Daily Archives 17th September 2017

मृतककाे परिवारलाई भेट्न आचार्य प्रोतुगलमा

लण्डन । गतसाता मात्र पोर्तुगलको लिस्बोनमा एक नेपालीले अर्को नेपालीको हत्या गरेको घटनाले स्तब्ध बनेका गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्य पिडितलाई भेट्न प्रोतुगल पुगेका छन् । आचार्य आइतवार पोर्तुगलको लिस्बन एरपोर्टबाट पिडितको घरमा पुगेर घट्नाको जानकारी लिए । पोर्चुगलको लिस्बन स्थित एउटा चाइनिज रेस्टुरेन्टमा कार्यरत किचन हेल्परको रुपमा कार्यरत हरि बहादुर जिसि माथि धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो । आचार्यले पिडितको परिवारलाई आवश्यक सहयोग गर्ने वचन समेत दिएका थिए । उनले विदेशमा नेपालीले नेपालीको हत्या गर्नु निकै दुःखद घट्ना भएको वताउँदै आगामी दिनमा सबै पक्ष सजक हुनु पर्नेमा जोड दिए । आचार्यंसगै गैर आवासीय नेपाली संघ
More

एनआरएनए उपाध्यक्षमा चिरन्जिबी थापाले उम्मेदवारी दिने

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा जापानबाट चिरन्जिबी थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् । थापाले आइतवार जापानमा आयोजिक एक कार्यक्रमका बीच अक्टोवर महिनामा हुने विश्व सम्मेलनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । “आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु, औपाचारिक घोषणा काठमाण्डौंबाट गर्ने छु” उनले भने“एनआरएन अभियानमा मेरो बिगत र भावी अनुभवन र प्रतिबद्धतालाई मध्यनजर गरेर फेरी उम्मेदवार बन्ने निर्णय गरेको छु । २००५ देखि गैर आवासीय नेपाली संघमा आबद्ध थापा एनआरएन जापानको सदस्य ,कोषाध्यक्ष हुँदै सल्लाहाकारमा बसी काम गरेका छन् । नेपालमा बिधुत्तीय सोलार , होटल , रेमिट ब्याङ्किङ्गमा समेत
More

घलेद्धारा आफ्नो ४ वर्षे कार्यकाल असफल भएको स्वीकार

गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले आफूले सुधारका लागि गरेका सवै कोशिसहरु आन्तरिक कारणले सफल हुन नसकेको बताएका छन् । दुई कार्यकालको पदावधि सकिनु भन्दा एक महिना अघि अमेरिकामा आयोजित एनआरएनको कार्यक्रममा घलेले आफ्नो कार्यकालको संक्षिप्त समिक्षा गर्दै एनआरएनए कार्यसमिति भित्र केही समस्या रहेको संकेत गरेका हुन् । तर, उनले कसले र किन काम गर्न दिएनन भन्ने खुलाएनन् । संस्थाको आफ्नै भवन निर्माण, समायानुकुल संरचना परिवर्तन र संस्थालाई स्रोत सम्पन्न बनाउने सन्दर्भमा केही ठोस प्रगति हासिल भएपनि धेरै काम गर्न नसकेको खुलाए । उनले विभिन्न फोरममा भनिसकेको धारणा ब्यक्त गर्दै भने, ‘गैरआवासीय नेपाली संघ आगामी १०-१५ बर्षमा नेपालीमुलका नेपालीहरुको
More

लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ

लण्डन । गत शुक्रबार लण्डनको रेलमा भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा थप एकजना पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती २१ वर्षीय युवक आतंकवादी घट्नामा संलग्न भएको आशंकामा पश्चिम लण्डनबाट शनिबार राति पक्राउ गरिएको हो र उनलाई दक्षिणी लण्डनमा हिरासतमा राखिएको छ । उनको परिचय अनुसन्धान जारी रहेको भन्दै खुलाइएको छैन । ३० जना घाइते हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा एकजना १८ वर्षीय पुरुषलाई शनिबार पक्राउ गरिएको थियो । पक्राउ परेका आरोपितको बसोबास भएको इलाका सनबरीमा बिशेष निगरानी राख्दै खानतलासी समेत गरिरहेको छ । बेलायतमा गएको नौ महिनाभित्र भएको यो पाँचौं आतंकवादी घटना होे तर
More

प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । ‘ जनतामा केन्द्रितःदिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि शुरु हँुदैछ । महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रिपति
More

