Daily Archives 23rd September 2017

जंगबहादुरको पहिरनमा बेलायती दंग

आजभन्दा १ सय ५९ वर्षअघि अर्थात् १९०६ साल माघमा (सन् १८५०) । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा २५ जनाको टोलीसहित बेलायत प्रस्थान गरेका थिए । विश्व साम्राज्य बेलायतसँगको सम्बन्ध विस्तार गर्न राजा सुरेन्द्रको विशेषदूत बनेर उनी बेलायत पुगेका थिए । जंगबहादुर झण्डै ३ महिना बेलायत बसे । जंगबहादुरको बेलायत बसाईको रोचक प्रसंग नेपाली जनजीवनमा किंबदन्तीका रुपमा जीवित छन् । त्यसलाई पुष्टी गर्ने केही आधार उनीसँगै बेलायत पुगेका भ्रमण टोलीका एक सदस्यले लेखेको यात्रा संस्मरण सुरक्षित छ । बेलायत सरकारले जंगबहादुरलाई उच्च सम्मान दिएको थियो । तत्कालीन समयका बेलायती अखबारहरुमा छापिएका समाचारले पनि यसलाई पुष्टी गर्छन् । जसरी नेपाली भ्रमण दलका सदस्यहरुका
More

को बन्ला एनआरएन युरोप क्षेत्रीय संयोजक?

चिरन शर्मा । लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न ग्लोबल अधिवेशन नजिक आउँदै गर्दा युरोपका गैरआवासीय नेपालीलाई निर्वचनको चटारो सुरु भएको छ। रणनीतिक रुपमा निकै महत्वको मानिने युरोप संयोजकको एक पदमा ६ जना आकांक्षी देखिएका छन्। एनआरएनको युरोप क्षेत्र केन्द्रलाई प्रभावित पार्न सक्ने एवं लगानी क्षमताका दृष्टिले सबैभन्दा शक्तिशाली मानिन्छ। यो पटकको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले सबैभन्दा पहिला आफ्नो दाबी प्रस्तुत गरेका थिए। अध्यक्षमा भवन भट्टले उम्मेदवारी घोषणा गरेको भोलिपल्ट उनले आफ्नो उम्मेदवारी घोषणा गरे। उनले गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष र संघको केन्द्रिय सल्लाहाकार भएर काम गरिसकेका छन्। उनी वेलायतमा ड्राइभिङ स्कुल सञ्चालन
More

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छ : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा उनले ‘माओवादीको जित रोकिए परिवर्तन रोकिने’ भन्दै ‘माओवादीको विजययात्रा कसैले रोक्न नसक्ने’ दाबी गरे । माओवादी जति ओरालो लाग्नु लागिसकेको भन्दै उनले ‘प्रदेश नम्बर–२ को निर्वाचनले माओवादीले उकालोको पथ तय गरेको’ बताए । ‘नेकपा एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिने’ भन्दै उनले ‘एमालेको खोक्रो राष्ट्रवादलाई जनताले चिरिदिएको’ बताए । निर्वाचनपछि संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढेको भन्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा
More

समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकको निर्णयअनुसार मतपत्रको एउटै सिटको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्धारण गरिएका राजनीतिक दलका चुनाव चिन्ह रहनेछन् । सोही सिटको तल्लो भागमा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूका निर्वाचन चिन्हहरू रहने आयोगले व्यवस्था गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । मतपत्रको ढाँचा स्वीकृत गर्दा मतदातालाई मतदान गर्न सजिलो हुने र निर्धारित समयमा छपाइलगायतको व्यवस्थापन गर्न सरल होस् भन्ने पक्षलाई विचार गरी आयोगले मतदातामैत्री मतपत्रको ढाँचा स्वीकृत गरेको आयोगका प्रवक्ता
More

बागलुङ जीप दुर्घटनामा दुई प्रहरीको मृत्यु ,१३ जना घाइते

बागलुङ । अर्को जीप दुर्घटना बागलुङको बरेङ पेरिडाडाँमा भएको छ। दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गएको हो । बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–८ घर भएका प्रहरी हबलदार खिमबहादुर बिष्ट र गुल्मीकै हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीसको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै जना प्रदेश नम्बर २ को धनुषामा भएको स्थानीय तह चुनाव सकेर फर्किदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विश्वराज सिहं थापाले जानकारी दिए ।१५ जना सवार रहेको जीप बरेङ गाउँपालिका–२ पेरीडाँडाबाट तल खसेको हो । दुर्घटनामा अरु १३ जना घाइते भएका
More

कांग्रेस कार्यकर्ता एमाले उम्मेदवारले कुटे, चारजना घाइते

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–५ स्थित हर्षाहामा शनिबार दिउँसो नेपाली कांग्रेसका कार्यकर्ता कुटिएका छन् । विजयजुलुसमा सहभागी हुन वृन्दावनको विश्रामपुर जाँदै गरेका कांग्रेस कार्यकर्तालाई नेकपा एमाले वृन्दावन नगरपालिका प्रमुखका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले कुटपिट गर्दा चारजना घाइते भएका छन् । निर्वाचनको विषयलाई लिएर गरिएको कुटपिटबाट शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका बताइएको छ । घाइतेको टाउकोमा चोट लागेको छ । सो नगरपालिकामा कांग्रेस विजयी भएपछि कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको हो । जारी मतगणनामा रौतहट जिल्लामै एमाले जितविहीन छ । कुटपिटमा संलग्नहरुले ३३ हजार रुपैयाँसमेत लुटेको मोहम्मद सैमुल्लाहले बताए । घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।
More

धितोपत्र बजारमा कारोबार रकम र नेप्से परिसूचक घट्यो

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६९ कम्पनीको ६७ लाख १५ हजार ४९० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ५० दशमलव ३४ प्रतिशत कम हो । गत साता १७७ कम्पनीको रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार बराबरका ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव १३ अंकले घटेर अन्तिम दिन एक हजार ५३९ दशमलव ८१ अंकमा पुगेको छ । ‘क’
More

डा गुरुङको सम्झना

भूगोलविद् डा हर्क गुरुङको समाधीस्थलमा पूजापाठ गर्दै लमजुङको भूलभूलेका बासिन्दा । उत्तरी लमजुङको ताङ्लीचोकमा बनाईएको गुरुङको समाधिस्थलमा पूजापाठ गरीे डा हर्क गुरुङलाई सम्झेका हुन् । तस्वीर : सन्देश पौडेल
More

२३ स्थानको मतपरिणाम आउन बाँकी

काठमाडौं । दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये २३ स्थान मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगले एक महानगर र तीन उपमहानगर बाहेक दुई नम्बर प्रदेशमा जारी मतगणनाको सबै नतिजा आज बेलुकासम्म आउने दाबी गरेको छ । मतपरिणाम सार्वजनिक भएको ११३ स्थानमध्ये ३४ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ । यसैगरी, संघीय समाजवादी फोरमले २१, राजपा २० र माओवादी केन्द्रले १९ तह जितेका छन् । एमालेले १३ स्थानीय तह जितेको छ भने नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले दुई र नयाँ शक्तिले एक तहमा विजयी हासिल गरेको छ ।
More