Daily Archives 11th September 2017

रक्सी र मासु खाँदै गणेश भगवान !

काठमाडौं । अस्ट्रेलियामा हिन्दू देउतालाई प्रयोग गरेर बनाइएको एउटा टेलिभिजन विज्ञापनले विवाद सिर्जना गरेको छ । विभिन्न हिन्दूवादी संगठनले अस्ट्रेलियाको मिट एन्ड लाइभस्टक विभागलाई सो विज्ञापन तत्काल बन्द गर्न चेतावनी दिएको छ । टेभिजनको लागि निर्माण गरिएको सो विज्ञापनमा हिन्दूका देवता गणेशले मासु खाँदै गरेको देखाइएको छ । बुद्धि र विवेकको देवता मानिने गणेशलाई हिन्दू धर्मालम्बीले साकाहारीका रुपमा लिने गरेका छन् । हिन्दू देवी देवतालाई अपमान गर्ने गरी पटकपटक विज्ञापन बनाइएको उल्लेख गर्दै अस्ट्रेलियास्थित द हिन्दू काउन्सिलले घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । उसले सो विज्ञापन तत्काल हटाउन चार हजार चार सय ४० जनाको हस्ताक्षर अस्ट्रेलिया सरकारलाई बुझाएको छ
More

धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

काठमाडौं । अमेरिकामा बस्ने प्रवासी नेपालीको संस्था फोरम अफ नेप्लिज इन अमेरिका (फोना)ले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु तीन लाख ६८ हजार १०६ प्रदान गरेको छ । तराईका बाढी र डुबानबाट पीडितको सहयोगार्थ सोमबार फोनाका सचिव प्रकाश पाण्डेय र सदस्य शशी राईले फाउण्डेसनको केन्द्रीय कार्यालय पुगेर रकम हस्तान्तरण गरेका हुन् । संस्थाले यसअघि भूकम्पको बेला पनि रकम संकलन गरी गोरखा र काभ्रेमा घर निर्माणका लागि सहयोग गरेको थियो ।
More

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

काठमाडौं । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ । निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो । जग्गा खरिद प्रक्रियामा अनियमितता भएको फेला परेकाले व्यवस्थापिका–संसद् नियमावलीको नियम १८२ अनुसार आवश्यक अनुसन्धान एवम् छानबिन गरी कानुनी कारबाही गर्न आपूर्ति मन्त्रालयलाई
More

मन्त्रिपरिषद् विस्तार जस्ता काम नगर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न÷गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको भनी असन्तोष व्यक्त गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै त्यस किसिमको कार्य नगर्न÷नगराउन सरकारसँग आग्रह गरेको छ । निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद् विस्तार भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनशाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्
More

गुरुङद्वारा कोषमा रु ५० हजार सहयोग

पोखरा । नेकपा (एमाले) का केन्द्रीय सदस्य तुलबहादुर गुरुङले नेपाल पत्रकार महासंघ, कास्की शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा व्यक्तिगत रुपमा रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । महासंघमा आवद्ध पत्रकार बिरामी परेमा कल्याण कोषवाट आउने ब्याजले उपचारमा सहयोग गरिँदै आएको छ । कल्याण कोषमा हालसम्म योसमेत रु १० लाख ५० हजार पुगेको महासंघ सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
More

अर्मा आँधीबाट २८ को मृत्यु, ६३ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह

टेक्सास । अमेरिकाको फ्लोरिडा प्रवेश गरेको समुद्री आँधी अर्मा उत्तरतर्फ बढ्दै गर्दा त्यसले तटीय क्षेत्रमा बाढी तथा हावाहुरी निम्त्याएको छ । शक्तिशाली आँधीका कारण २० लाखभन्दा बढी घर र कलकारखानामा बिद्युत आपूर्ति बन्द भएको छ । आँधीको गति कमजोर भए पनि अधिकारीले हावाहुरी घातक हुन सक्ने चेतावनी दिएका छन् । अर्मा आँधीका कारण अहिलेसम्म फ्लोरिडामा कम्तिमा तीन जनाले ज्यान गुमाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा ठूलो संकट परेको घोषणा गर्दै केन्द्र सरकारबाट थप आपत्कालीन सहायता निकासा गरेका छन् । यसअघि सो आँधीले क्यारिबियन क्षेत्रमा व्यापक विध्वंस निम्त्याइसकेको छ । आँधीका कारण क्यारिबियन क्षेत्रमा २८ जनाको मृत्यु भइसकेको छ ।
More

‘सिर्जना गुरुङ भर्इन मिस युके नेपाल’

  प्रजय शुक्ल  । लण्डन । बेलायतको लण्डनमा आइतबार राती सम्पन्न छैठौं मिस युके नेपाल २०१७ को ताज सिर्जना गुरुङले जितेकी छन्। फाइनलमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनीले निर्णायक र दर्शकको मन जितेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि तथा लण्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख शरदराज आरन, मिस यूके नेपालकी निर्देशक शान्ति गुरुङ र मुख्य प्रायोजक पिपल मोर्गेजका सूर्य प्रकाश गुरुङले उनलाई ८ सय पाउण्ड नगद पुरस्कार प्रदान गरे। प्रतियोगितामा सुजना पुन फर्स्ट रनर अप र लिसा सुनार सेकेण्ड रनर अप भएका छन्। उनीहरुले क्रमशः ५ सय र ३ सय पाउण्ड नगद पुरस्कार प्राप्त गरेका छन्। गुरुङलाई विजयी घोषणा गरेपछि पूर्व मिस
More

टेक्सासमा भएको गोलीकाण्डमा आठको मृत्यु

हाउस्टन । अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको समाचार छ । हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ । साथै सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन् । तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन । गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए । ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पु-याएपछि मृत्यु
More

उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा

दक्षिण एशिया महिला विकास फोरमद्वारा आज यहाँ आयोजित अन्तराष्ट्रिय महिला व्यापार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर: नवीन पौडेल
More

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो ।
More