नेपाल कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको पक्षमा

काठमाडौं । सरकारले उत्तर कोरियाले लगातार आणविक परीक्षण गरिरहेको भन्दै भत्सर्ना गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को प्रावधान एवं संकल्पबिपरीत लगातार आणविक परीक्षण गरिनु गलत रहेको जनाएको छ । विज्ञप्तिमा आम विनाशकारी आणविक हतियारको निशस्त्रीकरण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल सधैँ आम विनाशकारी हतियारको होडबाजीको विपक्षमा रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकार ‘कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको पक्षमा छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
More

एकै दिन २०९ कर्मचारी सरुवा भएपछि सेवा प्रवाहमा समस्या

काठमाडौं । भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गतका २०९ कर्मचारी एकैपटक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला मालपोत कार्यालयबाट सेवा प्रवाह गर्न असजिलो हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयले भदौ १४ गते भूमि सुधार मन्त्रालयका दुई जना उपसचिवसहित विभिन्न जिल्ला मालपोत कार्यालयमा कार्यरत खरदार, सुब्बा र शाखा अधिकृत गरी २०९ कर्मचारी एकैपटक संघीय मामिला मन्त्रालयमा सरुवा गरेको थियो । भूमि सुधारमा कर्मचारी नभएका कारण सेवा प्रवाह गर्न नसकिने अवस्था आएको हो । भूमि सुधार मन्त्रालयका निमित्त सचिव शंकरबहादुर थापा मन्त्रालयमै प्रथम श्रेणीका तीन जना प्राविधिक पद रिक्त भएकाले नियमित कार्य सम्पादनमा समस्या रहेको बताउनुहुन्छ । “सामान्य प्रशासनले
More

९२ लाख हिनामिना गरेको आरोपमा भट्टराई निलम्बित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले रु ९२ लाख तीन हजार अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराईलाई निलम्बन गरेको छ । मन्त्रालयले सरकारी कोषमा दाखिला गर्नुपर्ने रु ९२ लाख तीन हजार दाखिला नगरी अपचलन गरेको पाइएपछि आर्थिक अनियमितता गरेको अभियोगमा आजदेखि निलम्बन गरेको हो । भट्टराईले कार्यालय प्रमुख निर्वाचनमा खटिएको मौका पारी रकम अपचलन गरेका थिए । कार्यालयले पटकपटक ताकेता गर्दा पनि सरकारी राजस्वमा पैसा जम्मा नगरी पछिल्लो समय कार्यालयमा समेत अनुपस्थित भएपछि भट्टराई निलम्बनमा परेका हुन् । थप छानबिन गर्नका लागि यातायात व्यवस्था विभागले आजै अख्तियारलाई अनुरोध पत्र पठाएको विभागका प्रवक्ता डा
More

सैनिक मुख्यालयमा योग शिविर

पतञ्जली योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाताको योग विज्ञान शिविरका सहभागीहरु । तस्बिर : रत्न श्रेष्ठ
More

ललितपुर महानगर जाममुक्त सहर घोषणा

ललितपुर । ट्राफिक प्रहरीले ललितपुर महानगरलाई जाममुक्त सहर घोषणा गरेको छ । ललितपुर महानगरपालिका र सरोकारवालाको सहकार्यमा ट्राफिक प्रहरीले आइतबार एक कार्यक्रमबीच जाम मुक्त सहर घोषणा गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीवाबु महर्जनले चुनावमा ललितपुरलाई जाममुक्त शहर बनाउने प्रतिबद्धता अव कार्यान्वयन हुन लागेको बताए । ट्राफिक प्रमुख सर्वेन्द्र खनालले राष्ट्रको प्रतिष्ठा ट्राफिक व्यवस्थापनसँग जोडिएको हुनाले जाममुक्त शहर बनाउन क्रियाशील रहने बताए । अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ललितपुरको तीन ठाउँमा ट्राफिक लाइट र दुई ठाउँमा आकासे पुल निर्माण गरिने पनि कार्यक्रममा जानकारी दिइयो । पाटन अस्पताल अगाडि र लगनखेल चोकमा गरी दुई ठाउँमा आकासेपुल निर्माण गर्न लागिएको
More

‘एनआरएनमा घले चरित्र, ब्यक्ती हिरो ,संस्था जिरो’

