Daily Archives 9th September 2017

कस्ले जित्छ एनआरएन यूकेमा ?

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार सम्पन्न निर्वाचनमा ७८.४ प्रतिशत मतदान भएको छ । बिहान ८ बजेदेखि शुरु मतदान कार्यक्रम सांझ ८ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसा हयारो बुथमा ५२३ ९७७ प्रतिशत, प्लमस्टिडमा ४८८ ९७२ (प्रतिशत), अल्डरसटमा १३८२ ९८० (प्रतिशत) र लेस्टरमा ४८९ ९८० (प्रतिशत) मत खसेको छ । संघको नयाँ नेतृत्वको लागि कृष्ण तिमल्सिना, हिराधन राई, योग फगामी प्रत्यासी छन् । अध्यक्षमा तिमल्सिना र फगामी बीच कडा प्रतिशपर्धा छ । फगामीको पकट मानिएको अल्डरशट क्षेत्रमा खसेको मत संख्याका आधारमा कतिपयले फगामीले नेतृत्व हात पारेको आकलन गरेका छन् । यस्तै तिमल्सिनाको पकट
More

एनआरएन युकेको महाधिवेशनमा दुई दर्जन बढ़ी सहभागी

एनआरएनए युकेको सातौं राष्ट्रिय महाधिवेशन अल्डरसटमा सुरु भएको छ । संस्थाको सबैभन्दा महत्त्वपूर्ण मानिने कार्यक्रम महाधिवेशनमा सहभागीहरूको उपस्थिति भने अत्यन्त न्यून रहेको छ । पत्रकार, अतिथि र कार्यसमितिका सदस्य गरी करिब दुई दर्जन सहभागीबीच अधिवेशन संचालन भई रहेको छ । नयाँ कार्यसमितिका निम्ति चुनाबको कार्यक्रम पनि आजै भई रहेकोले गर्दा कार्यक्रममा उपस्थिति न्यून भएको बताइन्छ । संस्थाको महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै एनआरएनए अंतरराष्ट्रीय समितिका युरोप संयोजक कुल आचार्यले निर्वाचन र महाधिवेशनको कार्यक्रम एकै दिन नगर्न सुझाव दिनुभयो । निर्वाचनको कार्यक्रम बेलुका 8 बजे सकिने र तत्काल मतगणना सुरु हुने बताइएको छ ।
More

नयाँ शक्ति र विप्लब समूहबाट माओवादी केन्द्रमा

भक्तपुर । नेकपा (माओवादी (केन्द्र) का नेता रामबहादुर थापाले आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र), भक्तपुरले यहाँ आज आयोजना गरेको ‘बृहत राजनीतिक वैचारिक धु्रवीकरण अभियान’ कार्यक्रममा उहाँले अझैपनि प्रतिगामी, जमिन्दारी र पूँजीपति वर्गकै हातमा राज्य सत्ता रहेको भन्दै उहाँले जनताको हातमा राज्यसत्ता अझै नआएको जिकिर गर्नुभयो । माओवादी क्रान्ति अझै पनि अधूरो रहेको जिकिर गर्दै उहाँले क्रान्तिलाई प्ूरा गर्न देशव्यापी पार्टी एकीकरण अभियान सुरु गरिएको बताउनुभयो । राजनीतिक स्थिरता र स्थिर सरकार नभएसम्म देशको विकास नहुने चर्चा गर्दै उहाँले राष्ट्रिय एकताबिना राष्ट्रिय स्वाधीनता स्थापना हुनै
More

दशैंका लागि अग्रिम टिकट बुकिङ भाद्र २७ गतेदेखि

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ भाद्र २७ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज भएको वार्तामा सहमति जुटेपछि भाद्र २७ गते देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्था हेरी यात्रुहरुको सामान बोक्न पाउने गरी सहमति भएको जनाएको छ । त्यस्तै यातायात व्यबस्था बिभागका महानिर्देशक रुपनारायण भट्टराइले बिभागले तोकेको सिमाभित्रै रहेर यातायात व्यबसायी अग्रिम टिकट खुल्ला गर्न सहमत भएको जानकारी दिए । उनले असार २५ देखि रातमा बन्द रहेको नारायणघाट मुग्लीन सडकखण्ड पनि २८ गतेदेखि २४ घण्टा खुल्ने बताए । भदौ २२ गतेदेखि टिकट बुकिङ खुल्ला
More

इर्मा नामक आँधी फ्लोरिडातर्फ बढ्दै, तटीय क्षेत्र खाली गरिँदै

वासिङ्टन । हजारौँ एसियाली मुलका अमेरिकी नागरिक सहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले शनिबार आग्रह गरेका छन् । फ्रान्स लगायत अन्य कैयौँ क्यारेवियन टापूमा विनास गरेको आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउन सक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई घर छाडेर सुरक्षित स्थलतर्फ जान आग्रह गरेका हुन् । अमेरिकी अधिकारीले आफ्ना नागरिकलाई सचेत गर्दै भनेका छन्, आँधीले प्रभावित गर्नुभन्दा पहिल्यै जसले सम्भावित खताराक्षेत्रबाट आफ्ना घर छोड्दैन उसले उद्धार सेवा पाउन नसक्ने जनाएका छन् । फ्लोरिडामा प्रभाव पर्छ वा पर्दैन भन्ने प्रश्न होइन कि फ्लोरिडामा
More

बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या छ पुग्यो

नुवाकोट । काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडाँैस्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
More

कतार र साउदीका नेताहरुबीच सौहार्दपूर्ण टेलिफोन वार्ता

दोहा । साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको छ । यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाउनु भएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन । कतारी राजा हमाद अल थानीले तीन महिनादेखिको नाकाबन्दी सहितको तनावपूर्ण समस्यालाई वार्ताको माध्यमबाट अन्त्य गर्न आग्रह गर्नुभएको थियो । टेलिफोन कुराकानीका क्रममा कतारका राजाले आफ्नो देशलाई नाकाबन्दी गराएका देशहरुसँग आफू वार्ता गर्न चाहेको बताउनु भएको थियो । उहाँले साउदी अरब नेतृत्वका खाडी क्षेत्रका चार राष्ट्रसहित सरोकारबालाहरुको
More

शेयर बजारमा दुई अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२ दशमलव २४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन एक हजार ५५४ दशमलव ५५ अंकमा
More

फष्टाउँदै छ राजधानीको रात्रिकालीन व्यवसाय

काठमाडौं । बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ । सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो । विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका
More

बस दुर्घटना हुँदा तीन महिलाको मृत्यु

नुवाकोट । काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको र २९ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन् । घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौँ पठाइएको छ । दुर्घटना घुम्ती मोड्दा भएको र बस सडकबाट ३५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिनुभयो ।
More