Daily Archives 12th September 2017

राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० !

काठमाडौं । व्यवस्थापिका–संसदको सुशासन समितिले नेपाल टेलिभिजनमा अनियमित तरिकाले कर्मचारी भर्ना गर्न लागेको भन्दै तत्काललाई रोक्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले ठूलो संख्यामा कर्मचारी माग गर्दा संविधानले प्रत्याभूत गरेको समावेशी समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको ठहर गरेको हो । यसैगरी, न्यूनतम् प्रक्रिया पनि नपुर्‍याइ कर्मचारी भर्ना प्रक्रिया अघि बढाउनु उचित नहुने समितिको निष्कर्ष छ । समितिले लोकसेवाको अनुमतिबाटमात्रै भर्ना प्रक्रिया थाल्नसमेत निर्देशन दिएको छ । नेपाल टेलिभिजनले यही भदौ १४ गते विज्ञापन गरी ६ जना संवाददाता, १४ जना समाचारवाचक र ६ जना कार्यक्रम निर्माता माग गरेको थियो । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहालले विभिन्न कारणले समाचारवाचक, संवाददातालगायतको
More

पदमार्ग निर्माणमा अनियमितताको आरोप

म्याग्दी । धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्गको पूर्वाधार निर्माणसम्बन्धी योजनामा अनियमितता भएको स्थानीय बासिन्दाको गुनासो छ । मिलेमतोमा पदमार्ग निर्माणका क्रममा लागत अनुमानभन्दा कम परिणामको काम गरेको र श्रमिकलाई ज्याला समेत नदिएको गुनासो बढेको हो । उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीले बगरा गाउँ हुँदै दाप्चादेखि दोभान खण्डसम्मको घोडेटो पदमार्ग निर्माणका लागि पोखरास्थित पर्यटन कार्यालयको रु पाँच लाख अनुदानमा सञ्चालित सो योजनामा बढी खर्च देखाएर बजेट दुरुपयोग भएको बगरा गाउँकाबासीको भनाइ छ । स्थानीय बासिन्दाले दुई हजार ३०० मिटर पदमार्ग निर्माण हुनुपर्नेमा ३०० मिटरको हाराहारीमा मात्र पदमार्ग बनाएर सबै बजेट भुक्तानी लिएको उपभोक्ता समितिले काम गरेका मजदुरलाई ज्याला
More

आलुभन्दा मन्त्रीको भाउ सस्तो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मन्त्रीको कुनै भाउ’ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएपछि त्यसप्रति इंकित गर्दै अध्यक्ष ओलीले कोही मन्त्री बन्यो भन्दा पनि गर्व गर्ने अवस्था नै नरहेको बताए । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीसँगको एकता कार्यक्रममा ओलीले ‘तरकारीको भाउ भएको तर मन्त्रीको कुनै भाउ नभएको’ भन्दै कटाक्षसमेत गरे । अध्यक्ष ओलीले भारततर्फ संकेत गर्दै छिमेकीको पुरानो मानसिकता बदलिनु पर्ने र हेपाहा प्रवित्ति फेरिनुपर्नेमा जोडसमेत दिए ।
More

चट्याङबाट ३६ चौपाया मरे

रसुवा । चट्याङका कारण एकै किसानका ३६ चौपाया मरेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार सोमबार साँझको चट्याङले नौकुण्ड गाउँपालिका वडा नं २ कलाखर्क, यार्साका किसानले पालेका चौंरीगाई आठ, बाख्रा नौ, गाई १७ र कुकुर दुई वटा मरेका हुन् । पारच्याङ प्रहरीचौकीबाट सात घण्टाको दूरी पर रहेको घटनास्थलमा केहीबेर अगाडि प्रहरी पुगी क्षतिको थप विवरण लिने काम भइरहेको छ । घटनाबाट गोठमा रहेकी ६४ वर्षीया कान्छीमाया तामाङ सामान्य घाइते भएकी र उनको उपचार स्थानीयस्तरमै भएको प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो ।
More

नेपाल आयल निगमले जग्गा खरिद गर्दा संस्थागत भ्रष्टाचार

काठमाडौं । नेपाल आयल निगमले तीन महिनासम्म पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता वृद्धि गर्न जग्गा खरिद गर्दा संस्थागत रुपमा भ्रष्टाचार भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यो प्रक्रियामा आपूर्ति मन्त्रालयका सचिवदेखि नेपाल आयल निगमका अधिकारी, जिल्ला मालपोत कार्यालय र वडा कार्यालयसम्म संलग्न रहेको व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित उपसमितिले स्थलगत रुपमा अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । झापामा प्रतिकट्ठा रु आठ लाख ९० हजार प्रस्ताव गर्नेलाई टेण्डर नदिई रु १३ लाख ५१ हजारमा खरिद गर्ने प्रस्ताव स्वीकृत भएको छ । सर्लाहीमा भने सबैभन्दा कम कबोल गर्ने टेण्डरदाताबाट नै जग्गा खरिद गरिएको उपसमितिका संयोजक सुवासचन्द्र
More

टिकट बुकिङ खुलेसँगै यात्रुको घुइँचो

काठमाडौं । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो । नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको छ । अग्रिम टिकट बुकिङको खबर केही दिन अगाडिदेखि नै सञ्चारमाध्यममा छाएपछि एकाबिहानै हजारौँ व्यक्ति नयाँ बसपार्कमा लामबद्ध देखिन्थे । आगामी असोज १० गते प्यूठानको मच्छी जान ग्वार्कोबाट टिकट लिन बिहान ४ बजे नयाँ बसपार्क आउनुभएका विकास केसीले ७ बजे टिकट पाउनुभयो । उहाँ खुशी देखिनुहुन्थ्यो । “बिहान ४ बजे पानी परिरहेको थियो, म साथीको मोटरसाइकलमा टिकट लिन आएको हुँ, वर्ष दिनपछि
More

वैदेशिक रोजगारीमा नेपालीको लर्को

वैदेशिक रोजगारीको लागि मंगलबार प्रस्थान गर्दै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु । नेपालीहरुलाई नजिकिँदै गरेको चाडबाडकोसमेत पर्वाह नगरी विदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको छ । तस्बिर : प्रदीपराज वन्त
More

आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।” संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गर्नुभयो । नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उहाँले यस विषयमा छानबिन भइरहेको जानकारी गराउनुभयो । नेपाली
More

नारायणगढ–मुग्लिन सडकमा जाम

चितवनको नारायणगढ–मुग्लिन सडकमा भएको सवारी जाम । यहाँ दैनिक रुपमा भएको सडक जामले सास्ती व्यहोर्नु परेको यात्रु बताउँछन् । तस्बिर : नारायण ढुंगाना
More

बिस्मिता विदेशमा यातना भोग्दै, जनप्रतिनिधि नै मानव तस्करीमा

काँकडभिट्टा । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् । कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् । मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुबेत पु-याएको थियो । गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुबेत पठाएकी हुन् । मीना हाल मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काँग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् । मानव तस्करीमा संलग्न दलालहरुले एक रुपैयाँ पनि नलिई कुबेत पु-याएर
More