हेमन्त काफ्ले ।   संस्था तब बलियो हुन्छ जब यसको जग बलियो हुन्छ। संगठन व्यक्तीको होइन बिचार र आकारको आधारमा चल्नु पर्दछ । झोलामा संगठन बोकेर व्यक्तीको बढाई गर्ने संगठन दिर्घकालिन रुपमा अगाडि बढ्न सक्दैन । सामुहिकताको भावना र आम हितैसिहरुको कामना रहयो भने मात्र संगठन अघि बढनसक्छ । यतिखेर गैर आवासिय नेपाली संघ (एनआरएन) यस्तै यस्तै दुविधा र अन्तरकुण्ठामा अगाडी बढेको देखिन्छ । धनाड्य शेष घलेको दोश्रो कार्यकालले बिट मार्दै गर्दा संगठनमा केहि तिता मिठा बहसहरु प्रारम्भ भएका छन् । एनआरएनले प्रवासको विश्वासिलो साझेदारका रुपमा उदाउँदै गर्दा पर्दा पछाडिका रहस्य पनि खुल्दै गएका छन् । भनिन्छ, चिनी पनि धेरै खायो
More

सम्पत्ति विवरण नबुझाउने कर्मचारी पाँच हजार

काठमाडौं । चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो । निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आव शुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । गत साउन १ देखि
More

लन्डन रेलमा हमला गर्ने थप एकजना हाउन्स्लोमा पक्राउ

लन्डन । लन्डनमा केही दिनअघि रेलमा भएको आक्रमणका एकजना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको समाचार छ । लन्डन प्रहरीले सो रेलमा भएको हमलामा संलग्नमध्ये चारजनाको खोजी गरिरहेको छ । एकजना युवकलाई शनिबार अबेर राति लन्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो । ती व्यक्तिलाई लन्डनको पश्चिमी भाग हाउन्स्लोमा पक्राउ गरिएको हो । सो कुराको जानाकारी प्रहरीले एक विज्ञप्तिमार्फत आइतबार गराएको छ । लन्डनको पार्सन्स ग्रिन स्टेशन्समा गएको शुक्रबार सो रेलमाथि हमला गरिएको थियो । उक्त हमलामा परी कम्तीमा पनि ३० जना घाइते भएका थिए । लन्डनको प्रहरीले सो हमलालाई आतङ्ककारी हमला भनेको छ । क्षति सानो भए पनि त्यो आतङ्ककारी हमला
More

प्रम देउवा र अध्यक्ष दाहालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बालुवाटारमा समसामयिक विषयमा छलफल हुँदै । तस्बिर : रोशन सापकोटा
More

नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित

काठमाडौं । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ । मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो । हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग-यो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २२ तथा प्रनित थापा मगरले अविजित १९ रनको योगदान दिए । यस, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२ ओभरमा अलआउट हुंदै ७६ रनको योगफल बनाएको थियो । हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए । नेपालका साहब आलम तथा सन्दीप लामिछानेले समान
More

विश्वकर्मा पूजा गरिदै

विराटनगर । निर्माण एवं सिर्जनका देउता विश्वकर्माको आज मोरङमा धार्मिकरुपमा पूजापाठ भइरहेको छ । यस पर्वका अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिनको पूजा गरिन्छ । व्यापारमा उन्नति र पारिवारिक सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सुनसरी मोरङस्थित विभिन्न उद्योग, गाडीका ग्यारेज, हार्डवेयरका पसल, सवारीसाधनका साथै पसलमा पनि पूजापाठ भइरहेको छ । पूजा शुरु गर्नुअगावै मेशिनरी, सवारीसाधनलगायतको राम्रोसँग सरसफाइ गरेपछि मात्र पूजा शुरु गरिएको हो । धार्मिक मान्यताअनुसार भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाउनुपर्ने भनिए पनि नेपालमा असोज १ गतेका दिन यो पर्व मनाउने गरिन्छ । सो पूजाका लागि विभिन्न उद्योगलगायतमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिन्छ ।
More

नेपालमा भूकम्पीय जोखिम अझै उच्च: दीक्षित

लन्डन । नेपालमा भूकम्प सुरक्षाकालागि अभियान चलाइरहेका भूगर्भविद् आमोदमणि दीक्षितले नेपालमा भूकम्पीय जोखिम अझै उच्च रहेको बताएका छन् । गत साता लण्डनको इन्स्टिच्युट अफ एडुकेशनस्थित शिक्षा तथा अन्तर्राष्ट्रिय विकास केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेपाल भूकम्प प्रविधि समाज (एनसेट) का कार्यकारी निर्देशक डा. दीक्षितले दुई वर्ष अघि गएको विध्वंशकारी भूकम्पमा पृथ्वी मुनि सन्चित केवल १० प्रतिशत जति उर्जामात्रै बाहिर निस्कि.एको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको बताए। “नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ, त्यसैले हामीले भूकम्प लगायतका प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने जोखिम घटाउन प्राविधिक ज्ञानलाई जनसमुदायसंग जोडन आवश्यक छ,” उनले भने। २०७२ सालको भूकम्पमा परी ज्यान गुमाउनेहरुमध्ये झण्डै ९८ प्रतिशतको घर
More