थियो । उहाँले सर्वोच्च अदालतले असाधारण क्षेत्राधिकार प्रयोग गर्दै निजामती कर्मचारीका सरुवा, बढुवा र विवादसम्बन्धी मुद्दा हेरिरहेको बताउनुभयो । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रशासकीय अदालतलाई
More

नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार २३ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गर्नु भएको थियो । आयोजकले अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी गराएको थियो । आइडलको १५
More

पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी

काठमाडौं । तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले रु पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको आज बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिनुभयो । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ । उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकमा विदेशी लगानी प्रोत्साहन गर्ने, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने तथा उद्योग क्षेत्रमा सुधार गर्ने जस्ता नीतिका बारेमा समेत छलफल भएको थियो । उद्योगमन्त्रीको अध्यक्षतामा रहने बोर्डमा सम्बन्धित मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर,
More