Daily Archives 24th September 2017

जापानमा भएको बस दुर्घटनामा ५ नेपाली गम्भीर घाइते

प्रकाश पन्थी, टोकियो (जापान) । जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् । साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको नेपाल घर थाहा हुन सकेको छैन । उनीहरुमध्ये टोकियोको इतावासीको टोकिवादाई बस्ने श्रीस मगरको अवस्था गम्भीर छ । मगर बस्न नसक्ने गरी गम्भीर घाइते भएकी छन् । उनको पहिलो चरणमा शल्यक्रिया
More

संगिता मरहट्ठाले एनआरएन महिला उपसंयोजकमा उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रिय महिला उपसंयोजकमा बेलायतकी एनआरएन अभियन्ता संगिता मरहट्ठाले उम्मेदवारी दिने भएकी छिन् । आउंदोे अक्टोबर १४ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनको आठौं महाधिवेसनमा महिला उपसंयोजकका लागि मरहट्ठाले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । ‘एनआरएनको माध्यमबाट महिलाहरुसंग रहेको सीप र क्षमतालाई अझै बढि उजागर गर्ने र उनीहरुलाई उद्यमशिल बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनु नै मेरो मुख्य लक्ष्य छ’, आफ्नो उम्मेदवारीबारे मरहट्ठाले भनिन्, ‘एनआरएनको प्लेटफर्मबाट म यो काम गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।’ महिलाहरुसंग सीप र क्षमता हुंदाहुंदै पनि अघि बढ्न नसक्ने वास्तविकतालाई परिवर्तन गर्नका लागि पनि अब महिलाहरु नेतृत्वदायी भुमिकामा आउनुपर्ने
More

प्रधानमन्त्री देउवाप्रति खेद व्यक्त गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका बीचमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि शुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा स्थानीय तहको २ नं प्रदेशमा निर्वाचनको समग्र परिचालन, उम्मेदवार चयन लगायतमा भएका आन्तरिक कमजोरीको उचित समीक्षा गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न सबैलाई हार्दिक आह्वानसमेत गरिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनमाथि उठेका जिज्ञासा र प्रश्नको प्रत्युत्तर दिँदै पार्टी राष्ट्रिय राजनीतिको केन्द्र भागमा स्थापित हुनु र अनेकौँ
More

प्रदेश २ को जनमत संविधान संशोधनको पक्षमा

काठमाडौं । असोज २ गते सम्पन्न प्रदेश नम्बर २ को स्थानीय तह चुनावको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । सम्भवतः आज रातिसम्ममा सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय दलहरु नै अगाडि देखिए पनि मधेशवादी दलहरु पनि राष्ट्रिय पार्टीकै हाराहारीमा देखिएका छन् । प्रदेश नम्बर २ को जनादेशलाई राजनीतिक विश्लेषकहरुले संविधान संशोधन मुद्दाको पक्षमा मतपरिणाम आएको विश्लेषण गरेका छन् । प्रदेश नम्बर २ मा परम्परागत शक्ति नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । उसले अहिलेसम्म ३७ तहमा जितेको छ भने ३ स्थानमा अगाडि छ । ६ वटा प्रदेशमा पहिलो शक्ति बनेको एमाले पाचौं स्थानमा झरेको छ ।
More

दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित : अध्यक्ष दाहाल

कोहलपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने बताउनुभएको छ । आज कोहलपुरमा आयोजित माओवादी घटकबीचको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित गर्ने कार्यदिशाअनुसार माओवादी अगाडि बढिरहेको दाबी गर्नुभयो । कार्यक्रममा उहाँले शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटक विपरीत ध्रुवमा विभाजित भएपनि पछिल्लो समय केन्द्रीकृत हुने क्रम बढेको भन्दै खुशी व्यक्त गर्नुभयो । पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गइरहेको अवस्थामा सबै माओवादी घटक एकै ठाउँमा ध्रुवीकरण हुनुको विकल्प नरहेको दाबी
More

दुई नम्बर प्रदेशको मत परिणामले आत्तिनु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको प्रदेश नं २ को मत मरिणामबाट आत्तिनुपर्ने अवस्था नभएको बताउनुभएको छ । नेकपा (एमाले) ३ नं प्रदेश सम्पर्क संगठन कमिटीले आज पार्टी कार्यालयमा आयोजित स्मारिका विमोचन कार्यक्रममा उहाँले २ नं प्रदेशमा मत परिणाम कम आउँदैमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । सो स्मारिकामा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ५०औैँ वर्ष अर्थात स्वर्ण जयन्ती पैदल यात्रा–२०५५ (मदननगर, बल्खु–भँगेरी, रामेछाप) बारेका सामग्रीहरु समेटिएको छ । अध्यक्ष ओलीले निर्वाचनका बेलामा २ नं प्रदेशमा प्रतिकूल अवस्थामा पनि त्यति मत प्राप्त गरेको र आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वर्गीय
More

राष्ट्रपति भण्डारी–उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

७ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी

काठमाडौं । स्थानीय तह तेस्रो चरण निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिका, एक उपमहानगरपालिका सहित ७ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ । गणना हुन बाँकी मध्ये बाराको बारागढीमा कांग्रेसले अग्रता लिएको छ । बाराको कलैया उपमहानगरपालिका र कोहल्बी नगरपालिकामा एमालेले अग्रता लिएको छ । संघीय समाजवादी फोरमले रौतहटको गरुडा, पर्साको विरगञ्ज महानगरपालिका र सप्तरीको राजविराज नगरपालिकामा अग्रता लिएको छ । धनुषाको सबैलामा एकीकृत माओवादीको अग्रता छ । गणना सकिएका १ सय २६ मध्ये ३८ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ । यसैगरी, राजपाले २४, संघीय समाजवादी फोरमले २३, माओवादी केन्द्रले २१ तह जितेका छन् । एमालेले १७ स्थानीय तह
More

दशैँ नजिकिएसँगै दैनिक एक लाख यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो । यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन् । घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख
More

हवाई इन्धनको मौज्दात न्यून बिन्दुमा

काठमाडौ । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई इन्धन मौज्दात रहेको छ । निगमका अनुसार विराटनगरमा २२० किलोलिटर, भद्रपुरमा ३७, काठमाडौँमा एक हजार २३९, मन्थलीमा २७, पोखरामा ५५, भैरहवा ३५, नेपालगन्ज ६८, सुर्खेत ५३, धनगढी ४० किलोटिर हवाई इन्धन मौज्दात छ । निगमका प्रबन्ध निर्देशक प्रेमप्रसाद आचार्यले आयातमा भएको समस्याका कारण अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई
More