Daily Archives 20th September 2017

‘एनआरएन यूकेको निर्वाचन र प्रशासनिक खर्च ४३ लाख रुपैयाँ (प्रतिवेदन सहित)

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले विगत २ वर्षको आय व्यय सार्वजानिक गरेको छ । गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वरमा सम्पन्न साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार प्रशासनिक र निर्वाचन खर्च करिव ४३ लाख रुपैयाँ देखिएको छ । संघका अध्यक्ष मुछत्र गुरुङको २ वर्षे कार्यकालको प्रतिवेदन अनुसार प्रशासनिक खर्च १७ हजार ३ सय ९४ पाउन्ड (२१ लाख ९० हजार) र निर्वाचन समितिले खर्च गरेको १४ हजार ३ सय ८१ (२३ लाख ६५ हजार) खर्च गरिएको छ । प्रशासानिक खर्चअन्तरर्गतको १७ हजार ३ सय ९४ पाउन्ड मध्य प्रिन्टिङ र स्टेश्नरीमा मात्र ५ हजार ८ सय १८ पाउन्ड देखाएको छ । यस्तै प्रसाशानिक
More

खड्काद्वारा पुनःबहालीको माग गर्दै रिट

काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ । निवेदनमा भनिएको छ, “कुनै पनि विषयको आरोप लगाएर सुनुवाइको मौका नदिई विभागीय मन्त्रीको ठाडो आदेशमा हटाइएको छ, जुन गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।” निगमको जग्गा खरिदका विषयमा अनियमितता गरेको आरोपमा मन्त्रिपरिषद् बैठकले खड्कालाई सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा
More

वीरगञ्ज महानगरपालिकामा राजपाको अग्रता

पर्सा । वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार राजपा ले अग्रता लिईरहेको छ । राजपाका मेयर प्रत्यासी राजेशमान सिंह पहिलो स्थानमा छन् । सिंहले १ हजार ६ सय २३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले मध्यरातमा अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन् । कांग्रेसका अजय द्विवेदीले सिंहलाई पछ्याइरहेका छन् । वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ को मतगणनामा संघीय समाजवादी फोरमका विजय सरावगी तेस्रो, एमालेका बसरुद्धिन अन्सारी चौथो, माओवादीका रहबर अन्सारी पाँचौ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तव छैठौं स्थानमा अघि बढिरहेका छन् । वीरगञ्ज महानगरपालिकाको मत गणना निकै
More

उपत्यकाभित्र पाँचहजार प्रहरी परिचालन गरिने

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ । कार्यालयले दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो । कार्यालयले आज पत्रकार सम्मेलन गरी जुवातास, लङ्गुर बुर्जा, मापसे सेवन गरी होहल्ला, कालोबजारी, पटाका, विभिन्न बहानामा हुने चन्दा आतंक, जर्बजस्ती असुली, गुण्डागर्दी, सवारी दुर्घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले घटना घटेको पाँच
More

प्रदेश नम्बर दुईमा राजपाले खाता खोल्यो

धनुषा । धनुषाको हंसपुर नगरपालिका प्रमुखमा राजपाका रामज्ञान मण्डल ३३२० मत ल्याई विजयी भएका छन् । उपप्रमुखमा पनि राजपाकी रेणु झा ३२७६ मतसहित विजयी भईन् । अन्य स्थानमा मतगणना जारी छ । प्रारम्भिक तथ्यांकअनुसार अधिकांश स्थानीय तहमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा मधेस केन्द्रित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा अग्रता लिइरहेको छ भने उसलाई नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले पछ्याइरहेको छ । चौथो स्थानमा माओवादी केन्द्र र पाँचौं स्थानमा राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ । नेपाल लोकतान्त्रिक
More

अठासी किलो सुन प्रकरणमा पाँच पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरेको हो । महाशाखाका प्रमुख दिवेश लोहनीले आज पत्रकार सम्मेलनमा बडूसँग रु १० लाख ८२ हजार नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक हजार १०० अमेरिकी डलर, अग्रवालसँग रु १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग रु एक करोड ४२ लाख
More

मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे

मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
More

वीरगन्जको मतगणना हुँदै

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुधबार महानगरपालिकाको मतगणना गरिँदै । तस्विर : बिजय कुमार महतो
More

नेपाली सञ्चारकर्मी ब्रिटेनको संसदमा

बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए । उनीहरुले करिब डेढ घण्टा लामो भ्रमणमा तल्लो सदन ‘हाउस अफ कमन्स’ र उपल्लो सदन ‘हाउस अफ लर्डस’को भ्रमण गरी ती निकाय कसरी सञ्चालन हुन्छन् भन्नेबारे जानकारी लिएका थिए । सञ्चारकर्मीलाई बेलायतको संसदीय व्यवस्था, तत्कालिन समयमा सदन र राजसंस्थाबीचको द्वन्द्व, भवनका विशेषता आदिबारे जानकारी दिइएको थियो । संवैधानिक प्रजातन्त्रको जननी पनि भनिने ब्रिटिश संसद झण्डै ९०० वर्ष पुरानो भएको मानिन्छ । तत्कालिन राजा जोनलाई स्वेच्छाचारी हुन नदिने र
More

एनआरएनए सचिवमा डिबी क्षेत्रीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि सचिवमा मध्यपूर्व संयोजक डिबी क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए कतारको सातौ राष्ट्रिय महाधिबेशनलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीले सन् २०१७–२०१९ कार्यकालका लागि सचिव पदमा औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन ‘हजारे अभियान’का अभियन्ता तथा लामो समय देखि खाडी क्षेत्रमा कार्यरत क्षेत्री दुई कार्यकाल एनआरएन ओमानको अध्यक्ष भै सकेका छन् । अहिले कर्मचारी संचय कोष र एनआरएनले संयुक्तरुपमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बचत गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको छ । क्षेत्रीले –‘मध्यपूर्वका आवाज र मुद्धाहरुलाई नेपालका उच्च निकाय तथा प्रधानमन्त्री समक्ष पु-याउन र सम्बोधन पटक पटक गरेका छन् । क्षेत्रीले
More