Daily Archives 7th September 2017

एनआरएन अमेरिकाको अध्यक्षमा डाक्टर पौडेल विजयी

एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि शनिबार र आइतबार सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ। यो नतिजा अनुसार डाक्टर केशव पौडेल अध्यक्षमा विजयी भएका छन्। डा. पौडेलले ४२२९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी रबिना थापाले ३०८५ ल्याएकी छिन्। अध्यक्ष पदका अन्य दुई उमेद्वारहरु मध्य टेक्सासका राम पोख्रेलको जम्मा ९६४ मत खसेको छ भने कृष्ण पोख्रेललाई ७८३ मत मात्र खसेको छ। बरिष्ट उपाध्यक्षमा टेक्सासका सुनिल शाहले ४१४५ मत प्राप्त गर्दै विजय प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी टेम्बा शेर्पा लामाले जम्मा ३२४१ मत प्राप्त गरेका छन्। महासचिव पदमा बीआर लामाले २५९३ मत ल्याएर विजय प्राप्त गरेका छन् भने
More

के छ राजपाको घोषणापत्रमा ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले स्थानीय तहको निर्वाचनलाई संघर्षकै रुपमा प्रयोग गर्ने भएको छ । स्थानीय तहको दुई चरणको निर्वाचन बहिष्कार गरेको राजपाले प्रदेश नं २ मा आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनलाई संघर्ष, अवसर र चुनौतीका रुपमा लिएर जनतामाझ जान लागेको जनाएको हो । पार्टीका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेता सहभागी पत्रकार सम्मेलनमा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जनमतको भावनालाई बुझेर आफूहरु निर्वाचनमा होमिएको बताउनुभयो । “यो निर्वाचन संघर्षकै रुप हो । जनमतका लागि जनतामा जाने चुनौतीका रुपमा स्वीकार गरेका छाँै । हाम्रो सडक संघर्ष जारी नै छ,
More

कामपाःसय दिनमा छयासी कामको थालनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भएको बताउनुभएको छ । एक सय दिन पुगेका अवसरमा आज उहाँले आफूले गरेको कामको प्रगति सार्वजनिक गर्दै उहाँले गर्न चाहेका कतिपय काम आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले पनि प्रतिबद्धता पूरा गर्न नसकिएको जानकारी गराउनुभयो । एक सय दिन पूरा भएको अवधिमा ‘क्लिन द सिटी’ अभियानअन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको
More

बेलायती राजकुमार विद्यालय भर्ना

लण्डन । बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्षे उमेरमा सुरु भएको छ । बुबा विलियमले हातले डो-याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लैजानु भएको थियो । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लण्डनमा रहेको छ । राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उहाँलाई विद्यालय प-याउने बेलामा सँगै जान सक्नुभएन । राजकुमारी क्याथेरिन तेस्रो बच्चा जन्माउनका लागि गर्भवती भएकाले केही दिनदेखि आराम गरिरहनु भएको केन्सीङटन दरबारले जनाएको छ । स्थानीय सञ्चार माध्यमहरुले राजकुमार जर्ज विद्यालय समय भरी विद्यालयको पोशाकमै रहने जनाएका छन् । विद्यालय पोशाकको रुपमा रहेको गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता उहाँले लगाउनुहुने
More

राष्ट्रिय करम महोत्सव

सुनसरीको इनरुवामा बिहीबार आयोजना गरेको राष्ट्रिय करम महोत्सवमा नृत्य गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : अजितकुमार झा, इनरुवा
More

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था माग

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि राष्ट्रिय चरित्र भएका संस्थाबीच एकताको खाँचो औँल्याएको छ । मुलुकमा भ्रष्टाचारको अन्त्य तथा रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेलगायत माग राख्दै पार्टीले आज गरेको मोटरसाइकल यात्राको उद्घाटन गर्दै पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्थामा त्यस्तो विशेषता पाइने हुँदा आफ्नो दल संवैधानिक राजसंस्थाका साथै हिन्दू राष्ट्रको पक्षमा रहेको बताउनुभयो । सो अवसरमा वरिष्ठ नेता केशरबहादुर विष्टले विश्वमा एक मात्र हिन्दू राष्ट्रका रुपमा मुलुकको पहिचान अन्तर्राष्ट्रिय तहमा रहेकामा त्यसको पुनःबहाली गर्नुपर्ने माग गर्नुभयो । नेता गणेश शेरचन, तारानाथ लुइँटेललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका
More

राप्रपा ३ नं प्रदेशको क्षेत्रीय सम्मेलन शुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न पनि कार्यकर्तालाई सुझाव दिनुभयो । देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । शुक्रबारसम्म जारी रहने उक्त सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी ३०० जनाको सहभागिता रहेको छ । भेलाले प्रदेश तथा संसदीय चुनावमा अधिकतम स्थान जित्न
More

सबै दलका उम्मेदवार वीरगन्ज महानगरमा, भिडन्त रोचक हुने

वीरगन्ज । १४ स्थानीय तह रहेको पर्सामा उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै चुनावी रौनक निकै बढेको छ । त्यसमाथि प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्ज त सबैको चासोको रुपमा रहेको छ । वीरगन्जमा सबै पार्टीले प्रभावशाली उम्मेदवार उठाएकाले त्यहाँको चुनाव झन् रोचक हुने देखिएको छ । उम्मेदवारको मनोनयन दर्ता गर्नुअघिसम्म चुनावी गठबन्धनको चर्चा हुने गरेपनि प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जमा सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । महानगर प्रमुखका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको छ । वीरगन्जमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारको चर्चा
More

प्रतिभालाई युरोपमा प्रशिक्षणको मौका

राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले नेदरल्याण्डमा प्रशिक्षण लिने मौका पाएकी छन् । नेदरल्यान्ड भलिबल सङ्घले तीन साताको प्रशिक्षणका लागि मालीलाई निमन्त्रणा पठाएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । गत महिना मात्र नेपाल भ्रमणमा आउनुभएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभालाई प्रशिक्षणका लागि निमन्त्रणा पठाउनुभएको हो । महासचिव चन्दले राष्ट्रिय खेल भएकाले व्यक्तिगत मात्र नभई भलिबल खेलको विकासका लागि उक्त प्रशिक्षणले सघाउ पुग्ने बताउनुभयो । उहाँका अनुसार माली त्यहाँ रहँदासम्मको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछ । काठमाडौँको नैकाप तीनथानाकी माली अहिले १६ वर्षकी भइन् । सानै उमेरमा भलिबल खेलमा चर्चा कमाउन उनी सफल
More

कतारको कूटनीतिक संकट समाधानमा वार्ता हुने

वासिङ्टन । साउदी अरेबियाका नरेश सल्मान अमेरिकाको ओपचारिक भ्रमणमा जानुहुने भएको समाचार छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको छ । साउदी अरेबियाका नरेश सल्मान आगामी बर्ष सन् २०१८ को सुरुमै अमेरिकाको औपचारिक भ्रमणमा आउन लाग्नुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ । उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्प र साउदी नरेश सल्मानबीच फोनमा वार्ता भएको थियो । त्यस वार्ताका क्रमम आगामी सो भेटमा द्विपक्षीय हितको प्रवर्धनका लागि के कसरी रणनीति बनाएर अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो । उहाँहरुबीच
More