Daily Archives 21st September 2017

एनआरएनको युरोप संयोजकमा डा. विनय श्रेष्ठको उम्मेदवारी

जुरिच । स्वीटजरल्याण्डमा रहेका डा. विनय श्रेष्ठले गैर आवासीय नेपाली संघ एनआरएनको युरोप संयोजकमा उम्मदेवारीको घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका संस्थापक उपाध्यक्ष एवं पूर्वअध्यक्षसमेत रहेका डा. श्रेष्ठले बुधबार आफ्नो उम्मदेवारी घोषणा गरेका हुन् । हाल स्वीटजरल्याण्डको जुरिचस्थित क्यान्सर अस्पतालमा रेडिएसन अंकोलोजी विशेषज्ञका रुपमा कार्यरत डा. श्रेष्ठ एनआरएनका वर्तमान आइसीसी सदस्यसमेत हुन् । नेपालबाट एमबीबीएस अध्ययन पूरा गरेका श्रेष्ठले स्वीटजरल्याण्डबाट एमडी गर्नुका साथै वायोमेडिकल इञ्जिनिररिङमा स्नातकोत्तर गरेका छन् । उनले स्वीटजरल्याण्डबाटै एफएमएच रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका हुन् । विगत १४ वर्षदेखि स्वीटजरल्याण्डमा कार्यरत उनी क्यान्सर रोग विशेषज्ञ हुन् । क्यान्सर रोगबारे आफ्नो विशेषज्ञताबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान
More

नेपालको संविधानबारे बेल्जियममा व्याख्या

बेल्जियम । नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना ग¥यो । समारोहमा बेल्जियमका सांसद , बेल्जियम सरकारका उच्च अधिकारी तथा युरोपेली संघका राजदूत तथा सदस्य लगायतको सहभागिता रहेको त्यहाँस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कार्यक्रममा नेपाल बेल्जियममैत्री समाजका प्रतिनिधि, बुद्धिजीवि सञ्चारकर्मी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्समा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले आमन्त्रित पाहुनालाई स्वागत गर्दै नेपालको संविधान दिवसको महत्वबारे चर्चा गर्दै संविधानले देशमा शान्ति, सद्भाव र भातृत्व जोगाएको बताउनुभयो । उहाँले नेपालको पछिल्लो राजनीतिक प्रगति र उपलब्धिबारे उल्लेख गर्नुभएको थियो ।
More

स्पेनी होटेलको खानाले नौ बेलायती बालबालिका अस्पताल भर्ना

लण्डन । विद्यालयबाट भ्रमणमा स्पेन पुगेका नौ जना बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय एक अस्पतालमा भर्ना भएका छन् । विद्यालयको कार्यक्रम अनुसार स्पेन पुगेका उनीहरूले स्पेनको सतान्दर शहर नजिकैको एक ग्रामीण इलाकामा रहेको चारतारे होटल कामपोमरमा खाना खाएपछि विरामी परेको बेलायती दैनिक पत्रिका माइलले बिहीबार जनाएको छ । अस्पतालले खानामा कार्बनमनोअक्साइड नामक विषाक्त पदार्थ मिसिएको आशङ्का गर्दै उपचार अगाडी बढाएको छ । उनीहरूको सतान्दरको मार्केस दे भाल्देसिला अस्पतालमा उपचार भइरहेको बताइएको छ । उक्त होटलमा खाना खाएका विरामीमध्ये पाँचजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरू बेलायती बालबालिका भने नरहेको उक्त दैनिकले जनाएको छ ।
More

लन्डन आइमा सेल्फी……(भिडियो)

शिव तिवारी । लन्डन । पछिल्लो समय गायन, संगीत तथा गीत लेखन विद्यामा हात हालेका डा. सोहन घिमिरेको आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘लन्डन आइमा सेल्फी’ सार्वजनिक भएको छ । गीतमा विदेशी भूमिमा नेपाली मायालुसंगको भेट र पुरानो माया प्रेमको चर्चा गर्दै सम्झना दिलाएको परिदृश्य छ । गीतको म्युजिक भिडियो दिपेश रेग्मीले निर्देशन गरेका हुन् भने कुशल श्रेष्ठको छायांकन तथा सम्पादन छ । बेलायतको मुख्य आकर्षक स्थान लण्डन आइ कै वरिपरि छायांकन गरिएको गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ । घिमिरेका यस अघि तीन जुरेको डांडा, यो साँझ.. लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । डा. घिमिरे
More

लन्डन दूतावासमा संविधान तथा राष्ट्रिय दिवस (फोटो फिचर)

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष 
समारोहबीच संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ । नेपालको 
संविधान घोषणा भएको तेश्रो वार्षिक दिवसका अवसरमा कार्यक्रम भएको हो । संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो । उक्त समारोहलाई सम्वोधन गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालको संविधानले वहुदलीय संसदीय व्यवस्था, कानुनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकारलाई अंगीकार गरेको र सो संविधान कार्यान्वयनको चरणमा रहेको बताए । राजदूतले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा राजनीतिक स्थायित्व, आर्थिक विकास र सामाजिक रुपान्तरणसहित मुलुक शान्ति, समुन्नति र समृद्धिको महान गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे । राजदूत
More

१२ कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै

काठमाडौं । धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो । स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा रहेको छ । सो बैंकले रु दुई अर्ब ९७ करोड ८५ लाख तीन हजारको हकप्रद शेयर जारी गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार रु आठ अर्ब चुक्ता पुँजी पु-याउन बैंकले हकप्रद शेयर जारी गर्न
More

एनआरएनका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा बेल्जियममा कार्यक्रम

बेल्जियम । एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक भेटघाट कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्रीय अधिवेशन नजीकिदै गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको छाता सँगठनको चुनावी माहोल गरम भैरहेको र यस क्षेत्रबाट विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने लहर चलेको अवस्थामा केन्द्रीय पदाधिकारीहरुको यूरोप दौडाहालाई अर्थपूर्ण रुपमा हेरिएपनि यहाँ कार्यक्रम आयोजक राष्ट्रका अध्यक्ष लोक दाहाल र महासचिव आङमाया लामाले भने संस्थाका गतिविधि, वर्तमान समितिका उपलव्धि, बिश्व सम्मेलनको तयारी तथा भावी कार्यक्रमबारे जानकारी र भेटघाटका लागि कार्यक्रम तय भएको बताउनु
More

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

काँग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्युु

रौतहट । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको छ । काँग्रेस कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो । बुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा काँग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए नदिएको विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् । सोही विषय लिएर राति करिब ९ बजे घर पुुगेर काँग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुुभयो । मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल
More

सम्बोधन गर्दै

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा असंलग्न आन्दोलनका सदस्यराष्ट्रहरुको मन्त्रिस्तरीय वैठकलाई सम्बोधन गर्दै ।
More