Daily Archives 13th September 2017

आचारसंहिताको व्यापक उल्लंघन, कारवाही स्पष्टीकरणमै सीमित

काठमाडौं । आचार–संहिताले रोकेपनि सत्तारुढ, विपक्षी र मधेस केन्द्रित सबै दलले चुनावी प्रचारमा बालबालिकाको अत्यधिक प्रयोग गरेका छन् । बाजागाजासहित उम्मेदवार गाडीको लावालस्कर लिएर मतदाताबीच पुग्नुलाई सामान्य मानिएको छ । चुनावी अभियानमा सहभागि नेता कार्यकर्ता पार्टी झण्डा र चुनाव चिह्न अंकित टिसर्ट, टोपी र गम्छामा सजिएका देखिन्छन् । निर्वाचन आचार–संहिताले टिसर्ट, टोपी र गम्छन बाँड्न रोक लगाएको छ । आचार–संहिता विपरित उम्मेदवारको फोटोसहितका ठूला–ठूला ब्यानर जताततै देखिन्छ । आर्थिक हैसियत बलियो भएका उम्मेदवारले ठूला झण्डा, माइक, ‘डिजे’ र धेरै सवारी साधन प्रयोग गरी प्रचारलाई ‘भव्य’ बनाउने नाममा आचार–संहिताको बढी उलंघन गरिरहेका हुन् । निषेध भएपनि धार्मिक, पुरातात्विक स्थल र सार्वजनिक
More

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

रसुवा । मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको आज निधन भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ । कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र:अध्यक्ष थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज यहाँ आयोजना गरेको पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रीयस्तरको स्थानीय तहका अध्यक्षको सम्मेलनको उद्घाटन गर्दै उहाँले आफ्नो पार्टी विभाजन देशी विदेशी शक्तिको डिजाइनअनुसार नै भएको आरोप लगाउनुभयो । मनोनित गरिएका केही सांसदले समेत पार्टी फुटाउने काम गरेको बताउँदै उहाँले पार्टी विभाजनबाट कत्ति पनि चिन्तित भएर विचलित नहुनसमेत पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता पाउन नसक्नुमा पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि तयारी गर्न
More

कला प्रस्तुत गर्दै

सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेस २०१७मा सहभागी प्रतियोगी आफ्नो नृत्य कला प्रस्तुत गर्दै । तस्बिर : प्रदीपराज वन्त
More

८८ दलद्वारा समानुपातिक निर्वाचनका लागि आयोगमा निवेदन

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा सहभागी हुन ८८ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले उपलब्ध गराएको मंगलबारसम्मको समयमा ८८ दलले समानुपातिकतर्फको निर्वाचनमा सहभागी हुन निवेदन पेस गरेका हुन् । आयोगले गत आइतबार दल दर्ताका लागि २७ भदौसम्मको समय दिँदै दलहरूलाई समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन दिन आह्वान गरेको थियो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेश र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन ८८ वटा विभिन्न राजनीतिक दलले आयोगमा निवेदन दर्ता गरेको बताउनुभयो । उहाँका अनुसार दर्ता भएका दलहरूउपर छानबिन गरी बुधबारसम्म आयोगले निर्णय गर्नेछ । छानबिनका क्रममा प्रक्रिया नपुगेका दललाई भने
More

प्रधानमन्त्री देउवाले भारतसँग गरेको सहमतिप्रति प्रचण्ड असन्तुष्ट

सप्तरी । कोसी उच्चबाँध निर्माण गर्ने भारतसँग सहमति भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् । स्थानीय तहको चुनावी अभियानका लागि सप्तरीमा रहेका अध्यक्ष दाहालले आज राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै कोसी उच्च बाँधबारे भारतसँग कुनै सहमति नभएको दावी गरेका हुन् । नेपालीको हितमा छ/छैन विस्तृत अध्ययनपछि मात्रै सरकारले त्यसबारे निर्णय लिनुपर्ने उनको भनाइ थियो । मंगलबार चुनावी सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोसी उच्चबाँध निर्माण गरी तराई–मधेसले व्यहोर्दै आएको डुबान समस्या अन्त्य गर्न भारतसँग सहमति भएको बताएका थिए । चुनावी अभियानका क्रममा दाहाल दुई दिनदेखि सप्तरीमा छन् ।
More

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गर्नुभएको छ । जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँगे्रस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भन्नुभयो । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै काँगे्रसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गर्नुभयो । मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उहाँले उल्लेख गर्नुभयो र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न काँगे्रसलाई अग्रस्थान दिलाउन आग्रह
More

राजनीतिक दलहरुमा संस्कार अभाव : प्रमुख आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलहरुमा राजनीतिक र प्रजातान्त्रिक संस्कारको अभाव रहेको टिप्पणी गरेका छन् । बुधबार राधानीमा निर्वाचन पर्यवेक्षक संस्थाहरुका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा यादवले दलहरुले भाषणमा जति प्रजातान्त्रिक कुरा गरेपनि यथार्थमा दलहरुमा राजनीतिक संस्कारकै अभाव रहेको जिकिर गरे । प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा भइरहेका आचारसंहिता उल्लंघनका घटनाप्रति संकेत गर्दै प्रमुख आयुक्त यादवले ‘राजनीतिक दल र उम्मेदवारहरुमा संस्कार नभएकै कारण यस्तो भइरहेको हो’–भने । अन्तरक्रियामा सहभागी निर्वाचन प्रयवेक्षक संस्थाका प्रतिनिधिहरुले आयोगको तर्फबाट आचारसंहिता कार्यान्वयनमा कमजोरी भइरहेको गुनासो गरेका थिए ।
More

समृद्ध मधेश बनाउने आफ्नो एजेण्डा : संयोजक डा भट्टराई

लहान । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ । तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताउनुभयो । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उहाँको भनाइ थियो । ‘हामी जे बोल्छाँ, त्यही गार्छाँ, उहाँले भन्नुभयो– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्का होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।” मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ
More

महिला हत्यामा संलग्न पक्राउ

चितवन । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । अनुसन्धान जारी रहेकाले हत्याको कारण भने खुलाइएको छैन । अभियुक्तले १८ वटाभन्दा बढी फेसबुक
More