Daily Archives 18th September 2017

अर्जुन श्रेष्ठले एनआरएनए महासचिवमा उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघको महासचिवमा अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । संघको वर्तमान सचिव रहेका श्रेष्ठले सोमवार एक विज्ञप्ति जारी गर्दै अक्टोवर महिनाको दोस्रो साता काठमाण्डौंमा हुने विश्वसम्मेलन उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनको विज्ञप्ति जस्ताको तस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ । आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु । उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ । नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी
More

७३ प्रतिशत मतदान

काठमाडौँ । प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसी बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं
More

प्रदीप पौडेल भन्छन्- ‘सत्य तथ्य बुझेर लेख्नुहोला !’

खासमा म स्थानीय निर्वाचनको प्रचारको क्रममा प्रदेश नं. २ मा थिएँ । त्यसैले सप्तरीबाट विराटनगर र विराटनगरबाट काठमाडौं आएर सीधै जापानतर्फ उडेको हुँ । हामै्र नेता र संसद् सदस्य धनराज गुरुङसँग पनि मेरो भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । हङकङ ट्रान्जिट थियो, त्यहाँ पत्रकार मित्र अनिल न्यौपानेसँग भेट भएको हो । जापानमा कार्यक्रमको आयोजक कुनै व्यावसायिक समूह होइन, नेपाली जनसम्पर्क समिति हो । कांग्रेसको भ्रातृ संगठनले आयोजना गरेको औपचारिक कार्यक्रममा भाग लिन हामी दुई नेता गएका हौँ । टोकियोस्थित हामदा विमानस्थलमा उत्रिएपछि हामी अध्यागमनको लाइनमा थियौँ । म लाइनको पछिल्लो पंक्तिमा थिएँ । तर, धनराजजी र अनिलजी अगाडि नै
More

राष्ट्रपति भण्डारी- मायाको चिन्ह ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालय हाताभित्र निर्माण भएको भवन उद्घाटनपछि विद्यालयबाट प्रदान गरिएको मायाको चिन्ह ग्रहण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
More

मन्त्रिको संख्या ५६ पुग्यो, दुई राज्यमन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा दुई राज्यमन्त्री थप गरेका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको तर्फवाट विराज विष्ट र कमला शर्माले राज्यमन्त्रीमा सपथ लिएका हुन । विष्ट विज्ञान तथा प्रविधि र शर्मा वन तथा भू–संरक्षण राज्यमन्त्रीमा नियुक्त भएका छन् । विष्टले पहिले पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । शर्मा भने पहिलो पटक राज्यमन्त्री भएकी हुन । दुई राज्यमन्त्री थपिएसँगै मन्त्रिको संख्या ५६ पुगेको छ । देउवा नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा ठुलो भएको भन्दै आलोचना भैरहेका बेला सरकारमा दुई राज्यमन्त्री थपिएका हुन् ।
More

भारतीय राजदूत मञ्जीवसिंह पुरी अचानक नेपाल–चीन सीमामा

काठमाडौं । भारतीय राजदूत मञ्जीवसिंह पुरी अचानक नेपाल–चीन सीमा हुम्लाको हिल्सा पुगेका छन् । नेपालगञ्ज हुँदै बिहान हुम्ला विमानस्थल ओर्लिएका पुरी त्यहाँबाट सिम्रिक एयरको चार्टड हेलिकोप्टरमा नेपाल–चीन नाका हिल्सा पुगेका हुन् । राजदूत पुरीले हिल्सामा २० मिनेट बिताएर फर्किएको बताईएको छ । भ्रमणको बारेमा जिज्ञासा राख्दा राजदुत पुरीले वर्षेनी हजारौं धार्मिक पर्यटक कैलाश मानसरोवरका लागि आउने स्थान हेर्न आएको प्रतिक्रिया दिएका छन् । उनले नेपाल–चीन सीमाका विषयमा समेत जानकारी लिनुका साथै सहयोगीका साथ केही समय हिल्साको वस्तुस्थिति अवलोकन समेत गरे । प्रशासनका अधिकारीले भने यो भ्रमणको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपालस्थित भारतीय राजदूतावासले भने राजदूत पुरी कैलाश
More

प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष समानुपातिकतर्फ महिलासहित बढीमा तीन तीन जना सिफारिस गर्न निर्देशन दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखी दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिम सिफारिस गर्नुपर्ने बैठकले निर्णय गरेको छ । उम्मेदवार सिफारिश गर्दा निरन्तर क्रियाशील सदस्यता कायम भएका तथा पार्टीभित्र र जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा
More

उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा प्रमद्वारा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सहयोग पु-याउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको हो । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रूपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गत वैशाख ३१ र असार १४ गते सम्पन्न भइसकेको छ । प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचन आज असोज २ गते प्रदेश नं २ अन्तर्गत आठ जिल्लाका सबै
More

युरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय

काठमाडौं । वैदेशिक रोजगारीमा युरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ । सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरुको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेको छ । यसै हप्ता नेपालको एक दैनिकमा युरोपमा ‘तलब रु एक लाख ३० हजारदेखि तीन लाखसम्म भनी छापिएको एक विज्ञापनमा साधारण लेखपढ भए मात्रै पुग्ने, आइएसओबाट मान्यता प्राप्त कम्पनी, प्रवेशाज्ञाको रकम तलबबाट मिलाइने, एजेण्टलाई राम्रो कमिशन, खान–बस्न, मेडिकल सबै कम्पनीले व्यहोर्ने’जस्ता कुरा उल्लेख छ । सम्पर्कका लागि दिइएको नं +९७७–९८१९५४५६१३ मा राससले सम्पर्क गर्दा शुरुमा हिन्दी भाषामा तपाईंले
More

काली र हेमन्तकाे लन्डनमा विजयादशमी शुभकामना सांझ

लन्डन । यतिखेर विजयादशमी शुभकामना सांझका लागि बेलायत टुरमा रहेका संगीतकार कालिप्रसाद बास्कोटा र गायक हेमन्त 
रानाले आइतबार लन्डनवासी नेपालीलाई भरपुर नचाए । साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा आयोजित कार्यक्रममा बास्कोटा र राना दर्शकको ‘वान्स मोर’ सामना गर्न वाध्य भए । मोडल सुष्मा कार्की नृत्यांगनाका रुपमा स्टेजमा उत्रिइन् । नेपालबाट गत साता बेलायत आएका यी तीन कलाकारको दोश्रो शो थियो हयारो । गायक हेमन्तले आफूलाई गायक भनेर चिनाउन र अन्तर्राष्ट्रिय शोहरुमा पुरयाउन सघाउने लैजारे…गीतदेखि सुन साईंली… लगायत नयां कयौं गीत गाए । रानाले गोपाल योन्जनको ‘बनेको छ पहराले यो छाती मेरो…’ मर्मस्पर्शी गीत पनि गाए । नेपाल आइडलका निर्णायक
More