Daily Archives 8th September 2017

गीत सार्वजनिकसँगै बालबालिकालाई सहयोग

चितवन । गायक भुवन प्यासीले आफ्नो नयाँ गीत सार्वजनिक गर्दै अनाथ बालबालिकाको लागि शैक्षिक सामग्री समेत वितरण गर्नुभएको छ । यो देशको लागि म जन्म लिएको हुँ, म त नेपालको छोरोलगायत विभिन्न गीतमा आवाज भरेका प्यासीले शुक्रबार भरतपुरमा आफ्नो नयाँ गीत ट्राफिक जाम सार्वजनिक गर्नुभएको हो । गीत सार्वजनिकसँगै प्यासीलले भरतपुरका विभिन्न तीनवटा आश्रममा रहेका बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गर्नुभयो । गायक प्यासीले मञ्जुश्री असहाय संरक्षण केन्द्र र साहाराको घरमा आश्रय लिइरहेका बालबालिकाहरुलाई स्कुल झोला, कापी र कलम वितरणका साथै गाम बेशीका चेपाङ संरक्षण स्थलमा रहेका बालबालिकाहरुको लागि खाद्यान्न हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा गीतकार प्रेमविनोद नन्दनले कलाकारहरुले पछिल्लो
More

सिरहा नपाको प्रमुख पदमा तीन डाक्टर उम्मेदवार

लहान । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना एमबिबिएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । बिरामीको उपचार गर्दै आउनुभएका तीनै जना एमबिबिएस एमडी डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्नपुगेको छ । नेपाली काँग्रेसबाट डा सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको हो । चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका तीनै जना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले लख काट्न थालेका छन् । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा. सुभाषचन्द्र नेपाली
More

१४ महिलाको यस्तो प्रतिस्पर्धा

काठमाडौं । ‘मिसेस नेशनल आईकन–२०१७’ को ताज आफ्नो शिरमा पार्न यतिखेर १४ जना मिसेसहरु कडा स्पर्धा गरिरहेका छन् । ब्राइट इन्टरटेनमेन्ट प्रालिले पहिलोपटक आयोजना गर्न लागेको यस गृहिणी सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु केही सातायता क्याटवाकलगायत आत्मविबासबारे विभिन्न प्रशिक्षणरत छन् । आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धा यही आउँदो १ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुँदैछ । प्रतियोगितामा अरुणा शेर्पा, जेनिफर बज्रचार्य, तुलसा आङ्देम्बे, केशु गुरुङ लामा, खेमुहाङ राई, प्रतिभा राई, सविता राई प्रयास, सविता पोखरेल, सानुमाया प्रजापति, शर्मिला तामाङ, शोभा श्रेष्ठ, स्मृति राई, सहिदा ओझा र सिता थापा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा शीर्ष विजेतालाई स्कुटर
More

सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन

राजविराज । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताइएको छ । त्यस्तै दुई हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी दिनुभयो । प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात÷सातजना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा पाँच÷पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक यादवले बताउनुभयो । त्यस्तै नेपाल प्रहरीले पनि
More

राष्ट्रिय शिक्षा दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मिस नेपाल सदिक्षा श्रेण्ठलाई नेपाल विद्याभूषण पदक ख प्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

‘थेम्सका काव्यिक छालहरु’ को विमोचन

लण्डन– साहित्य चौतारी – यूकेले आफ्नो वार्षिक श्रृङ्खलाको अवसर पारेर आयोजना गरेको एक समारोहका बिच ‘थेम्स्का काव्यिक छालहरु’ नामक काव्य सङ्गालोको विमोचन समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपालका राजदूत एवम् बरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीले गर्नुभयो । साहित्य चौतारी – यूकेका संयोजक वासु शर्माको सभापतित्वमा सञ्चालित उक्त समारोहमा हाल बेलायतको निजी भ्रमणमा रहनु भएका बरिष्ठ साहित्यकार एवम् भाषाविद् प्राज्ञ मुकुन्द शरण उपाध्याय, बरिष्ठ साहित्यकार घनेन्द्र शर्मा न्यौपाने तथा बरिष्ठ साहित्यकार कृष्ण पहारी विशेष अतिथिहरुका रुपमा सहभागी हुनुभएको थियो । कवि दिनेश पौड्यालद्वारा रोचक एवम् कुशल ढङ्गले सञ्चालित सो समारोहमा विमोचित ग्रथका सहभागी कविहरुका साथै विभिन्न साहित्यिक संघ संस्थाका अध्यक्ष एवम्
More

भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवकलाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । गोली लागेका भारतीय नागरिक दुबैजना शारदा ब्यारेजका कर्मचारी रहेको बुझिाएको छ । गोली हान्ने युवकमा भीमदत्त नगरपालिका–९ मटेनाका १७ वर्षीय करनसिंह भण्डारी र २१ वर्षीय विक्रमनाथ रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । प्रहरीले उनीहरुलाई
More

पाँच नगर प्रमुख कोरिया जाँर्दै

पोखरा । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्फ जानु हुने भएको छ । जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो । सम्मेलनमा करिब २० देशका सयभन्दा बढी प्रमुखबीच एक आपसमा छलफल तथा अन्तक्र्रिया हुनेछ । उहाँहरु भदौ २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
More

पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा

फलेवास । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ । २०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आउनुभएको थियो । उहाँले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहनुभएको छ । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो । मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताउनुभयो । “कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,” पुनले
More

उम्मेदवार शाहको घरमा बम विस्फोटन

धनुषा । तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभएको छ । विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो ।
More