Daily Archives 14th September 2017

फिफा बरियतामा नेपाल तल झ-यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छन् । बंगलादेश
More

एमालेको चुनावी कार्यक्रम सार्वजनिक

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका जिल्लामा हुने चुनावी कार्यक्रम तय भएको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भई नेताहरु खटिनुभएको हो । अध्यक्ष ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायत चुनावीसभा र कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । वरिष्ठ नेता झलनाथ खनालको सोही दिन बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ । नेता माधवकुमार नेपाल प्रदेश नं २ का विभिन्न जिल्लामा सक्रिय रहिआउनुभएको
More

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको चुनाव खर्च १४ लाख रुपैयाँ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले अधिकतम् १४ लाख रुपैयाँ खर्च गर्न सक्ने प्रस्ताव ल्याएको छ । प्रमुख दलसँग आज भएको छलफलमा आयोगले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रा स्फितिलाई आधार बनाएर निर्वाचन खर्च प्रस्ताव गरिएको जनाएको हो । क्षेत्रको आकार बढेकाले पनि निर्वाचन खर्च केही बढाउन उपयुक्त देखिएको आयोगको भनाइ थियो । छलफलमा सहभागि दलका प्रतिनिधिले जनसंख्या र भौगोलिक अवस्थालाई ध्यान दिएर व्यवहारिक र स्वभाविक लाग्ने निर्वाचन खर्च निर्धारण गर्न आयोगलाई सुझाव दिएका थिए । आयोगले दुईहजार सत्तरी सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख खर्च गर्न पाउने व्यवस्था थियो । निर्वाचन आयोग ऐन, २०७३
More

शुक्रबार राति १२ बजेदेखि मौन अवधि शुरू

काठमाडौं । स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ ३० गते शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार , राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सञ्चार जगत्ले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३००
More

ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको बिस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्रीको केही दिनअघि सम्पन्न चीन भ्रमणका समयमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रअनुसार नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा नेपालको जलविद्युत् क्षेत्रमा थप लगानी भित्रने विश्वास सरकारले लिएको छ । यस्तै मुलुकका विभिन्न नदी जलाधार क्षेत्रमा अध्ययन गर्नसमेत उक्त समझदारीपत्रमा भएको हस्ताक्षरपछि मार्ग प्रशस्त भएको छ । सूचना तथा
More

सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

काठमाडौं । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न आजदेखि भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ । सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण, विशेषज्ञको बयान-बकपत्र गराउन एवं अभियुक्तलाई हिरासतमा राख्ने–नराख्ने जस्ताको निर्णय पनि भिडियो कन्फेरिन्सङमार्फत सम्बन्धित निकायलाई दिइने छ । सेवाबाट मुलुकभरका कुनै पनि अदालतमा हुने कार्यक्रममा सीधै प्रधानन्यायाधीश तथा न्यायधीशले प्रशिक्षण, तालिम र गोष्ठी समेत सम्बोधन गर्ने छन् । भिडियो कन्फेरिन्सङ सेवाको आज प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान र पोखराका मुख्य न्यायधीश पुरुषोत्तम भण्डारीसँग कुराकानी
More

हेल्लो गजलबारमा ‘मेलोडी नाइट’मा प्रस्तुत हुँदै स्वरुपराज

काठमाडौं । नेपाली सुगम संगीतका लोकप्रिय गायक स्वरुपराज आचार्य ‘मेलोडी नाइट’ मा यो शुक्रबार प्रस्तुत हुँदैछन् । उनी बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा लाईभ ब्याण्डसहित एकल प्रस्तुत हुन लागेका हुन् । कार्यक्रममा स्वरुपले आफ्ना लोकप्रिय डेढ दर्जनभन्दा बढी गीत प्रस्तुत गर्ने भएका छन् । साँझ साँढे ७ बजेबाट सुरु हुने ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ मा स्वरुपले आफ्ना पिता बरिष्ठ गायक भक्तराज आचार्यको लोकप्रिय पाँच गीतसहित आफ्ना गीतहरु प्रस्तुत गर्ने बताए । कार्यक्रममा बल गरेर त्यो मन यता, धेरै माया गर्दारैछन्, तिमी जहाँ त्यहाँ म हुन नपाउँदा, जहाँ छन् बुद्धका आँखालगायतका गीतहरु सुनाउने सवरुपले बताए । गजलबारका सञ्चालक रुल्झ गुरुङका
More

अल्डरशटमा ‘सुमार्गी’ विमोचन

लण्डन । नेपालका चर्चित व्यवसायी अजेयराज सुमार्गीको जीवनमा आधारित पुस्तकको विमोचन लण्डनस्थित एम्पाएर हल, अल्डरसटमा एक भव्य समारोह माझ गरियो । विमोचन कार्यक्रममा अस्मिता सुमार्गीद्धारा लिखीत पुस्तकहरु, अस्मिताका अक्षरहरु, अनुभव र अनुभूती, र अस्मिता नामक गीती एल्बमको समेत लोर्कापण गरिएको थियो । थाहा प्रतिष्ठान नेपालको प्रबन्धनमा नेपालबाट विमोचन कार्यक्रमका लागी आउनुभएका माननीय सभासद रामनारायण बिडारीले थाहा आन्दोलनका प्रर्वतक रुपचन्द्र विष्टको थाहा अभियानको विश्वव्यापीकरण आजको पुस्तक विमोचन कार्यक्रमले प्रमाणित गरिदीएको बताए । अजेयराज अस्मिताको युगल नमूना यात्रा नै सफलताको जग भएको बताए। अर्का अतिथी सभासद कर्णबहादुर थापाले उद्योगी अजेयराज सुमार्गीसँग्को परिचय र सम्बन्धका बारेमा प्रकाश पार्दै नेपाल र नेपालीको विकासका लागी
More

प्रदेश २ को चुनाव प्रचार खर्चिलो र भडकिलो

रौतहट । पटक पटकको आन्दोलन र बाढीको चपेटमा परेको रौतहटका जनता यतिखेर भने जनप्रतिनिधि छान्ने चटारोमा छन् । चुनावको मिति नजिकिँदै गर्दा रौतहटका उम्मेदवारहरु मतदातालाई आफनो पक्षमा पार्न प्रचार प्रसारमा केन्द्रित बनेका छन् । चुनावको मिति नजिकिएसँगै रौतहटका उम्मेदवारलाई मतदाता फकाउन भ्याई नभ्याई भएको हो । मतदाता रिझाउनकै लागि उनीहरु चोक, बजारमा जनशक्ति प्रदर्शन गर्नेदेखि घरदैलो र सार्वजनिक स्थलमै भोजभतेर गरिरहेका छन् । सबैजसो उम्मेदवार कुनै न कुनै रुपमा आचारसंहिताको उल्लंघनमा जोडिएका छन् । एकार्काबीचको प्रतिस्पर्धा र होडवाजी आचार संहिता उल्लंघनको कारक बनेको छ । यसैले त निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएकामा पटक पटक सचेतसमेत गराउनु परेको छ । निर्वाचन
More

मधेशको मुद्दा हल हुनुपर्छ : संयोजक डा भट्टराई

राजविराज । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मधेशको मुद्दा समाधानका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नमूनाअनुसार प्रदेशको सीमांकन गरिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मधेशमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्ने पनि बताउनुभयो । आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि यहाँ आइपुग्नुभएका भट्टराईले आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा सो कुरा बताउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य भएकाले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्या समाधान गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको हो भन्नुभयो । “अब हामी मधेशवादी र
More